लागुपदार्थ दुव्र्यसन र जोगिने उपाय

ndex
विनोद कंडेल

लागुपदार्थको अर्थ
लागुपदार्थ शब्दले प्राकृतिक वा संयोजित त्यस्ता वस्तुहरुलाई जनाउँदछ, जसको सेवनले सेवनकर्ताको मानसिक वा शारीरीक स्थीतीमा प्रभाव पारी लठ्याउने, उत्तेजीत पार्ने, मतिभ्रान्त पार्ने, आवेग शुन्य र शिथील बनाउने गर्छ ।
मानिसको मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई बिकृति तुल्याउने औषधीलाई लागुपदार्थ भनिन्छ । अर्थात लागुपदार्थ ती रसायनीक पदार्थहरुलाई भनिन्छ, जसको अरु मानिसको सहयोग विना सेवनबाट व्यक्तिको शरीरीक, मानसिक,संवेगात्मक एंव सामाजिक पक्षमा परिवर्तन ल्याउँदछ । जसको लतमा फसि सकेपछि व्यक्ति त्यसलाई छोड्न नसक्ने स्थीतिमा पुगेको हुन्छ ।
यसले विश्व नै ग्रसित पार्न पुगेको छ । यस संक्रामक रोगबाट नेपाली समाजपनि पीडीत अवस्थामा छट्पटाई रहेको धु्रवसत्य कुरा सबैलाई थाहा भइसकेको छ । नेपाली युवा युवतिहरुमा यो सामाजीक क्यान्सरको प्रभावले गर्दा राष्ट्रमा युवाशक्तिको ठुलो ह्रास भइराखेको छ । नेपालमा वर्षेनी विदेशी सहित ७÷ ८ सय जनालाई प्रहरीले पक्राउ गरी कारवाही थालनी गर्न लागे पनि राजनैतिक दवावले छोड्नुपर्ने तितो यर्थाथ विद्यमान रहेको छ ।
नेपालमा लागु औषधीको दुव्र्यसनी भएखाने वर्ग देखि हुनेखाने वर्गसम्म करीव ८० प्रतिशत लागेका छन् । खासगरी लागुपदार्थले १४ दखि २२ वषसम्मको उमेर समुहलाई निकै असर पारेको छ । हाल सुर्खेतको सन्ंदर्भमा जम्मा लागुपदार्थ प्रयोगकर्तामध्ये १६ देखि १८ वर्ष उमेरका १० प्रतिशत युवाहरु र ३२ प्रतिशत युवतीहरु रहेका छन् भने ०.८७ देखि १ प्रतिशतसम्म युवतीहरु खुल्ने रहेको देखिन्छ ।

लागुपदार्थ दुव्र्यसनिमा लाग्नुका कारणहरु
१.जिज्ञासा
२.साथी भाईको दवाव
३.स्वतन्त्र अस्तित्व देखाउने भावना
४.आर्थिक विषमता
५.पलायनवादी प्रवृत्ति
६. निराशा
७.डर र दवाव
८.मनोरञ्जनको लहड
९.धार्मिक विश्वास
१०.आमा वुवाको सुपरीबेक्षण र अनुगमनको अभाव
११.सजिलै लागुपदार्थ उपलब्धता
१२.शरीरीक तथा मानसिक तनाव हटाउन
१३.बेरोजगारी
१४.लागुपदार्थ सम्बन्धि शिक्षाको अभाव

लागुपदार्थ दुव्र्यसनीमा लागेका व्यक्तिहरुमा देखा पर्ने संकेतहरु
साधारणतया लागुपदार्थको दुव्र्यसन गर्नेहरु १५ देखि ३० बर्षको हून्छन । यसमा महिला पनि देखा पर्न थालेका छन् । नेपालमा लागुपदार्थ दिन प्रतिदिन वढ्दै गएको छ । लागुपदार्थ दुव्र्यसनमा लाग्ने महत्वपुर्ण संकेतहरु यसप्रकार छन् ।
१.आफ्नो घरदेखि बाहिर धरै बस्न थाल्नु ।
२.सकेसम्म एक्लै बस्न रुचाउनु ।
३.कोठा गन्हाउनु ।
४.खाना खानमा अनियमितता देखा पर्नु ।
५.विस्तारै स्वास्थ्य स्थिती बिग्रदै जानु ।
६.आफुले गर्नुृपर्ने कार्य नगर्नु र लापरवाही गर्नु ।
७.रिसाउनु वा झर्किनु
८.कहिलेकाही अच्चमको व्यवहार गर्न थाल्नु ।
९. एक्लै झोक्रिएर वस्न थाल्नु
१०.समय समयमा घरमा पैसा माग्न थाल्नु ।
११ .धेरै झुट वोल्न थाल्नु ।
१२.अरु साथीभाई तथा नातेदारहरुसंग ऋण लिन थाल्नु
१३.घरका चिजहरु बहिरतिर लागि सस्तोमा बिक्री गर्नु ।
१४.चोरी गर्न थाल्नु ।

लागुपदार्थको असर
लागुपदार्थको सेवनवाट व्यतिm दुव्यर्सनमा फस्दछ । यस्ता दुव्र्यसनीले व्यतिmलाई पारीवारीक एवम सामाजिक दायित्वबाट विमुख गराउदै क्रमश असामाजिक, एकान्तप्रिय,र निकम्मा तर्फ उन्मुख गराउछ । दुव्र्यसनीले पारीवारीक, छरछिमेक, समुदायप्रतिको आफ्नो जिम्मेवारी भुलेर अर्को मात्रा कसरी प्राप्त गर्ने भन्ने चिन्ताले ग्रस्त बन्दछ, जसको परीणाम स्वरुप निम्न प्रभाव तथा असरहरु देखापर्दछन ।
क. मानसिक असर
१.पागलपन
२.उदास
३.चिडचिडापन तथा चिन्ता
५.भ्रम तथा अतिभ्रम
६.काम्ने
७.स्मरण शक्तिमा हस
८.भmुम्म पार्ने
९.निन्द्रामा परीवर्तन
ख. शारीरीक असर
१.हृदय रोग
२.फोक्सो रोग
३.कब्जियत
४.पेटमा अल्सर
५.मुर्छा पर्ने
६.क्यानसर
७. प्रजनन क्षमतामा हस
८.कुपोषण
९.क्षयरोग
१०.कमलपित्त तथा निमोनिया
ग.सामाजिक असर
पारिवारिक झगडा
परिवार र साथिलाई छोड्नुपर्ने
बाटोमा दुर्घटना
शान्ति सुरक्षामा खलवल
समाजवाट बहिष्कृत
सामाजिक मुल्य मान्यतामा विचलन
सामाजिक अपराधमा वृद्धि
सामाजिक प्रतिष्ठामा कमि
सहयोगी भावनामा कमि आदी
घ.आर्थिक पक्षमा असर
परिवारको आर्थिक स्थितीमा ह्रास
अनावश्यक खर्च बढी
पेशाबाट हट्नुपनर््े वा बेरोजगार हुने
ङ. अन्य प्रभाव
विद्यालयको वातावरण धमिलिने
राष्ट्रमा उत्पादनशिल एंव दक्ष जनशक्तिको अभाव
राष्ट्रियतामा खतरा
आत्महत्या गर्ने संख्यामा वृद्धि
गर्भवति महिलाले प्रयोग गरेमा नवजात शिशुमा सुस्त मनस्थिती र शारीरिक विकृति देखा पन

लागुपदार्थ दुव्र्यसनको रोकथामका उपाय
१.पारीवारीक स्नेह र सदभावनाको वातावरण सिर्जना गर्ने
२.पत्रप्रत्रिका, टेलिभिजन, रेडियो जस्ता संचारको माध्यम वाट लागु पदार्थको वारेमा जानकारी दिने
३.लागुपदार्थ सम्बन्धित दक्ष ब्यतिmलाई समावेस गरी तालिम, सेमिनार र गोष्ठीको ब्यबस्था गर्ने
४.लागु पदार्थ वेचविखनमा संलग्न ब्यतिmलाई प्रहरी कहा खवर गर्ने
५.लागु पदार्थ विक्रि वितरण र उत्पादनमा कडा नियम लागु गर्ने
६. युवा वर्गहरुलाई लक्षित कार्यक्रमको आयोजना गर्ने
७. आबश्यक अध्यन र अनुसन्धान संचालन गर्ने
८. लागु पदार्थ सम्बन्धि उपचार, परामर्श,सल्लाह दिनको लागी पुर्नस्थापना केन्द्रको स्थापना गर्ने
अन्तमा
लागु औषध दुव्र्यसन तपाईको मेरो उसको समस्या होइन, यो हाम्रो समस्या हो आज कुनै मन नपर्ने व्यक्ति दुव्र्यसनमा फस्यो भने खुसि हुनुपर्ने कुनै अवस्था छैन । भोलि आनो सन्तती पनी त्यसमा फस्न सक्छ । अतः हामिहरु जो, जहा, जे अवस्थामा छौं, त्यहीबाट औषध नियन्त्रण गर्न मस्तिष्कमा समझदारी, काधमा जिम्मेवारी, ह्ृदयमा इमान्दारीकासाथ अगाडी बढौं ।
एक सच्चा नागरीकको भुमिका पुुरा गर्न निम्न कुराहरु कहिल्यै नभुलौं ।
लागु औषध उत्पादन, ओसारपोसार, संग्रह विक्री वितरण र प्रयोग गर्ने व्यक्तिहरुको जानकारी पाएमा सामुदायीक सेवा केन्द्र तथा जिल्ला प्रहरी कार्यालयमा जानकारी दिन नभुलौं ।
तपाईहरुको थोरै समय बालबालिकाको लागी अमुल्य हुनसक्छ भन्ने नविसौं ।
स्वस्थ जिवन र सुखी परिवारका लागी दुव्र्यसन नाई भनौं ।
कंडेल युथ फर चिल्ड्रेन सुर्खेतका अध्यक्ष हुन ।

प्रकाशित मितिः ५ असार २०७३, आईतवार ०९:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *