सुर्खेत, ८ चैत्र ।
जिल्ला वन कार्यालय सुर्खेतले आगलागी नियन्त्रण सम्वन्धी चेतनामुलक अभ्यास गरेको छ ।
कटकुटाको बनमा आगलागी कसरी नियन्त्रण गर्ने भन्ने वारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले अभ्यास गरेको हो ।
विभिन्न सामुदायिक वनका उपभोक्ताहरुको सहभागीता रहेको अभ्यासमा जिल्ला वन अधिकृत हेमराज विष्टले नियन्त्रणका सामग्रीको अभाव र वन उपभोक्ताहरुमा चेतना नहुदा वनमा धेरै डढेलो लाग्ने गरेको बताउनु भयो ।
उहाँले आगो नियन्त्रण सम्वन्धी ज्ञानको अभावको कारण आगो नियन्त्रण गर्न खोज्दा उपभोक्ताको ज्यान समेत गएको बताउनु भयो ।
आगो नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा उपभोक्तालाई विस्तृत जानकारी दिनु भएको छ ।
विभिन्न सामुदायिक वनका उपभोक्ता, पदाधिकारी, जिल्ला वन कार्यालयका कर्मचारी, प्रहरी, सेना लगायतको सहभागीता रहेको थियो ।