आकाश तारा बयक
सुर्खेत, ७ मंसिर ।
सुर्खेतका डोकोमा तरकारी विक्री वितरण गर्ने असल महिला व्यापारीलाई साइकल वितरण गरिएको छ । वीरेन्द्रनगरमा मंगलबार एक कार्यक्रमका वीच यूएसएएसआईको किसान परियोजना अन्तर्गत बाबु एण्ड शाही सब्जी मण्डीको सहयोगमा स्थानीय २५ जना महिला तरकारी व्यापारीलाई साइकल वितरण गरिएको हो ।
साइकल पाउँदा ती डोकोमा तरकारी विक्री वितरण गर्ने महिला व्यापारी खुसी भएका छन् । तरकारी महिला व्यापारीको आय आर्जनमा बृद्धि पु¥याउन साइकल अनुदानमा दिईएको यूएसएएसआईका वरिष्ठ कृषि बजार प्रबन्धक अजयनन्द बर्जाचार्यले जानकारी दिए । उनले तरकारी विक्री वितरणमा महिलाको आकर्षण बढेकाले पिठ्यूमा डोको बोकेर विक्री गर्नु भन्दा साइकलमा सहज हुने भएकाले वितरण गरिएको बताए ।
उनीहरुलाई कृषि उत्पादकत्व प्रति थप आकर्षित गर्न तथा तरकारी खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यका यूएसएएसआईले मुलुकका ३९ जिल्लामा किसान परियोजना कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए । उनका अनुसार अब स्थानीय कृषकले उत्पादन गरेका कृषि वस्तुहरु साइकलबाट बजारीकरण गर्न थप सजिलो हुनेछ ।