
मानिस विवेकशील प्राणी हो यहि विवेक कै कारण मानव सामाजिक प्राणीमा उच्च मानिन्छ, आज विश्वमा प्रबिधि र आधुनिकताले छाएको छ . संसारमा जिवित सबै मानवहरुले मानवअधिकार वा न्यायको प्रत्याभूति पाउनु पर्छ त्यसैले गर्दा निवर्तमान समयमा मानव अधिकारको संरक्षण का लागि संयुक्त रास्ट्र संघको स्थापना भएको हो . नेपाल हरेक क्षेत्रमा भर्खरै बाम सर्न थालेको विकासोन्मुख देश हो ।हुन त नेपाल संसारको यस्तो देश हो, जो कहिल्यै पराधिन भएन । सार्वभौमिकताकायम राख्न सफल नेपाल सधैं स्वतन्त्र राष्ट्रको रुपमा रह्यो ।
यो हाम्रोनिकै उज्यालो पक्ष हो । तर अँध्यारो पक्ष के रह्यो भने विभिन्न देशकोउपनिवेशबाट स्वतन्त्र भएका राष्ट्रहरु विकासको दौडमा धेरै अगाडि बढिसक्दापनि नेपाल धेरै पछाडि छ । उनीहरु विकासशीलबाट विकसित राष्ट्रको सूचीमासूचीकृत हुने बेला बल्ल नेपाल विकासोन्मुख राष्ट्रमा छ । धेरैलाई के भ्रम छभने विकास भनेको भौतिक विकास मात्र हो । भौतिक पूर्वाधार विकासकोमहत्वपूर्ण आधार हो तर भौतिक विकास मात्र विकास होइन ।
भौतिकसँगै मानवीयविकास पनि महत्वपूर्ण पक्ष हो, जो धेरैले ध्यान दिंदैनन् । मानवीय विकासभनेको समाजका हरेक क्षेत्र सँगसँगै अघि बढ्नु हो । सबै क्षेत्रको अधिकारसुरक्षित हुँदै विकास प्रक्रियामा उनीहरु समान हिस्सेदारीका साथ अघि बढ्नेचरणमा पुग्नु मानवीय विकास हो । महिला, बालबालिका, बृद्धाबृद्धा, दलित, जनजातिलगायतका तमाम क्षेत्रको अधिकार सुरक्षित गर्दै उनीहरुको विकास प्रक्रियामा समान सहभागिता तथा विकासको प्रतिफल उपभोग पनि समानढंगले गर्नपाउनु नै विकास हो । पहिलेको तुलनामा अहिले सबै क्षेत्र अगाडि बढिरहेका तछन् तर अपेक्षित परिणाम प्राप्त हुन सकिरहेको छैन ।
बालबालिकाकोसर्वाङ्गीण विकासबिना देश विकासको परिकल्पना निरर्थक हुन्छ । आजकाबालबालिका नै भोलिको समाजको विकासको संवाहक हुने भएकाले नयाँ नेपालकोनिर्माण बालबालिकासँग हातेमालो गरेर शुभारम्भ गर्नुपर्दछ । सुन्दर, समुन्नतर सभ्य समाजको निर्माणका लागि बालअधिकारको संरक्षण र प्रवद्र्धनमा सबैकोसक्रियता अत्यन्त आवश्यक हुन्छ । भावी चुनौतीहरुको सामना गर्दै समाज रदेशलाई विकासको पथमा अगाडि बढाउन सक्ने नागरिक भनेको आजका बालबालिका नैहुन् ।
बालबालिकाको क्षेत्रपनि त्यस्तै एउटा महत्वपूर्ण क्षेत्र हो, जुन क्षेत्रको अधिकार संरक्षण रसहभागिताबिना विकास प्रक्रिया अघि बढ्न सक्दैनन् ।सबै क्षेत्रका बारेमा हामी छिपछिपेरुपमा त चर्चा गरिरहेका हुन्छौं तरगहनरुपमा भने निश्चित सन्दर्भमा मात्र चर्चा गर्ने गरिन्छ । त्यस्तै चर्चागर्ने दिनको रुपमा विभिन्न दिवसहरु पनि मनाउने गरिन्छ ।
हरेक वर्षको भदौ २९ गते यो दिवस मनाउने गरिन्छ । २०२१ सालदेखि भदौ ४ गते यो दिवस मनाउने गरिएको थियो । तर २०६२÷०६३ को जनआन्दोलनले ल्याएकोपरिवर्तनसँगै २०६३ सालदेखि भदौ २९ गते यो दिवस मनाउने गरिन्छ । देशको बदलिदो राजनैतिक परिवर्तन संगै स्थापित भएको नयाँ संबिधान पश्चात यो वर्ष “सम्बर्धन बालअधिकारको, कार्यन्वयन संविधानको” भन्ने मूल नाराका साथ यो दिवस मनाइँदैछ ।
महत्वपूर्णसन्देश दिने हेतुले नारा तय गरिएको हुन्छ । यसपटकको बालदिवसको नारालेदुईवटा पक्ष उजागर गर्न खोजेको छ । एकातिर बालअधिकारको संरक्षण र अर्को तिर नयाँ संबिधानको कार्यन्वयन र दिगो शान्ति स्थापना र राज्यको पुनर्संरचना भन्ने बाक्यांशबाट बाल संरक्षणको मुद्दालाईकानुनि तवरले शसक्त रुपमा उठाउन खोजेको देखिन्छ । अहिलेको नेपालको सन्दर्भमा यी दुबैक्षेत्र महत्वपूर्ण छन्, त्यसमा पनि संबिधान कार्यन्वयन को क्षेत्र निकै महत्वपूर्णरसंवेदनशीलछ ।बालअधिकार सबैको सरोकार हो भन्ने सवालमा कसैको दुईमत छैन ।
बाल अधिकारका बारेमा सबै सुसूचित र क्रियाशील हुन सकेको खण्डमा मात्र यसकोसंरक्षण र सम्बद्र्धन ठिक ढंगले हुन सक्दछ । देशको बिद्यमान संक्रमणकालीनअबस्थामा त यसको महत्व अझ बढेको छ । जस्तोसुकै कठिन परिस्थितिमा पनिबालबालिकाका आधारभूत अधिकारहरुको उल्लङ्घन हुनु हुँदैन र यसको सुनिश्चितता राज्यद्वारा गरिनुपर्दछ ।
हामी बालबालिकाको अधिकारको कुरा गर्दा संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धि–१९८९ सम्झन्छौं । यसले बालबालिकाको बाँच्न पाउनेदेखि संरक्षण र सहभागिता पाउने अधिकारहरु सुनिश्चित गरेको छ । सन १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघमा बाल अधिकार महासन्धि पारित भईसकेपछि १९९० सेप्टेम्वर १४ मा नेपाल सरकारलेउक्त महासन्धिलाई अनुमोदन गरी महासन्धिमा उल्लेखित कुराहरू कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जाहेर गरिसकेको छ। उक्त महासन्धि पारित भएको पनितिन दशक पुग्न लागेको छ। बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, विकास र बालसहभागिता गरी मुख्य ४ समूहमा बालअधिकार महासन्धिले उल्लेखगरेको छ। यी चारै कुरा बालबालिकाको जीवन तथा सर्वोत्तम हितसँग प्रत्यक्षजोडिएको छ।
महासन्धिले ० देखि १८ बर्ष उमेरका सबै मानवलाई बालबालिका मानेकोछ। बालअधिकार भित्रको एउटा मुख्य पाटो बालसहभागिता हो। कुनै पनिक्रियाकलापमा शारीरिक रूपमा संलग्न हुनुलाई मात्र सहभागिता नभनीबालबालिकाहरूका मनमा उठेका विचार भावनाको कदर गरी त्यसको सुनुवाई हुनुबालसहभागिता हो।
बालबालिकाको जीवनमा प्रभाव पार्ने जुनसुकै कुराको निर्णयप्रक्रियामा उनीहरूले आफ्नो विचार, भावना, अभिब्यक्ति स्पष्टसँग राख्नपाउनु जस्तै घरमा अभिभावकहरूले गर्ने छलफल, विद्यालयमा शिक्षक शिक्षिकालेपढाउँदा वा कुनै गतिविधि सञ्चालन गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमाउनीहरूको सवालमा बालबालिकाले आफ्नो विचार, राय वा निर्णय राख्न र सोसम्बन्धी कुनै पनि कुराको सूचना तथा शिक्षा, संचार गर्न पाउनु, राख्न पाउनुआदि कुरा नैबालसहभागिताको अधिकार भित्र पर्दछन्।
त्यसैले बालबालिकाकोसर्बोत्तम हितका विषयहरूबालसहभागितालाई परिवार, समूह, विद्यालय, समुदाय, क्षेत्रीय, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मयसको आवश्यकताअपरिहार्य र महत्त्वपूर्णछ
बालसहभागिता अझ विस्तृत बनाउन र आफ्नो अधिकारको विषयमा उनीहरू स्वयम् सचेतहुनको लागि समूहमा भेला हुन, आफ्नो ईच्छाले स्वतन्त्र रूपले भाग लिन, आवद्धहुन, आफ्नो कुरा स्वतन्त्र पूर्वक प्रष्टसँग राख्न, सक्रीय रूपमा भागलिनु, दवाव विना भाग लिन र भेदभाव नराखी आफ्नो कुरा भन्न पाउनु, खेलकुद, नाटक र बिभिन्न रचनात्मक तथा प्रतियोगितात्मक कार्यक्रममा भाग लिने, आफैलेकार्यक्रम सञ्चालन गर्ने, अरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दिने, नीति निर्माण र योजना तर्जुमा गर्दा वा साझेदारीपूर्ण संलग्नता हुनु नैवास्तवमा बालसहभागिता हो।
बालअधिकारको विषयमा आफुमा सूसुचित हुँदै समुदाय र आफ्ना साथीहरू तथाअभिभावकहरूलाई समेत जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले बालअधिकार महासन्धिपारित भए लगत्तैदेखि स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म बालबालिका बालक्लव, बालअधिकार मञ्च, बाल समूह गठन गरी संगठित हुन थालेका छन्। यो पनिबालसहभागिताको महत्त्वपूर्ण अधिकार हो। यसले बालसहभागिता अभिबृद्धि गरेकोछ। बालबालिकाको विषय आज सबैको सरोकारकोविषय बन्नु, बालबालिका प्रति संवेदनशील हुनु उनीहरूको अधिकारलाई स्थापितगराउन पनि बाल सहभागिताले महत्त्वपूर्ण भूमिका खेलेकोले स्थानीय स्तरदेखिराष्ट्रिय स्तरसम्म हरेक कार्य गर्दा बालबालिकासँग छलफल र परामर्शबाट गर्नसकेमा समृद्धि नेपाल निर्माणमा बालबालिकाले हाम्रो पनि योगदान छ भनी गर्भगर्न सक्नेछन् तसर्थ बालबालिकासँग जोडिएका हरेक विषयको निर्णय लिदा परिवारसमुदाय र राज्यले अर्थपूर्ण बालसहभागिता गराउन जरुरी छ।
नेपालमा रहेको व्याप्त सामाजिक अन्धविश्वास र संरचनागत हिंसाले बाल संरक्षणको क्षेत्र सबैभन्दा बढी चुनौतीपूर्ण छ । हरेक क्षेत्रमा बालबालिका असुरक्षित छन् वा भनौंआवश्यक संरक्षणको अभावमा छन् । घरपरिवारदेखि विद्यालय हुँदै हरेक क्षेत्रमाबालबालिकाको संवेदनशीलतालाई बुझेर उनीहरुको संरक्षणमा ध्यान दिनेभन्दा पनिअन्य उमेर समूहबाट उनीहरुमाथि निर्देशन लाद्ने काम भइरहेको छ । अझै पनिबालबालिका जोखिमपूर्ण काममा लगान बाध्य छन् ।
होटल, गाडी, सर्कसजस्ताजोखिमपूर्ण काममा बालबालिकालाई प्रयोग गरिएको छ, जहाँ उनीहरु कठिन कामकासाथै दुब्र्यवहार भोग्न बाध्य छन् । कतिपय सन्दर्भमा बालबालिकालाई नजाँनिदोतरीकाले पनि दुब्र्यवहार भइरहेको हुन्छ । घर परिवारदेखि दोस्रो घरको रुपमाविद्यालय र अन्य क्षेत्रमा बालबालिकाको उचित संरक्षणका लागि राज्यलगायतसबै पक्ष गम्भीर हुन आवश्यक छ । अहिले सबै क्षेत्रमा बालसहभागिताको आवाजउठिरहेको छ ।
त्यसका लागि हरेक क्षेत्रलाई बालमैत्री बनाउनुपर्छ ।बालमैत्री बनाउने भनेको बालबालिकाको सहभागिता मात्र होइन, उनीहरुका बाँच्नपाउने, संरक्षण पाउनेलगायत सबै अधिकार सुनिश्चत गर्नु हो । नेपालमा जोखिममारहेका बालबालिकालाई त्यसबाट मुक्त गर्दै सबै बालबालिकाको संरक्षणका लागिराज्यलगायत सबै क्षेत्रलाई गम्भीर बनाउन सकियो भने बाल दिवसको सान्दर्भिकतापुष्टि हुनेछ ।
यस बर्षको राष्ट्रीय बाल दिवस नयाँ संविधानको कार्यन्वयन संगै फेरिन लागेको राज्यको पुनर्संरचना बाट स्थापित हुन जाने हरेक संघिय राज्य र यिनीहरुसंग आबद्ध सथानीय निकायहरुमा बालबालिकाको अर्थपूर्ण सहभागिताका लागि एक कोशेढुंगा र ऐतिहासिक बन्न सकोस र राज्यका हरेक निकायमा बालमैत्री सुशासनको अभियानको दिवस बन्न सकोस् भन्ने बालबालिकाहरुको आबाज रहेको छ ।
त्यसैले बालअधिकार संरक्षण रसम्बद्र्धनका लागि साथै नयाँ संविधानको प्रभावकारी कार्यन्वयनका लागि रास्ट्रीय बाल दिवस २०७३ लाइ सार्थक बनाउनगाउँगाउँ र बस्तीबस्तीबाट सकारात्मक सोचका साथ रास्ट्रिय एकता र समृध्धि संगै बालबालिकाको सर्बोत्तम हितलाइ शिरोधार्य गरी हातेमालो गर्दै अगाडी बढ्न जरुरि छ . तसर्थ यदि साँचै बालबालिकाहरूलाई भविष्यका कर्णधारबनाउने हो तथा बाल दिवसलाई सार्थक बनाउने हो भने घरघरमा बालअधिकारको चर्चा हुनु आवश्यक छ साथै बनेका कानुनलाई प्रभावकारीरूपमा लागूगर्न आवश्यक देखिन्छ र बाल अधिकार सबैको सरोकारको विषय बन्नु नितान्तआवश्यक छ। नत्र बाल अधिकार दिवस आइरहन्छ गइरहन्छ बालबालिकाहरूको समस्याजहाँको त्यहीं रहिरहन्छ।
“रास्ट्रिय बाल दिवस २०७३ को पावन उपलक्ष्यमा सम्प्रुण बालबालिकाको सर्बोत्तम हित, जोखिममा रहेका र जोखिममा पर्ने सम्भावनामा रहेका सबै बालबालिकाको संरक्षण सहितको सुरक्षित भविस्य र अधिकारको सुनिश्चितता नयाँ संबिधानले गरोस भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु .”
जय बालबालिका…………………
लेखक शाही सि. काउन्सलर पदमा एसोएस बालग्राम सुर्खेतमा कार्यरत हुनुहुन्छ ।