
संयोग हुनसक्छ, १९४८ जनवरि ३० मा एडोल्फ हिटलर आफ्नो सत्ता स्थापना भएको १५ औ बर्षगाठ मनाई रहदा भारतमा महात्मा गाँधीको हत्या भएको थियो । त्यो राम राज्यमा आफ्नो युवावस्था गुजारेका पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल नामक पार्टी वनाएका छन । आफुले जीवनभर रोजेको कार्यदिशा निर्माणको पुर्वसन्ध्यामा भट्टराईको छोटो कोट्याऊन जरुरी देखिन् ।संबिधान सभाबाट निर्मित संबिधानको स्वघोसित आर्किटेक्चर बाबुरामले कसैले नपत्याऊने गरि संसद र पार्टिबाट राजिनामा दिए । पार्टीबाट राजिनामा दिनुपुर्व बाबुरामले आफ्नी छोरी मानुषी यमीलाई फोन गरेर भने “मैले संसद र पार्टिबाट राजिनामा दिदै छु, टिभि र सन्चार माध्यम बाट सुने तिमीलाई नराम्रो लाग्ला भनेर फोन गरेको हु”।बाबुरामको ऊक्त आवाज बाट स्तब्ध मानुषीले थप प्रश्न नगरि “अल द बेस्ट पापा ” भनेर अग्रिम शुभकामना दिईन । नेपालकी छोरी मानुषीले बुवा नभनी “पापा” ले सम्बोधन गर्नु कँहा सम्मको सान्दर्भिक हो त्यो त चर्चाको बिषय भएन। पत्नी हिसिला यमीसंग रुस जाने टिकट रद्द गरेका बाबुरामले मनमा नयाँशक्तिका अनेकौ सपना देख्न पहिले देखिनै थालिसकेका थिए। यसरी पत्नी कम्युनिस्टको देश रुस ,छोरी गान्धीको देश भारत र बुवा पृथ्वीनारायण शाहाको गोर्खामा हुदा काठमान्डौमा एक्लै यस्तो निर्णय लिन सक्ने आट बोकेका ब्याक्ति बाबुराम होईनन। तैपनि नेपालमा अब एक छुट्टै सान्दर्भिक बहसको बिषय बनेको छ नयाँ शक्ति र बाबुरामको रंगशालाको रंगमन्च ।
जसरी खुल्ला आकाशमा रमाईरहेका जर्मन चान्सलर एडोल्फ हिटलर १६ जनवरी १९४५ देखि वर्लिनको आफ्नै निवासको आगनमा बिषेश रुपले बनाईएको पँचास फिट गहिरो बंकरमा बस्न थाले त्यो नै ऊनको अवासानको स्थायी स्थान थियो । अनुमान गर्न त सकिदैन तर हिजो बंकरमा ज्यान जोगाऊने नेपाली राजनितिमा कम्युनिस्ट न्युक्लियसहरु आज हिटलर शैलीमा दशरथ रंगशाला स्थयी रुपमाबाट किन विलिन हुदैछन त्यो एक चर्चाको बिषय बनेको छ। हुन त बाबुराम एक्लैले यो प्रायसको बोझ लिन चाहेको त होईन तर ऊनको पछाडी हिटलरको प्रेस सल्हाकार गोयबल्स जस्तै नेपथ्यमा भुमिका सुधारक विश्वदिप पान्डे पनि नयाँ शक्तिको बंकरमै अटेका छन।
विश्वदिप पान्डेले बाबुरामलाई गोयबल्स शैलीमा के प्रचार गरिरहेका छन भने चुनावी पर्चा र भोटले नै अवको राम राज्य स्थापित गर्न सकिन्छ तर विश्वदिप जस्ता अनुभवी गोयबल्स ब्यबस्थापकले ऐतिहासिक स्मरण के गर्नपर्छ भने हिजोका हिटलर पनि नाजी पार्टिको तर्फबाट चुनाबबाटै स्थापित र चुनाव बाटै बिस्थापित भएका थिए । नाजी पार्टीको तर्फ बाट सन १९२३/२४ को आम चुनावमा कुल १० लाख नब्बे हजार मत पाएका थिए । सोसिलिस्ट पार्टिले ६० लाख र कम्युनिस्ट पार्टीले ३० लाख मत पाएको थियो। त्यहि नाजीहरुले १९३० सम्म आउदा कर्पोरेट ब्यापारि,ब्यबसायिक पत्रिका,र नाफामुलक टेलिभिजन र अन्य सबै यन्त्रमा अथाहा लगानी गरेर ६० लाख तथा १९३२ को रास्ट्रपति चुनाबमा एक करोड ३० लाख मत प्राप्त गरेको थियो। त्यो हिटलरको सफलताले कम्युनिस्ट असफल ब्यबस्था हो भनेर प्रचार प्रसार गर्ने कर्पोरेट सन्चार माध्याम र ब्यापारिक प्रयोजनका सबै अस्त्रले ऊनलाई जुरुक्कै ऊठाए । जब जब सोभियत संघले त्यो भ्रम चिर्न सुरु गर्यो अनि त्यहि मिडियाले हिटलर कमजोर हुदै गर्दा ऊनलाई ऊचालेर जमिनमा नराम्रोसंग थचारे। हिटलरको सफलतासंगै पेपनले सत्ता सम्हालेपछि फासीवाद लागु गरियो। कम्युनिस्ट बस्ने घर जेलमा परिणत भए। फरक धारमा भयका सोसिलिस्टहरुले कम्युनिस्टलाई लात मारेर हिटलरलाई साथ दिन थाले। हिटलरले पनि अहिले बाबुरामले ल्यायका “पाच स” जस्तै ३ बुदे प्रतिबद्धतामा हस्ताक्षर गरे। उनको पहिलो मापन अयोग्य बुँदा थियो जर्मनिको सम्मान यबंम रास्ट्रिय स्वाभिमान फिर्ता लिने, ऐकताबद्द तथा सम्पन्न जर्मनिको निर्माण गर्ने, चार बर्ष भित्र बाचा पुरा नभय फासिमा झुन्डिने” हिटलरका कुनैपनि बुँदामा मापन गर्न योग्य विश्वसनीयता थियन ।हिटलर आफ्नो सत्ता मोह प्रति इमानदार थिए। हिटलर शैलीमै भनौ केही समय अगाडी बाबुराम भट्टराईले पनि “मलाई १० बर्ष नेपालको कार्यकारी ऊच्च पदमा काम गर्न दिनुहोस ,यदि यहि अवस्था बाट अगाडी लिन सकेन भने गोली हान्नुहोला “भनेर ट्विीटर मा अमुर्त शब्द टूईट गरेका थिए । यदि ऊल्लेखित शब्दमा पसेर हेर्ने हो भने सत्ता र राज्य मोहको भोक सबैभन्दा बढि बात बाबुरामलाई नै देखिन्छ।राजनितिमा निति प्रधान नेतृत्व सहायक हुनुपर्छ तर नेतृत्व पाए मात्र गर्न सकिन्छ भनेर झुट ओकेल्नु सत्ता लोभ बाहेक अरु केहि होईन।
नेपथ्यमा बाबुरामलाई जनजाति ,मधेसि ,जातिय र केहि क्षेत्रीय पार्टि र जनताको साथ देखिन्छ। बाबुरामले यो साथलाई संबिधान संसोधनको लोभ देखाएका छन। भारतिय सहयोगको आडमा उनले मधेशलाई ऊठाएर प्रमुख दलको शक्ति क्षयिकरण गर्ने र त्यो अवस्थामा आफु सन्तुलनको जस लिने ऊद्श्ये सहित मधेशको “कलस्टर “आदि शब्द ऊत्पादन गरेर हिटलर शैलीमा उल्टो खेल खेल्न ऊद्दत देखिन्छन । हिटलरको नाजी पार्टिले पनि आफु अन्तराष्ट्रीय स्तरमा बलियो देखाउन चिकोस्लोभाकियामा हेन लेईनको नेतृत्वमा जर्मन भाषी राज्यबाट अपहेलनामा परेको भनेर उच्काएको थियो।सुदेतनला स्वायत्त प्रदेश बनाउने माग सहित हिटलरले जर्मन भाषीलाई उचालेर चिकोस्लोभाकियामा स्वायत्त प्रदेशको माग सफल गराएका थिय।प छि नाजी पार्टिले बिस्तारै बिस्तारै त्यो प्रदेशलाई जर्मनमा बिलय गराएको थियो। तराईको केहि भुभागको सिमा रेखाको भ्रम पनि भारतको नीयत संकास्पदनै देखिन्छ।
सन १९३४ तिर बंग्लादेशमा चरम आर्थिक संकट भयो। त्यो संकट को वरिपरि ५० लाख बंग्लादेशी जनताले उच्च भोकमरिले ज्यान गुमाउन पर्यो। संसार आफ्नै शक्तिको लडाईमा धुर्बिकृत भएको थियो। जापान पनि एसियाबाट विश्वयुद्धको पात्र भएको थियो।एसियाकै भारतमा करोडौ क्वीन्टल खाद्य पदार्थ सन्चित थियो। बंगलादेशमा भएको भोकमरीले भारतका केहि साहु महाजन ऐलिट बर्ग खित्का छाडेर हासिरहेका थिए। उक्त हाँसोको पछाडी बंगालीहरुको आफ्नै धर्म प्रतिको सम्मानित स्वभाव र भारतिय हिन्दुत्वप्रति कुनै आकर्षण नहुनुले असहयोग गरेको भन्ने भाव थियो। अर्थात भारतले धार्मिक कारणले दासत्व देखाऊने कोसिस गरेको थियो।
एउटा मानव भोकले छटपटाहट भैरहदा अर्को ऊच्च बर्गको हिन्दु मानव भकारीको ताल्चा समाएर बसेको थियो तर धर्मशाला धाउन छाडेको थियन।करोडौ अन्न अन्नभण्डारमा कुहियो तर बंगलादेशको बंगाली भोकै मर्यो।यस्ता अतिहिन्दुवादि सोचले आज संसारले “एथिम्ज “सहि हो या होईन सोच्न बाध्य बनायको छ ।नितिगत धार्मिक स्वतंत्रता भयको नेपालमा भारतले चाहेको धार्मिक ऊल्झन बाट बाबुराम सचेत छन वा छैनन त्यो त सोचनिय बिषय होला तर कम्युनिस्ट देश चिनको राजदुतले निम्तो अस्विकार गरि रंगशालामा कर्मचारी पठाउदा र भारतका राजदुत रन्जित रे आफै ऊपस्थित भएर बाबुरामको छेउमा न्यानो महसुस गराउदा “दाल मे कुछ काला है “भन्नेलाई सहजता मिलेको छ।
सुवासचन्द्र बोस स्वतंत्र भारतको लागी बिदेशमा रहेका भारतीयसंग आर्थिक संकलन गरिरहेका थिय । अर्थिक संकलनकै बेला सिंगापुरमा तमिलहरुको एक ठुलो मन्दिर थियो,त्यो मन्दिर समितिले स्वतंत्र हिन्द फौजका लागि एक लाख सिंगापुर डलर चन्दा दिने निर्णय भयो। तर सुबास चन्द्र बोस एक्लै गैर सैनिक पोसाकमा आएर उक्त चेक ग्रहण गर्नुपर्ने सर्त राखियो। जनरल जिएस ढिल्लो र जनरल कियानिको धर्म गैर हिन्दू थियो। त्यो मन्दिरमा गैर हिन्दूलाई प्रबेश निषेध थियो। सुवासचन्द्रको अगाडि जो शर्त आयो त्यो शर्तप्रति उनले बिनम्रतापुर्वक भने “आन्दोलनको लागि पैसाको सख्त जरुरी छ तर नितिलाई बाजिमा राखेर त्यो समस्या हल गर्न सकिदैन “। देशको स्वतंत्रता धर्मभन्दा माथि छ। त्यसकारण हामी यो प्रस्ताव अस्विकार गर्छौ। “तीनै जना जनरलले उनलाई सम्झाए तर सुवासचन्द्र बोस पैसाको लागि धर्मलाई काखमा च्यापेर हात पसारेनन्। पछि पुजारी आफैले शर्त फिर्ता गरेर ति चारै जना योद्दाको शिरमा चन्दनको तिलक छुवाईदियर विजयी हुन आशिर्वाद दिए। त्यो बेला बहुसंख्यक मान्छेले त्यो ब्याबहारले चारै धर्मको समन्वय भएको भनेर खुशी ब्यक्त गरेका थिय।
यो प्रसंगले के देखाऊछ भने चन्दा र आर्थिक स्रोत पार्टिमा आउनू स्वभाविक हो तर चन्दा दाता र सहयोगीको कुन स्वार्थले सहयोग गर्दै छ, र पार्टिले ऊक्त चन्दालाई स्विकार गर्ने आचार संहिता के के हुन भन्ने ध्यानमा नराखी लगीएको सबै चन्दा सुसासन बिपरित र भ्रष्टाचार सहितका सन्देश हुन। तत्कालको समस्या टार्न यदि सुबासचन्द्र बोसले ऊक्त लाखमा जिब्रो मिठ्याऊथे भने उनको धार्मिकता प्रतिको सुदुर ज्ञान मिथ्या साबित हुन्थ्यो। राजनितिक बजारमा उपलब्ध नयाँ शक्तिको लागि बिदेशी चन्दा स्पस्ट सहयोगको अस्पस्ट स्वार्थ होईन भन्ने केही आधार छैन। सामान्य ऊदाहारणमा हेर्नेहो भने केवल सदस्यता शुल्क बाट मात्र दक्षिण कोरिया बाट लगभग 20 लाख रुपया नयाँ शक्तिको खातामा गएको छ। यसरी जम्मा गरिएको अकुत सम्पतिको मालिक बन्ने रहर सहित नयाँ शक्तिको ऊत्पति हुन्छ भने यो नेपाली जनताको लागि अर्को भ्रम हुनेछ।
त्यसकारण आज बाबुराम भट्टराईलेको सहयोगको लागि चन्दा दिनेहरु र हिजो बाबुरामको आदेशमा रगत दिनेहरु कुन महान हुन त्यो त इतिहासले फैसला गर्नेछ तैपनि देब्रे हातको कान्छी औलामा हिराको चम्किने औठी, कानमा हिराको हार झुन्ड्याएर अलौकिक जीवन जीयकी करिस्मालाई देश सुम्पिदै गर्दा रोल्पाका मगरको छोरी अनि गोल्ड फल्याक जुत्ता लगायर जंगलमा गुरिल्ला ट्रेनिग गरेर आज घर न घाट गराएका पुर्व जनमुक्ति सेनाले कुनै दिन नाथुरामको बाटो नसमात्लान भन्ने केहि ग्यारेन्टी छैन। यो नयाँ शक्तिको नयाँ यात्रा शुभम अशुभम, भ्रम बास्तबिकता जे भय पनि नेपाली राजनितिक आकासमा एक सैदान्तिक अकर्मण्यता र बैचारिक बिचलनको नयाँ बिजारोपण भने पक्कै हो ।
बिसी नेपाल जनसम्पर्क समिति दक्षिण कोरियाका सदस्य हुनुहुन्छ ।