चोर शिकारीको पासोमा परेको बँदेलको उद्धार

सुर्खेत, १८ माघ ।
जिल्ला वन कार्यालय सुर्खेतले चोर शिकारीले पासोमा पारेको बँदेलको उद्धार गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –२ को त्रिपुरेश्वर सामुदायिक वनको आपडालीमा चोर शिकारीले पासोमा पारेको बदेलको उद्धार गरेको हो ।
जिल्ला वन अधिकृत हेमराज विष्टको नेतृत्वमा गएको जिल्ला वन, सामुदायिक वन उपभोक्ता समुहको टोलीले फलामको तारको पासोवाट बदेल छुटाएको हो ।
चोर सिकारीले थापेको पासमो परेको बदेललाई घाँस दाउरा काटन गएका महिलाहरुले देखेपछि जिल्ला वन कार्यालयलाई खवर गरेका थिए ।
बन्य जन्तुको चोरी शिकार बढेपछि जिल्ला वन कार्यालयले नियन्त्रणको लागि विशेष अभियान चलाएको जिल्ला वन अधिकृत हेमराज विष्टले बताउनु भयो ।
चोरी शिकारमा संलग्न व्यक्तिको पहिचान गरी राष्टिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अन्र्गत कारवाही गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
सुर्खेतका सामुदायिक वनमा पछिल्लो समय जंगली जनवारको चोरी शिकारी बढदै गएको छ
गतवर्षपनि यही सामुदायिक वनवाट पासोमै परेको एउटा बदेललाई उद्धार गरिएको बन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः १८ माघ २०७३, मंगलवार ११:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *