जाजरकोटमा मह उत्पादन घट्यो

बद्री पन्त
जाजरकोट २, मंसीर
गतबर्ष ४२ मेट्रीक टन मह उत्पादनभएको जाजरकोटमा यो बर्ष भने दुई तिहाईले घटेको छ । महउत्पादन घटेपछि किसानमर्कामा परेका छन् । महको पकेट क्षेत्र डाडागाउ, लह“, खगेनकोट, झाप्रा, मजकोट र भेरीमालिका नगरपालिकाको पिपे, मैदे लगाएत क्षेत्रमा मह उत्पादन घटेको हो ।
IMG_20161110_104017वनविनास, अतिक्रमण, जलवायु परिवर्तन लगाएतकारण बर्षेनी मह उत्पादन घट्दै गएको छ । गतबर्ष १ हजार १ सय २५ किलो मह उत्पादन गरेर चार लाख ५० हजार आम्दानी गरेका डाडागाँउ २, कल्पतका सेते बुढा यो बर्ष १ लाख ५० हजार पनि नपुग्ने बताउछन । बुढाले गतबर्ष ७५ घार मौरीबाट १ हजार १ सय २५ किलो मह उत्पादन गरेका थिए । तर यो बर्ष उनीस“ग ३५ घार मात्रमौरी छन् । जस्बाट ३ सय ७५ किलो मह उत्पादन भएको बताए । यस पटक मह उत्पादन तीन भागले घटेको बुढाले बताए ।
त्यस्तै लहँ ४, का मौरी पालक किसान केशब रावलको पनि मह उत्पादन घटेको छ । रावलस“ग भएका ४० घार मौरीबाट १ सयकिलो मह उत्पादनभएको छ । गतबर्ष रावलले २५ घारबाटै ३ सय किलो मह उत्पादनगरेर १ लाख ५० हजार पाउन सफलभएको बताए । ‘४० हजारमा १३ घार मौरी किनियो । यसै बर्ष मह उत्पदान घट्यो,’ रावलले भने ।
IMG_2623बुढा र रावलमात्र हैन । जाजरकोटका ३ सय बढी ब्यबशायिक मौरी पालक किसान यतिबेला मर्कामा परेका छन् । विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधीक ज्ञानको कमीहुनु, आहारा नपाएर मौरी भाग्नु लगाएत समस्याआएको बुढाले बताए । गत असोजको बढी बर्षा भएर चिउरी फुलको रस र अन्य फुलको रस पानीले बगाउदा मौरीलाई आहार नपुगेको रावले बताए । “मौरीको सबैभन्दा बढी उत्तमआहारा चिउरी हो । जस्बाट अर्गानीक मह उत्पादन हुन्छ । चिउरी फुल्ने समयमै बर्षा बढी भयो,” उनले भने । त्यसैमा मैनपुतलीले मौरीको लार्भा र चाकाखाईदिने गर्दा मौरी भाग्ने गरेको उनले बताए । मौरीको चरन क्षेत्रनहु“दा मह उत्पादन घटेको रावले बताए । गतबर्ष प्रतिकिलोको ५ सयमुल्य पर्ने मह यो बर्ष ६ सय ५० पुगेको छ । उत्पादन घट्दा मुल्य बद्धी भएको हो । ‘मह उत्पादन घट्नु भन्दा पनि मौरी जोगाउनै समस्या भएको छ,’ उनले भने ।
मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको डाडागाउको कल्पतकाकिसान यो बर्ष निरास भएका छन् । ब्यबशायिक मौरी पालनबाट मनग्य आम्दानी गर्दै आएका यहाँका कृषक यो बर्ष मारमा परेका हुन् । विगत ३० वर्ष देखी मौरी पालन व्यवशाय गर्दै आएका बुढालाई उत्पादन घटेपछि घरब्यबहार चलाउन समेत समस्या भएको छ । उत्पादन घटेपछि किसानको मेहनेत र लगानी समेत डुवेको छ । डाडागाउको कल्पतमा मात्र १ सय ५० घरले व्यवशायीमौरी पालनगर्दै आएका छन् ।
IMG_20161110_092011उता जिल्ला कृषिविकास कार्यालयले भने मह उत्पादन बर्ष मनाउने तय गरेको छ । नेपालको सबै भन्दा बढी चिउरीको शुद्ध प्राङ्गारी मह उत्पादन हुने र उक्त महलाई बजारी करन तथा प्रबद्र्धन गर्न यही मंसीर ३ देखि मह उत्पादन बर्ष मनाउन लागेको बरिष्ठ कृषिविकास अधिकृत डा श्रीराम घिमिरले बताए । जाजरकोटको शुद्ध महलाई राष्ट्रिय तथाअन्र्तराष्ट्रिय बजारमापहिचानगर्न मह उत्पादन बर्ष मनाउन लागेको बरिष्ठ कृषिविकास अधिकृत डा घिमिरको भनाई छ । प्रारम्भिक सुचना अनुसार मह उत्पादन नघटेको डा घिमिरेले बताए । जाजरकोटमा उत्पादित मह कर्णाली अञ्चलका विभिन्न जिल्ला र नेपालगन्ज तथा काठमाडौं लगाएत शहरमा समेत विक्री हुने गरेको छ ।जिल्लाभर ६ हजार मौरीघार रहेका छन ।

प्रकाशित मितिः २ मंसिर २०७३, बिहीबार १०:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *