२ सय थान अवैध सालको काठ बरामत

बद्री पन्त
जाजरकोट १९, माघ
जिल्ला बन कार्यालय जाजरकोटले २ सय थान अवैध सालको काठ बरामत गरेको छ । सदरमुकाम खलंगा स्थित ठाँटीबजारमा संचालित पुष्पा फर्निचर उद्योगबाट कार्यालयले उक्त काठ बरामत गरेको हो ।
भेरीमालिका नगरपालिका ३ का गोपालबहादुर नेपालीले सन्चालन गरेको उद्योग हाता भित्र लुकाई छिपाई राखेको अवस्थामा १ सय ९६ थान सालको चिरान काठ बरामत भएको हो । बन कर्मचारीले ३÷४ साईजको ३ फिटे, ४ फिटे र ६ फिटे साल काठ बरामत गरेको जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पट्टेलले बताउनु भयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा काठ बरामत गर्न सफल भएको उहाँले बताउनु भयो । प्रोपाइटर नेपालीले कानुन विपरित सामुदायिक बन क्षेत्रबाट चोरी निकासी गरेर ल्याएको १ सय १ क्युफिट गोलियाको ७३ क्युफिट साल काठ बरामत गरेको हो ।
भेरीमालिका नगरपालिका क्षेत्र भित्रको डिङ्गा सामुदायिक बन, पुरानो रिसाङ्ग समाुदायिक बन, नौलाकोट सामुदायिक बन, साउनेपानी सामुदायिक बन लगाएत बन क्षेत्रबाट काठ तस्करी गरेको आशंकामा पुष्पा उद्योगमा छापा हानेको पटेलको भनाइ छ ।
सामुदायिक बनबाट काठ तस्करीमा संग्लग्न को को छन् भन्ने अनुसन्धान भैरहेको पट्टेलले बताउनु भएको छ । नेपाली विरुद्ध विगोको दोब्बर जरीवना सहित १ बर्ष कैद सजाँय माग दावीको मुद्धा जिल्ला अदालतमा दर्ता गरिने कार्यालयले जनाएको छ । बन ऐनको दफा ५० अनुसार बरामत विगो जफत, विगोको दोब्बर जरीवाना र १ बर्ष कैद सजाँ“को ब्यबस्था भएको अधिकृत पट्टेलको भनाइ छ । उद्योगबाट बरामत भएको काठको सरकारी मुल्य ८१ हजार रहेको छ । जस्को जरीवाना १ लाख ७२ हजार हुने कानुनी ब्यबस्था भएको छ । बन फडानी, अतिक्रमण र काठ तस्करीलाई कडाइका साथ नियन्त्रण गर्न लागेको पटेलको भनाइ छ ।
सदरमुकाम खलंगा आसपासका सामुदायिक बन क्षेत्रमा काठ तस्करी बढेको स्थानीय भेरीमालिका नगरपालिका १ का दिनेश जंग शाहले बताउनु भएको छ । काठ, दाउरा, घा“स लगाएत बन पैदावरको लागि सामुदायिक बनका हजारौं साल रुख विनास भएको शाहको भनाइ छ ।
सामुदायिक बनका प्रतिनिधी नै काठ तस्कर तथा बन फडानीमा संग्लग्न रहेको पाइएको छ । जिल्लामा संचालित अधिकांश फर्निचर उद्योगले पनि अवैध काठ किनवेच गर्ने गरेको बताइएको छ ।

प्रकाशित मितिः १९ माघ २०७३, बुधबार १४:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *