हारेर पनि जित्ने पहिलो प्रधानमन्त्री

1111111111111
टेकप्रसाद पुलामी

दिउँसो साढे ४ बजेतिर हामी केही साथिहरु अफिस भवनमै थियौं । यो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध परेको अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुबाट तर्क र वहस हुनुका साथै प्रधानमन्त्री ओलीको संसदलाई सम्वोधन गर्ने पालो आइरहेको थियो । मानिसहरु कित्ता–कित्तामा विभाजित थिए । कोही ओलीको पक्षमा त कोही विपक्षमा सायद देशनै दुई कित्तामा बाँढिएको जस्तो । एउटा कित्ता ओलीको पक्ष र अर्को कित्ता ओलीको विपक्षमा । सांसदहरुले आफ्ना आग्रह, दलीय स्वार्थ र आफ्नो चाहना अनुसार आफु अनकुलका दलिलहरु पेश गरिरहेका थिए । यस्ता दलिलहरु मध्ये कुनै यथार्थ कुनै दाउपेचका रुपमा व्यक्त भएको महशुस हुन्थ्यो । यो परिदृष्य रोचक नै थियो । सरकारले के गर्यो, के गर्नुपथ्र्याे, के गरेन, देशको आवश्यकता के छ, अब के गर्नु पर्दछ भन्ने विषयका साथै एक अर्का विरुद्ध नसुहाँउदा व्यङ्ग्य वाण र चरित्रमाथि नै आक्षेप लगाउने तहमा समेत तर्क वितर्क गरे ।
संसदिय शासन प्रणालीले यस्ता वादविवाद तर्क वितर्कलाई यस व्यवस्थाको सौन्दर्यको रुपमा हेरेको पाइन्छ । ‘वादेवादे जायते तत्ववोध’ त्यसै भनेको होइन । संसदको संचालन तथा कारवाहीको प्रत्यक्ष प्रशारणले गर्दा यस विषयमा चासो राख्ने सबैले आफु लाभान्वित भएको महशुस गर्नु स्वभाविकै हो । यसबाट जनताले आफ्ना धारणा बनाउने, पूर्व धारणा परिवर्तन गर्ने र त्यसैका आधारमा विकसित आफ्ना धारणाहरु विभिन्न माध्यमबाट व्यक्त गरिरहेका थिए । अविश्वासको प्रस्ताव पेश गर्ने पक्षले जित्ने निश्चितै थियो, अर्थात् ओली सरकार स्पष्ट अल्पमतमा परिसकेकै थियो तथापी मानिसहरु ओलीले के भन्छन भनेर आफ्ना कान र आँखा संचार माध्यममा केन्द्रित गरिरहेका थिए । नेपालको इतिहासमा प्रधानमन्त्रीको सम्वोधनलाई यतिधेरै चासो देखाइएको सायद यो पहिलोपटक होला जस्तो लाग्छ ।
ओलीको मन्तव्यको क्रममा संसदको माहोल र त्यहाँ उपस्थित नेताहरुको मुखाकृती हेर्दा लाग्थ्यो अरु हारिरहेछन् र ओली जितिरहेछन । हारेर पनि जित्ने अवसर उनैलाई प्राप्त भयो । विपक्षी नेताहरु इन्तु न चिन्तु जस्ता देखिन्थे । उनिहरुलाई अविश्वासको प्रस्ताव ल्याएकोमा कहिँ न कहीं ठिक भएनकी भन्ने त थिएन ? या यो खाली ओलीको बढ्दो लोकप्रिय छवि अन्त्य गर्न मात्रै त यसो गर्न खोजिएको थियो ? त्यहि कारणले विक्षुप्त देखिएका त होइननन् ? हार्नेसँग उच्च मनोवल देखिनु र जित्नेको मनोवल क्षुप्ध हुनुको कारण के हो ? वास्तवमा ओलीले केहि न केहि त जनपक्षिय काम गरेका रहेछन भन्ने लाग्छ । अन्यथा उनि हुँकार साथ संसदलाई आफुमय बनाउने सामथ्र्य राख्ने थिएनन् ।
जब ओलीले भारतसँग Equal Footing  को सम्वन्धको कुरा अघि बढाए, चीनसँग व्यापार र पारवानको सम्झौता गरे, त्यसैगरी जब उनले जनतालाई विकासका सपना देखाउन थाले त्यही देखि जनता उनका पक्षमा लाम लाग्न थालेका थिए । हुँदा हुँदा फेसबुक र ट्वीटरमा #IAmWithKPOLi  भन्ने Trand नै चल्यो, युवाहरुले उनका पक्षमा जुलुस नै निकाले । यो नेपालको इतिहासमा सत्तासिन प्रधानमन्त्रीका पक्षमा यस पहिले भएको थिएन । सत्तामा रहने प्राय आलोचनाको शिकार हुन्छ तर उनि यसको अपवाद रहन सके । यो उनको कर्मको फल हो । उनको लोकप्रिय छविलाई स्वीकार्न विपक्षिलाई पनि करै लागेको जस्तो देखिन्छ । जब उनको निती तथा कार्यक्रम र बजेट आयो, उनले विकास, राष्ट्रिय स्वाभिमान र सामाजिक सुरक्षामा आधारित बजेट ल्याए । यसबाट उनको लोकप्रियता झन चुलिन पुग्यो । उनको छवि दलगतबाट उठेर राष्ट्रिय तथा जनमानससम्म विस्तार हुन पुग्यो । त्यहीँ कारणले हुन सक्छ देश संसद र जनता उनको प्रस्तुतिबाट प्रभावित भएको । उनका विपक्षमा रहेका, कहिलेपनी उनको दलसँंग सोझो सम्वन्ध नभएकाहरुले पनी उनको उच्च मूल्याङ्कन गर्दै आफ्ना धारणाहरु व्यक्त गरिरहेका छन् ।
अविश्वासको प्रस्ताव पेश भएपछि प्रधानमन्त्री ओली विरुद्ध, विभिन्न किसिमले नाम चलेका पत्रकार, लेखक र विश्लेषकले अलिक हतारो गरेर टिप्पणी गरे । उनि सत्ता छोड्न चाँहदैनन, संसद विघठन गर्छन भनेर भनेका थिए । सायद उनका पक्षधर पनि त्यही चाहन्थे होला । सत्ताको यस्तो खेल खेल्न राष्ट्रपति एमालेकै भएको हुनाले सहज हुने अनुमान पनि गरिएको थियो । यसका विपरित उनले लामो समय लिएर संसदमा सम्वोधन गर्दै नेपाली जनता समक्ष आफ्ना कुराहरु राखे । राष्ट्रपतिसमक्ष राजीनामा दिएको कुरा संसदलाई जानकारी गराँउदै, संविधानमा रहेको वाधा हटाउन वाधा अड्काउ फुकाउका लागी राष्ट्रपति समक्ष प्रस्ताव पेश गरेको जानकारी पनि गराए । जसको कारण उनको व्यक्तित्व झनैमाथि उक्लिएको महशुस गरियो । सायद मानिसहरु ओलीलाई बुझ्दैनन्, बुझेपनी आधा बुझ्छन वा विपरित किसिमले बुझ्छन ।
अव बन्ने भावी प्रधानमन्त्रीहरुले ओलीको लोकप्रियताको उचाईमा पुग्न निकै मेहनत गर्न’ुपर्ने देखिन्छ । उनको छविका अगाडी फुच्चा देखिने भय र डर सधै रहिरहने छ । कठिन अवस्थामा अझ भनौ राष्ट्र नै ऋयििबउकभ हुन्छकी जस्तो अवस्थामा जिम्मेवारी सम्हाल्नु कति कठिन हुन्छ र समस्याबाट राष्ट्रलाई मुक्त गराउन कति मेहनत, विवेक, धैर्यता र साहसका साथ काम गर्नु प¥यो होला भन्ने कुरा बुझेरनै युवा पंतिले उनका पक्षमा लहर नै चलाए । अब बन्ने सरकारलाई आफ्ना योजना, कार्यक्रम, नीती कार्यान्वयन गर्न चुनौती पनि दिए । नेपालको वर्तमान राजनीतिक परिवेशमा सत्तासिन अवस्थामा लोकप्रिय हुन निकै गाह्रो छ । डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुनुपूर्व जति लोकप्रिय थिए, प्र.म. भएपछि उनको लोकप्रियता निकै घटेको सबैले महशुस गरेकै हो ।
ओली साहसका साथ समस्यासँग जुध्छन, नेपाली जनतालाई विश्वास गर्छन, हाम्रो देशको विकास र निर्माण हामी आफैले गर्न सक्छौं र गर्नुपर्दछ भनेर सपना बाँड्छन । जनतामा आशा भर्छन, तीनिहरुलाई पुरा गर्न दृढता व्यक्त गर्दै योजना पस्कन्छन । पराई सामु देशको स्वाभिमान झुक्न दिन्न भनेर गर्जिन्छन् । जतिनै कटाक्ष भएपनी आफ्ना कुरा भन्न छाड्दैनन् । सायद यिनै कुराले उनलाई लोकप्रिय बनायो की ?

प्रकाशित मितिः PRODUCT_NAME::Invalid Year     १७ श्रावण २०७३, सोमबार ०५:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *