सर्बराजको सफलताको कथा

सर्बराज भण्डारी

घरको आर्थिक अवस्था निकै कमजोर, व्यापार–व्यवसाय गर्ने पैसा थिएन । परिवार पाल्न कठिन भएपछि दैलेख, नारायण नगरपालिका–२,जारकोटका सर्बराज भण्डारीले २०५६ सालमा तरकारी खेती सुरु गरे । पाँच सय रुपैयाँमा २५ किलो आलुको बीऊ खरीद गरी सुरु गरेको तरकारी व्यवसायले पहिलो पटकमै दुईहजार रुपैयाँ आम्दानी दियो । ‘तरकारी खेतीगर्ने जग्गा थिएन, छिमेकीको जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको थिएँ,’उनी ती दिन सम्झिँदै भन्छन्, ‘पहिलो पटकमै फाइदा भएपछि व्यावसायिक रुपमै लाग्ने निधो गरेँ, जुन यात्रा अहिले पनि जारी छ ।’
१८ वर्षे यात्रामा उनको जीवन कथाले भने कोल्टो फेरेको छ । अहिले उनी १५ रोपनी जग्गामा बेमौसमी तरकारी र तीन रोपनी जग्गामा अदुवा÷बेसार लगाउँछन् । सुरुमा भाडामा लिएको १२ रोपनी जग्गा तरकारीको आम्दानीले २०६० सालमा तीन लाख रुपैयाँमा किने । ‘अब त आप्mनै जग्गा छ, जति तरकारी लगाए पनि भयो,’उनीभन्छन्, ‘दुःख ग¥यो भने सुख पाइँदो रहेछ ।’
उनी दैलेखको नमूना कृषकको रुपमा कहलिएका छन् । गतवर्ष मात्र तरकारी बेचेर ११ लाख रुपैयाँ कमाए । असिना पानीले क्षति पु¥याउँदा करिब चार लाख नोक्सानी व्यहोर्नु परेको उनको भनाइ छ । तरकारीको आम्दानीबाट भण्डारीले सुर्खेतमा घरेडी र दैलेखमा २५ रोपनी जग्गा किनेका छन् । यो सबै उनको संघर्षको फल हो ।
सर्बराज आप्mनो सफलतामा स्थानीय चन्दबहादुर थापालाई बिर्सिदैनन् । त्यतिबेला जारकोटमा थापा तरकारी खेती गर्थे । उनकै प्रेरणा र हौसलाले आपूmलाई यो व्यवसायमा अघि बढ्न सहयोग गरेको सर्बराजको भनाइ छ । त्यतिबेला गाउँमा तरकारी बेच्ने ठाउँसमेत थिएनन् । त्यसैले स्थानीय श्यामनाथ योगीसँग मिलेर होटेल खोले । ‘सुरुका केहीवर्ष त आप्mनो बारीको तरकारी आप्mनै होटेलमा बेचेँ,’उनीभन्छन्, ‘व्यवसाय बढेपछि बाहिर पनि पठाउन थालेँ ।’ बिस्तारै सदरमुकामको नारायण तरकारी पसल, बम फलपूmलतथा तरकारी मण्डी र ऋतिक तरकारी पसल मार्पmत बजारीकरण अघिबढेको उनले बताए ।

व्यवसायमा लागेर उनले आर्थिक मात्र कमाएनन्, समाजमा सम्मान पनि कमाए । २०७१ सालमा राष्ट्रपति पुरस्कार पाए । उनी आप्mनो सफलतामा श्रीमती खगिसराको पनि ठूलो हात रहेको बताउँछन् । ‘उनी (श्रीमति) आपैm व्यवसायमा मात्र लागिनन्, मलाई सधैं हौसला पनि दिइन्,’ उनी भन्छन्, ‘सायद यही कारणले हुनुपर्छ हामी हाम्रो जीवनमा सफल भएका छौं ।’
भण्डारी–दम्पत्तिले एक्लो छोरा रोहितलाई पनि व्यावसायिक तरकारी खेतीमै लगाएका छन् । परिवारै तरकारी व्यवसायमा छ भन्दा पनि हुन्छ । यो परिवारले यो व्यवसायलाई अझ व्यवस्थित गर्न आयुष तरकारी फर्म पनि दर्ता गरेको छ । उक्त फर्म मार्पmत उच्च मूल्य कृषि वस्तु विकास आयोजनले बेमौसमी तरकारी खेतीमा सहयोग गरेको छ । ‘मेरो व्यावसायिक जीवनमा आयोजना जोडिएपछि थप हौसला मिलेको छ,’उनी भन्छन्, ‘अब त व्यवसायमा दरोसँग उभिएको छु ।’आयोजनाले गाउँमा सिँचाई कुलो निर्माण गरिदिएको आम्दानी दोब्बर भएको उनले बताए ।
आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीका अनुसार आयोजनाले समूहलाई १३ लाख ५७ हजार रुपैयाँ अनुदान सहयोग गरेको छ । ‘उत्साही किसानलाई सहयोग गर्नु आयोजनाको उद्देश्य हो,’ उनले भने, ‘सर्बराज जस्ता किसानर्लाइ सहयोग गर्न पाउँदा हामीलाई पनि खुसी तुल्याएको छ ।’ आयोजनाले सिँचाई पोखरी निर्माण गर्नुका साथै प्लाष्टिक सिट, मल्चिङ प्लाष्टिक, टनेल हाउस, डिजिटल तराजु, क्रेट, स्प्रेयर, झारी, बीउखरिदमा सहयोग गरेको उनले बताए ।
गाउँमा रहेको करलेआवत कृषक समूहमा आवद्ध भएपछि उनको गाउँका अन्य तरकारी व्यवसायीसँग पनि सम्बन्ध स्थापित भएको छ । यसले तरकारीको बजारीकरणमा टेवा पुगेको उनको भनाइ छ । ‘आयोजनाले तरकारी व्यवसायीबीच सम्बन्ध मात्र जोडि दिएन, बजारीकरणमा पनि सहयोग पु¥यायो,’ उनी भन्छन्, ‘यसले सबैलाई फाइदा भएको छ ।’
निरन्तर परिश्रम ग¥यो भने एक दिन सफलता मिल्छ भन्ने बलियो उदाहरण बनेका छन्– सर्बराज । त्यसैले उनी युवाहरुलाई पैसाको खोजीमा विदेश नजान पनि सल्लाह दिन्छन् । ‘हाम्रा युवाहरु खेतबारी बाँझो राखेर पैसाको खोजीमा विदेश गइरहेका छन्,’ उनीभन्छन्, ‘तर मिहिनेत ग¥यो भने आप्mनै माटोमा त्यो भन्दा बढी कमाउन सकिन्छ भन्ने किन ज्ञान नभएको होला?’ सरकारले पनि तरकारी खेतीमा युवालाई आकर्षण गर्न विशेष नीति र सहयोग कार्यक्रम ल्याउनु पर्ने उनले बताए ।

प्रकाशित मितिः २५ श्रावण २०७५, शुक्रबार ०७:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *