सुर्खेत, २६ असोज ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुर्खेतले उद्यमसिलता विकास सम्वन्धी तीन दिने तालिम आयोजना गरेको छ ।
अदुवा तथा बेसार खेती गदै आएका सुर्खेतका अगुवा किसानहरुको सहभागीता रहेको तालिमको उद्घाटन कृषि क्षेत्र विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले गर्नु भएको हो ।
विहीबारदेखि बीरेन्द्रनगरमा सुरु भएको तालिमको उदघाटन गदै आयोजना प्रमुख भारीले अदुवा बेसारको अन्तराष्टिय स्तरमा बजार राम्रो रहेकोले व्यवसायिक रुपमा खेती गर्न किसानलाई सुझाव दिनुभयो ।
उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुममा लागु गर्न सके तालिम उपयोगी हुनेमा उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले किसानलाई अदुवा बेसार खेतीमा आर्कषित गरी उनीहरुको आयस्तर बृद्धिमा टेवा पुरयाउने उदेश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
तालिममा कार्यक्रम लागु भएका सुर्खेतका विभिन्न स्थानीय तहका २० जना भन्दा बढी अगुवा किसानको सहभागीता रहेको छ ।