कर्णालीमा अनलाइन कक्षा कति सम्भव ?

भरत गौतम

आजभोली हरेक विधार्थीमा लोकप्रिय शब्द बनेको छ अनलाइन कक्षा । हुन पनि किन नहोस लकडाउनको कारण विधालय, विश्वविद्यालयको पठन पाठन हुन सकेको छैन । लकडाउन अझै कति दिनसम्म रहन्छ यसै भन्न सकिने अवस्थ पनि छैन ।

 लकडाउनले गर्दा एसईई देखि विश्वविद्यालयका सम्पुर्ण  परिक्षा स्थगितपछि विद्यार्थी पनि अन्यौलमा छन् ।

सरकारले शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्ने र शैक्षिक क्यालेन्डरलाई बिग्रन नदिनका लागि अनलाइनबाट पढाउन शुरू गर्नु भनी देशभरका विधालय, विश्वविद्यालयलाई निर्देशन दिएसँगै कति विधालयले शुरू गरेका छन् भने कतिले पढाउने तरखर गर्दै छन् भने कतिलाई कसरी सञ्चालन गर्ने भन्ने चिन्ता छ ।

सरकारसँगै कति विधार्थीसँग इन्टरनेटको पहुँच छ भन्ने तथ्यांक नै छैन ।

के कर्णालीका प्रत्येक विधार्थीसँग इन्टरनेटको पहुँच छ ?

कहाँ हुनु

 के कम्पुटर वा ल्यापटप छ ??

त्यो त अझै कहाँ हुनु र

स्मार्ट फोन त छ नि ???

 त्यो पनि छैन सर

सुर्खेतमा नै त कतिबेला बिजुली आउँछ जान्छ भन्ने ठेगान छैन भने अझै कर्णालीका कति ठाउँमा  बिजुली पुगेकै छैन ।

जुम्ला हुम्ला कालिकोट जाजरकोट  मुगु डोल्पाका कतिपय ठाउँमा फोन गर्नेकै लागि डाँडामा पुगेर र टावरका धर्को हेर्दै कुरा गर्नुपर्ने बाहयता रहेको छ  ।

अनलाइन कक्षा सहरी क्षेत्रमा सञ्चालन गर्ने केही सहज भएपनि यो नै अहिलेको सन्दर्भमा उपयुक्त माध्यम नहुन पनि सक्छ ।

अनलाइन कक्षा सञ्चालन गर्ने कुरा गदै गर्दा कति पुर्वाधारलाई वेवास्ता गर्न सकिदैन । अनलाइन कक्षाको लागि आवश्यक इन्टरनेट हो तर नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार नेपाल भर इन्टरनेटको पहुँच ५५ नागरिकसम्म पुगेको छ । कर्णालीमा भने  १३ प्रतिशत मात्र रहेको तथ्यांकमा देखाएको छ ।

इन्टरनेट पछिको अत्यावश्यक वस्तु हो स्मार्ट फोन जुन कर्णालीका विधार्थीका हातसम्म अझै पुगेकै छैन कालापार गएर कलेजको शुल्क तिर्ने र्धौधौ हुने हुने अभिभावकलाई इन्टरनेट र स्मार्ट फोन किन्दिएर अनलाइनमा पढाउन त्यति सजिलो छैन् ।

सुर्खेत बजारमा राम्रोसँगै  रेडियोसम्म राम्ररी बज्न सक्दैन । मुस्किलले नेट चल्छ । बिजुलीको आपूर्ति निरन्तर हुँदैन । हावाहुरी, झरी–बादल भएर वातावरण फेरबदल भइसक्दा बत्ती जान्छ ।

साधारण मर्मत गर्ने पनि एकदुई दिन लाग्छ । त्यसो नभए पनि बत्ती जाने–आउने कुराको कुनै ठेगान हुँदैन ।

यो वास्तविक समस्यालाई नियाल्ने हो भने नेपाल सरकारले पहिला पूर्वाधारका विकास गर्ने अनि निर्देशन दिने गरेको भए अनलाइन कक्षा सञ्चालन गर्ने सहज हुन्थ्यो होला ।

पढाउँदै गयो– बिचैमा बत्ती जान्छ । सबैको घरमा इन्भटर, सोलार आदिको सुविधा त हुँदैन ।

पढ्ने पढाउनेलाई नै बाधा उत्पन्न हुन्छ । झिँजो महसुस हुन्छ । त्यसैले अनलाईन पढाई शहरी क्षेत्रमा केहीका लागि मात्रै  वरदान भए पनि दूरदराजका लागि भने अभिशाप बन्छ ।

अर्को अचम्मलाग्दोे कुरा के छ भने अनलाइन कक्षा सुरु हुने भन्ने कुरा सुनेदेखि  छोराछोरी यो फोनले बिग्रियो भनेर कराउने अभिभावकहरु हातमा फोन समाएको देखेपनि खुसी हुन थालेका छन ।

विद्यार्थीको हातमा मोबाइल देख्दा मात्र कलेजबाट फोन गर्ने सरहरु नै घरमा अभिभावकलाई फोन नै गरेर घरमा इन्टरनेट जडान गर्नुभएको छ कि छैन भनेर सोध्ने गरेका छन् ।

कतिले त मोबाइलमा कसरी  डाटा लिने भन्ने कुरा पनि अभिभावकलाई सिकाइरहेका छन ।

पढाइमा कुनै पनि  नछुटाइदिनुहोस् भन्न थालिसकेका छन् । तर पनि अभिभावकका बाध्यता आफ्नो ठाउँमा छन् ।

र्णाली अशिक्षा र गरिबीले अझैसम्म पनि आक्रान्त छ । शुल्क तिर्नुपर्ने पैसा नभएर शैक्षिक साम्रगीको अभावमा विधालय छोड्नुपर्ने अवस्था अझै विधमान रहेको छ ।

कर्णालीमा कक्षा १ मा भर्ना भएका सरदर १०० जनामा मात्र ३० जना विधार्थी मात्र माध्यमिक शिक्षासम्म निरन्तरता दिन सक्दछन् ।

यस्तो कठिन अवस्था अझै कर्णालीका बाकी नै रहेको छ ।

यस्तो अवस्था किन ?

यस महासंकटबाट केही पाठ सिकेर अब हरेक विधालयलमा प्रर्याप्त मात्रमा प्रविधिको पहुँच र पुर्वाधार निर्माणमा जोड दिनु पर्दछ ।

 कोरोना संकट साम्य भएपछि पठन पाठन सुरु गर्दा शैक्षिक सत्रमा खासै फरक नपर्ला । अहिले अनलाइनमा आउन सक्नेलाई मात्र पढाउने र  आउन नसक्नेलाई नपढाउने हो भने त्यसको कुनै अर्थ हुदैन् ।

अहिलेको अवस्थामा कर्णालीमा अनलाइन कक्षा सम्भव नै छैन भन्दा फरक नपर्ला । अहिले यो विषम परिस्थितिलाई माध्यनजर गरि अनलाइन कक्षा सञ्चालन गर्ने मात्र प्राथमिकता र महत्व दिइने हो भने धेरै विधार्थीको  भविष्यमाथि खेलवाड हुन सक्छ ।

यिनी कुराहरु भनि राख्दा किन अनलाइन कक्षाको विरोध गरेको  भन्ने साथीहरु पनि हुनुहुन्छ होला तर एउटै कक्षामा पढ्ने एउटा साथीले पढ्ने र अर्कोले पढ्न नपाउने अवस्था सृजना हुनु हुदैन भन्ने हो ।

संकटको बेला मात्र अनलाइन कक्षाको बहस गर्ने र पछि अत्तोपत्तो नहुने नहोस कोरोनाको कहर सामान्य भएपछि पनि विश्वविद्यालय, विधालयहरुलाई प्रविधिमैत्री बनाएर अनलाइन कक्षा नियमित र अनिवार्य बनाउन सकिन्छ ।

अबको केहि बर्षमा उच्चस्तरको प्रविधिको प्रयोग गरि डिजिटल कर्णाली व्यवहारमै देख्न पाइयोस् । (गौतम मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत छन)

प्रकाशित मितिः २५ बैशाख २०७७, बिहीबार १४:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *