सुर्खेत, ८ मंसिर ।
पश्चिम सुर्खेतको बावियाचौरमा रहेको कृषि सेवा केन्द्रमा दरवन्दी अनुसारका कर्मचारी नहुदा सेवा प्रभावमा समस्या भएको छ ।
७ जना कर्मचारीको दरवन्दी रहेको सेवा केन्द्रमा अहिले २ जना कर्मचारी मात्र कार्यरत रहेका छन ।
प्राविधिक सहायक २ जना, नायव प्राविधिक सहायक ३ जना र कार्यालय सहयोगी २ जनाको दरवन्दी रहेमा अहिले एक जना प्राविधिक सहायक र एक जना कार्यालय सहयोगी मात्र कार्यरत रहेका छन ।
दरवन्दी अनुसारका कर्मचारी नहुँदा कृषि सेवा केन्द्रबाट पाउनु पर्ने सेवा सुविधा नपाएको किसानहरुले गुनासो गरेका छन ।
उनीहरुले तरकारी, फलफुल र अन्नवालीमा रोग लागेपछि कर्मचारी अभावले कृषि सेवा केन्द्रबाट पाउनु पर्ने प्राविधिक सहयोग लिन समस्या भएको उल्लेख गरेका छन ।
कृषि सेवा केन्द्रका प्रमुख महादेव साहले दरवन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रभावमा निकै समस्या भएको बताउनु भयो ।
उहाँले १० वटा गाविसमा एक्लैले सेवा दिनु पर्ने बाध्यता भएकोले किसानको अपेक्षा अनुसार काम गर्न नसकेको दावी गर्नुभयो ।
बावियाचौरमा रहेको कृषि सेवा केन्द्रले पश्चिम सुर्खेतका लागाम, बेतान, सालकोट, बिजौरा, विद्यापुर, घाटागाउँ, तातापानी, छाप्रे लगायतका गाविसका किसानलाई सेवा प्रवाह गदै आएको छ ।
यता जिल्ला कृषि विकास कार्यालय सुर्खेत प्रवक्ता तथा कृषि प्रसार अधिकृत सुरेशकुमार थापाले बावियाचौर कृषि सेवा केन्द्रमा दरवन्दी अनुसारका कर्मचारी भएको उल्लेख लोक सेवाले पदपूर्ति गर्न वित्तिकै पठाउने वताउनु भयो ।
उहाँले कृषि विकास कार्यालय सुर्खेतसहित मातहतका सवै कार्यालयमा दरवन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रभाहमा समस्या देखिएको बताउनु भयो ।