
वीपी कोइरालाको जन्म पिता कृष्णप्रसाद कोइराला र माता दिब्या कोइरालाको कोखबाट सन (१९७१) मा भएको थियो । उहाँका पिता कृष्णप्रसाद कोइराला तत्कालिन नेपालका एक सुपरिचित एवं उद्यमी तथा समाज सुधारक हुनुहुन्थ्यो । समाज सुधारक भएकाले उनलाई तत्कालिन राज्यले देश निकाला ग¥यो । कोइरालाका संस्मरणमा निर्वासनका वर्षहरुको मार्मिक वर्णन पाइन्छ । यहि निर्वासनका कारणले गर्दा नै कोइरालाको परिवारमा राजनितिक चेतनाले बढ्ता महत्व पायो । राणा प्रति वितृष्णा बढ्यो । ती वर्षहरुले नै वीपी कोइराला लाई राजनितिक संस्कार र व्यक्तित्व प्रदान ग¥यो, त्यस्तैमा युवक कोइराला शिक्षित एवं दीक्षित हुनुभयो । वीपी गान्धीजीका कारण भारतीय राजनितिमा प्रभावशाली हुदै जानुभएको थियो । पछि गएर कोइरालाले कांग्रेस सोशलिस्ट पार्टीको सदस्यता लिनुभयो ।कांग्रेस सोशलिस्ट पार्टी मुख्यतः माक्र्सवादी विचारधाराबाट प्रेरित सङ्गठन थियो । वीपी कोइराला जीवनको उतराद्र्धमा गएर अन्य कुनै चिन्तकको नजिक पुगेका थिए भन्ने उनी गान्धी थिए ।काशी विश्वविद्यालयमा पढदै गरेका वीपी कोइराला भारतीय राजनितिमा प्रत्यक्ष मुछिन थाल्नुभएको थियो ।
भारत स्वतन्त्र नभए सम्म नेपालमा राजनितिक परिर्वतन सम्भव छैन भन्ने कुरामा कोइराला परिवार विश्वस्त थियो । भारतीय स्वतन्त्रता र स्वाधीनता आन्दोलनका क्रममा थुनिएका वीपी कोइराला हजारीबाग जेलबाट सन् १९४६ मा छुट्दा भारत स्वाधीन हुने कुरा पक्कापक्की जस्तै भइसकेको थियो । त्यसपछि वीपी कोइरालाले नेपाली राजनितिमा प्रत्यक्ष हामफाल्नु भएको थियो ।भारती स्वतन्त्रता सङ्ग्राममा संलग्न युवाहरुलाई जम्मा पारेर एउटा नयाँ राजनितिक सगंठन खोल्नुपर्छ भनि भारतीर्य सर्चलाइट’ पत्रिकामा विज्ञप्ती प्रकाशित गरे ।सो आवाहन पछि सम्मेलन गरेर वीपी कोइरालालाई कार्यकारी अध्यक्ष बन्नुभयो भन्ने राणाविरुद्ध जेलमा बसीरहेका टंक प्रसाद आचार्य नेपाली राष्ट्रिय कांग्रेसको प्रथम अध्यक्ष बनाइनु भयो । नवगठित पार्टीको नेता एवं सिद्धान्तकारकका रुपमा कोइराला छिट्टै नै प्रतिष्ठित हुनुभयो ।
प्रजातान्त्रिक समाजवाद को नेपाली जनमानस र माटोमा प्रयोग गर्ने व्यक्ति वीपी कोइराला हुनुहुनछ । वीपी कोइरालाले प्रजातान्त्रिक समाजवादलाई आफ्नो ढङ्कले व्याख्या गर्दै प्रयोग गर्ने प्रयत्न गरेका थिए । सो विचारको प्रतिनिध्त्वि नेपाली कांग्रेसले गर्दै आएको छ। प्रजातान्त्रिक समाजवादको धारणा के रहेको छ भने समाजवाद ऐतिहासिक विकासको स्वभाविक उपज होइन । यो एउटा नैतिक आर्दश हो जुन समाजका सबैलाई आवश्यक हन्छ । यसले वर्ग सङ्घर्ष समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वलाई अस्वीकार गर्छ । समाजवाद क्रान्तिबाट होइन प्रजातान्त्रिक बाटोबाट आउँछ । त्यतिमात्र होइन समाजवाद चुनावी प्रतिष्पर्धा र संसदीय बाटोबाट मात्र आउछ । समाजवादी , पूजीवादी राज्य र पूजीवादी सरकारको मातहतमा विशेष गरी सामाजिक शैक्षिक, सांस्कृतिक, सामाजिक सुधारका कदमहरुबाट आउछ ।समाजवाद प्रजातन्त्रका रुपमा पुजिपति वर्ग लगायतका सबै वर्ग र तप्काहरुको समन्वय र शान्तिपूर्ण एकताका रुपमा अस्तित्व मा रहन्छ ।
त्यसैले समाजवादले पुजीवादी समाजको जगलाई बलियो बनाउने होइन की पुजीवादलाई पनि समाज सापेक्ष बनाएर समाज हितमा लाग्ने वातावरण तयार गर्दछ । साम्यवादीहरु यसलाई माक्र्सको विचारधारको विरुद्धमा अस्तित्वमा आएको सिद्धान्त मान्ने गर्दछन् ।यो कुनै सिद्धान्तको विरुद्धमा आएको होइन् बरु यो त समाजका विपन्न रोजी रोटीको समस्या भएका वर्गलाई पूजीपतिहरुबाट उठाईएको करबाट उचित जीवनस्तर निर्वाह गर्ने वातावरण तयार गर्न आएको सिद्धान्त हो ।
प्रजातान्त्रिक समाजवादको सन्दर्भमा बीपी कोइराला भन्नुहुन्छ “नेपालको राजनितिक परिपेक्षमा प्रजातन्त्र ल्याउनु समाजवादीको ठूलो कर्तव्य हो । प्रजातन्त्रवादी भनेपछि हामीहरुले त सबै प्रकारको छुट पाउँछौ –पाउँछौ ।”तर राजनितिक समानताको दृष्टिकोणले हाम्रा विरोधीहरुले पनि छुट पाउनु पर्छ । एउटा महत्वपूर्ण कुरा के छ भने म तिनीहरुलाई मान्दिन तर यिनीहरुको पनि आफ्नो कुरा सुनाउन भन्न पाउनु पर्छ । त्यसको रक्षाका लागि आफ्नो ज्यान गुमाउन पनि तयार छु भन्ने भावना प्रजातन्त्रवादीले राख्नु पर्छ । तर पनि समाजवाद ल्याउन निकै कठिन काम गर्न सक्नुपर्छ । यो प्राप्त गर्न सर्वप्रथम लोकतन्त्र संस्थागत हुनुपर्छ । दोस्रो कुरा कमजोर आर्थिक अवस्था भएकाहरुका लागि अल्पकालिन तथा दीर्घकालिन योजना बनाएर त्यसलाई कार्यान्वयन गर्दै समाजमा व्यापक परिवर्तन गर्नुपर्छ ।
समाजवाद भावना र कल्पनाबाट मात्र आउँदैन । नेतृत्व वर्गमा बलियो ईच्छाशक्ति पनि हुनुपर्छ । माक्र्स , लेनिन र माओको साम्यवाद आज कागजमा मात्र सिमित हुन पुगेको छ । साम्यवादी मुलुकहरु घट्दै गएका छन् । तत्कालीन सोभियत रुसको साम्यवादी शासन प्रणाली समाप्त भयो । बलपूर्वक गासिएका राज्यहरु अलग– अलग भै सकेका छन् । अब कहिकतै साम्यवादी मुलुकको नयाँ सिर्जना होला भन्ने कुरामा शङका नै छ ।
तथर्स आधुनिक विश्व निर्माणको सम्पूर्ण जिम्मेवारी प्रजातान्त्रिक समाजवादको नै हो । यसैबाट सबैको भलाई सम्भव हुन्छ । कोइरालाको विचारमा काङ्ग्रेसले प्रजातन्त्रको अभावमा समाजवादको सार्थकता हुदैन भन्ने कुरालाई पनि बुझेको छ । लेनिनले माक्र्सवादको आधारमा कम्युनिष्ट पार्टीको एकदलीय सर्वसत्तावादलाई वैज्ञानिक समाजवाद भन्दछन् ।
यो कुरालाई नेपाली काङग्रेस स्वीकार गर्ने पक्षमा छैन । यसले त न्याय ,समानता,प्राकृतिक सन्तुलन सबै किसिमका स्वतन्त्रताका विरुद्ध हुने शोषण र अन्यायका विरुद्ध निरन्तर अभियानका रुपमा समाजवादलाई लिएको छ । कोइराला भन्नुहुन्छ साम्यवादमा प्रजातन्त्र थपिदीयो भने समाजवाद बन्दछ, समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्दछ । कोइरालाको विचार नै नेपाली काङग्रेसको समाजवादी विचार हो । नेपाली काङग्रेसले समाजवादलाई समानताको रुपमा लिएको छ । समाजमा विद्यमान विभेद, तल्लो र माथिल्लो जातिका आधारमा गरिने भेदभाव, सानो वा ठूलो भन्ने जुन प्रवृत्ति छ त्यसलाई कम गर्दै लैजाने र समतामूलक समाज निर्माण गर्नु नै समाजवाद हो । समाजवादमा व्यक्तिगत स्वतन्त्रता पनि मुखरित हुन्छ । वास्तवमा व्यक्तिगत स्वतन्त्रता सबैभन्दा ठूलो कुरा हो।
यही स्वतन्त्रताबाट व्यक्तिले सर्वाधिक कल्याण र सुरक्षाको अनुभूत गर्दछ । विश्वेश्वरप्रसाद कोइरालाले समाजवादको परिभाषा दिदै भन्दछन् “हाम्रो मुलक गरीब छ, हाम्रो मुलुक किसानहरुको मुलुक हो । जसले किसानहरुको हलो जोत्नेहरुको भलाई गर्दछ । जसले गाउलेलाई चिनेको छ,गाउमा बस्ने मानिसको अवस्थालाई चिनेको छ ।गाउको भलाईको जुन नीति छ, जुन कार्यक्रम छ, त्यही समाजवादी कार्यक्रम र नीति हो ।”
सन् १९८० मा स्पेनको राजधानी म्याड्रीडमा र सन् १९८१ फेबअरी अष्टे«लियाको राजधानी सिडनीमा एशिया प्यासेफिक क्षेत्रको सोसालिष्ट इन्टरनेशनल सम्मेलनमा नेपालको तर्फबाट कोइरालाको उपस्थिति थियो । सो सभामा उनले भनेका थिए समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्दछ । समाजवाद तेस्रो विश्व भनौ वा असंलग्न विश्वको स्वभाविक मित्र हो । उक्त सम्मेलनमा बीपीले समाजवादका ५ वटा अवधारणा राखेका थिए । जो यस प्रकार छन्
१) समाजवादी मानिसले प्रजातान्त्रिक विकासमा समेत सरोकार राख्नुपर्छ ।
२) विदुृृेशी सहायताले विकासको प्रक्रियालाई मद्त गर्नुको सट्टा एउटा वर्ग सिर्जना मात्र गर्दछ, जो देशको आर्थिक अवस्थिासित कुनै सम्बन्ध छैन ।
३) नेपाल जस्तो गरिब देशको विकाशका लागि पश्चिमका विकसित देशहरुले देखाएको नमुना उचित छैन ।
४) समाजवादीहरुका लागि संसारमा सर्वत्र चलिरहेको प्रजातान्त्रिक आन्दोलनका प्रति उदासिनता रहनुभन्दा बढी खतराअरु केही हुन सक्दैन ।
५¬) समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्दछ । समाजवाद तेस्रो विश्व भनौ वा असंलग्न विश्वको स्वभाविक रुप मात्र हो ।
समाजवादका यी अवधारणा बमोजिम यो पार्टीले विर्ता उन्मुलन राज्य र रजौटा उन्मुलन वनको राष्ट्रियकरण सहकारी अभियानको थालनी गरेर क्रान्तिकारी कदमहरु सञ्चालन ग¥यो र नेपाली काङग्रेसले विशेषतः निम्न चार नीति लियो
१) जमिन माथिको सामन्ती एकाधिकारको अन्त्य,
२) सहकारी खेतीको प्रोत्साहन
३) आंशिकरुपमा आर्थिक व्यवस्थाको एकीकरण एवंम उद्योगको एकीकरण
४)प्रगतिशिल कर प्रणाली अवलम्बन गर्ने
यिनै उद्ेश्य बमोजिम नेपाली काङग्रेसले २०१५ सालको आम निर्वाचन पछि विशेष गरी विर्ता र जमिदारी प्रथा उन्मुलन भूमिहीन किसानलाई जमिन वितरण मोहियानी अधिकार, राजा रजौटा उन्मुलन, वन जंगलको राष्ट्रियकरण,प्रगतिशिल कर व्यवस्थाको थालनी किसानहरुका लागि ऋणमोचन कार्यक्रम,सहकारी अन्तरगत नमुना खेतीको सुरुवात, विद्यालय स्थापना गरेर शिक्षा विकासको प्रारम्भ, प्रसाशनमा आधुनिकीकरण जस्ता काम ग¥यो । नेपाली काङग्रेसले गरेका यी कामहरुको विरोध दरबारबाट निरन्तर रुपमा भइनै रह्यो । तर पनि नेपाली काङग्रेसले कहिल्यै पनि समाजवादी नीति त्यागेन ।
आजको सन्दर्भमा
बीपीको माथिको चर्चाले उनका बारेमा मलाई घोरिन मन लाग्छ हो, वास्तवमा बीपी भनेको के हो? के यो यौटा नाम मात्र हो? अथवा विचार? कि यो यौटा सिन्द्धान्त पो हो कि? अथवा बीपी भन्नु यौटा आर्दश वा व्यवहार हो? के हो ? के हो बीपी? बीपी भनेर हामीले के बुझने ? यस्तै प्रश्नहरुमा घोरिँदा मेरा मनमा अनेक तर्क वितर्क आउँछन् र यिनै तर्क वितर्कको निष्कर्षमा मेरो मनले भन्छ ः वीपी केवल नाम मात्र होइन, वीपी भन्नु त विचार पनि हो र वास्वमा नै वीपी विचार,सिद्धान्त,आदर्श र व्यवहार यी चारै कुराको सङ्गम हो चतुर्वेणी । लोकोपकारी र सर्वहितकारी र पवित्र विचार,विचारअनुरुय सिद्धान्त, सिद्धान्तअनुरुप आदर्श र आदर्शअनुरुप व्यवहार वास्तवमा वीपी भन्नु नै यही हो । यी चार कुरामा एक कुराको मात्र पनि कमी भएको भए वीपी, वीपी हुन सम्भव थिएन । यिनै चार कुराको चतुर्वेणीले नै वीपीलाई वीपी बनाएको हो । आफूमा विद्यमान यी चार तत्व या गुण आफूमा मात्र सीमित नराखेर यी गुणलाई यौटा गृहस्थ किसानले आफ्ना आगँनमा बिस् कुन फिँजाएझै समाजमा चारैतिर फैलाउन निरन्तरको जस्तो सक्रियता उहाँले देखाउन सक्नुभयो,उहाँ समानका प्रत्येकजसो व्यक्तिको मन र मस्तिष्कमा फैलिन सक्नु त्यस्रको परिणाम हो ।
सायद यसैकारण अचेल कुनै प्रसङ्गमा उहाँको नाम लिनुपर्दा केवल वीपी मात्र भनेर हाम्रो चित्त बुझदैन । महामानव अथवा जननायक जस्ता विशेषण उहाँको नामका अगाडि जोडिन पुग्ने कारण यही हो । तर वास्तवमा नै भन्ने हो भने वीपी यी दुई अक्षर मात्रले पनि हाम्रा सामु जुन उज्जवल छवि उभिन आइपुग्छ त्यस छविका अगाडि वा पछाडि उसलाई चिनाउन कुनै विशेषणको आवश्यकता छैन । हामीले जेजस्ता विशेषण दिए पनि ती विशेषण त सूर्यको पूजा गर्दा बालिने बत्तीजस्ता मात्र हुन् ।
के थिए त वीपीका त्यस्ता विचार जसले उहाँलाई यति ख्याति दिलाए ? यस सम्बन्धमा अलिकति चर्चा गर्नु बेसै होला । उहाँका विचार बुझन संस्कृतको यौटा श्लोक याद गरे पुग्छ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग् भवेत् । यसको अर्थ स्पष्ट छ सबै सुखी होऊन् रोगव्याधा कसैलाई नलागोस् (लागिहालेमा पनि समयमै राम्रो उपचार सबैले पाउन सकून)। सबैले रामैराम्रो देख्न सुन्न पाऊन् र जनतामा कसैले पनि कुनै प्रकारको पनि दुःख,कष्ट र पीडा भोगेर सहेर बस्नु नपरोस् । बस् वीपीले आफ्नो जीवनभर अँगालेको विचार यही हो । यो विचार कुनै नयाँ विचार थिएन । यो यस्तो विचार थियो जो युगौँयुगदेखि हाम्रा शास्त्रहरुले हामीलाई भन्दै र सिकाउँदै आएका थिए ।
हो,यो विचार जतिसुकै पुरानो भए तापनि समाजमा आफ्नो व्यवहारबाट यस विचारको पालना गरेर देखाउने व्यक्तिहरुको भने अनिकाल नै थियो । त्यसैले यस्ता सुविचारहरु “परोपदेशे पाण्डित्यम”,् मै सीमित रहन पुगेका थिए । वीपीले यिनै र यस्तै लोककल्याणकारी विचारलाई आफ्नो मार्गदर्शक बनाएर तिनैका आलोकमा नै आफ्नो जीवनचक्र चलाउने निरन्तरको अभ्यास गर्नु भएकाले नै उहाँलाई आज सबैले आदर र सम्मानसाथ वीपी भनेर नाम लिने गरेका हुन् ।
वीपीलाई समाजवादी सिद्धान्त र आदर्शप्रति अभिप्रेरित गर्ने पनि उहाँका यिनै विचार हुन् । हो,उहाँले समाजवादको व्याख्या कहिल्यै कुनै ठूलो ग्रन्थ लेखेर गर्नुभएको छैन तापनि उहाँको आदर्शको समाजवाद के थियो भन्ने कुरा उहाँले अत्यन्तै साधारण रुपमा सानासाना उदाहरणबाट परिभाषित गर्नुभएको छ । उहाँको कल्पनाअनुसार नेपालका प्रत्येक किसान परिवारको पारिवारिक आवश्यकताका लागि यौटा चिटिक्क परेको सानो निजी घर, खेती गरेर खानका लागि अलिकति निजी जमीन,खेतीका लागि गोठमा एक हल गोरु र बच्चा बच्चीको पौष्टिक आहारका लागि एउटा दुहुनो गाई बस,यति मात्र पु¥याउन सके पनि तत्कालका लागि निकै ठूलो उपलब्धि मानिन्यो ।
त्यसमा थप उहाँ चाहनुहुन्थ्यो । कसैले पनि निरक्षर हुन् नपरोस् र उपचारका अभावमा कसैले अकालमा मर्नु नपरोस् । जुन बखत उहाँ प्रधानमन्त्री बन्नुभएको थियो, त्यस बेलाको सामाजिक स्थिति र राष्ट्रिय कोषको अवस्थालाई अध्ययन गर्दा त्यसभन्दा बढी आकाङ्क्षा के नै पो राख्न सकिन्थ्यो र? तर शोषणरहित समाज उहाँको आदर्श भएकाले समाजमा विद्यमान समाजिक शोषणका यावत् मुहान बन्द गर्नेतर्फ भने उहाँको सर्वाधिक प्राथमिकता रहेको थियो । जमिदारी उन्मुलन, विर्ता उन्मुलन र राज्य रजौटा उन्मुलनजस्ता कार्य त्यसै चिन्तनका प्रतिफल हुन् ।
वीपीका विचारहरु केलाउन लाग्दा मलाई भागवतको यौटा श्लोकले चसक्क छुने गर्छ यावत् भृयेत जठर तावत् स्वत्व हि देहिनाम् । मान्छे भोकै बाँच्न सक्दैन । त्यसैले उसले एक पेट अर्थात पेट भरी खान पाउनै पर्छ र यो उसको अधिकार हो । तर? “अधिकं योभिमनन्येत सस्तोनो दण्डमर्हति ।” यदि संग्रहका दृष्टिले कसैले यो पनि मेरो र त्यो पनि मेरो भन्न थाल्छ र अरुको भाग खोस्न पुग्छ भने त्यो त चोर नै हो र त्यसतालाई समाजले दण्ड दिनैपर्छ । वीपी ठिक यसै विचारका हुनुहुन्थ्यो ।
अरुलाई दण्ड दिने कुरामा त उहाँले गर्न सक्ने कुरै पो के आउथ्यो र? तर आफ्नो हकमा भने उहाँले जीवनभर नै यस सिद्धान्तको पालना गर्नुभयो । नौ महिना गृहमन्त्री र अठार महिना प्रधानमन्त्री हुदाँ नै उहाँले नैसर्गिक निःस्वार्थपनको परिचय दिनु भएको हो । उहाँको विचार र व्यवहारमा कुनै प्रकारको पनि स्वार्थ कहिल्यै रहेन भनेर ढुक्क्सगँ भन्न र मान्न सकिने कारण पनि यहि हो । उहाँमा सदासर्वदा देखिएको विचार अनुरुपको व्यवहार नै वीपीलाई ‘वीपी’ बनाउने महान गुण हो । आजका राजनेताहरुमा पनि कसैमा विचार र व्यवहारमा यस प्रकारको समानता देखिदो हो त सम्भवतः आजको राजनीतिमा अहिलेको जस्तो बिकृति,बिसङ्गगति, गुटउपगुट र विचारमा विचलन आउन सक्ने थिएन । भष्टाचारमा चुरलम्म डुबेको आजको राजनीतिलाई यसै परिदृश्यमा राखेर अध्ययन गर्नु आवश्यक छ ।
निष्कर्ष
वीपीको राष्टिय स्वाभिमान,प्रजातन्त्र प्रतिको प्रतिबद्धता,समाजवाद प्रतिको निष्ठाले आज पार्टीको धुकधुकी र सुनौलो इतिहासले मात्र पार्टीलाई जीवन्त राखेको छ । इतिहासले कमाइदिएको पूँजी सदाका लागि कायम रहन सक्तैन । त्यस पूँजीमा आजको पुस्ताले पनि आफ्नो लगानी थप्न सक्नुपर्छ । आम्दानीभन्दा खर्च धेरै गर्दछ भने जति धनी भए पनि भोलि त्यो गरिब हुने निश्चित छ । सधेैँ इतिहासले कमाइदिएको पूँजीको भरमा बाँच्न खोज्नुको सट्टा काङग्रेसभित्रको आजको नयाँ पुस्ताले इतिहासको त्यस सञ्चित कोशमा आफ्नो समेत लगानी थप्ने र नयाँ इतिहास निर्माण गर्ने कुरामा बेलैमा सतर्क हुनसके बेस हुनेछ । नत्र इतिहासले काङग्रेसी युवाहरुलाई पर्खेर बस्ने छैन र आफ्नो बाटो आफैँ बनाउनतिर लाग्नेछ । वीपीको विचार र व्यवहारलाई सम्झदा र त्यसै परिप्रेक्ष्यमा आजको राजनैतिक स्थितिलाई नियाल्न लाग्दा वास्तवमा नै एउटा निराशलाग्दो अवस्था देखा पर्दछ ।
न त्यो सङ्कल्प, न त्यस्तो दूरदर्शिता,न त त्यस्तो निष्कलङ्क चरित्र,उहाँको जस्तो निस्पृह र निःस्वार्थ नेतृत्व आजको राजनीतिमा कहाँ? हो, आज पनि वीपीको सिद्धान्त–राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चर्चा–परिचर्चा निकै हुने गर्छ । वीपीको सपना साकार पार्ने सङ्कल्प आमसभाहरुमा निकै दोहो¥याइन्छ । तर व्यवहारमा? आजको राजनैतिक विडम्बना यही हो । राजनैतिक नेता र कार्यकर्ताको बोली र व्यवहारमा साम्य र तादात्म्य नहुनु नैे आजको समस्या हो । यसको समाधानमा नै वीपीका विचार र आदर्शको सार्थकता निर्भर रहनेछ । आजकोे काङग्रे्रस नेतृत्वले यसतर्फ गम्भीर भएर सोच्नु आवश्यक छ ।
प्रजातान्त्रिक विचार समाज सुर्खेतका अध्यक्ष समेत रहेका लेखक कार्की अहिल त्रिभूवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र संकायमा वीपी कोइरालाको शैक्षिक चिन्तनमा सोध, खोज र अनुसन्धान गदै हुनुहुन्छ ।