पानी औषधीको खानी

परिचय
हामीले पानीलाई साधारण यौगिकको रुपमा मात्र लिइदै आएका छौं तर यसको चिकित्सकिय चमत्कारिक गुणको बारेमा अनभिज्ञ छौं । सबैलाई विदितै भएको कुरा हो, मान्छे खानाविना केहि दिन बाँच्न सक्छ तर पानी बिना १–२ दिन भन्दा बढी बाँच्न सक्दैन किनकी वायूपछिको महत्वपूर्ण यौगिक पानी हो । पानी बिना कुनै शारिरीक असर शरिरलाई शीघ्र फाइदा दिने प्राकृतिक चिकित्सा पद्धति हो ।
पानीलाई बुझ्न Water को पूरा रुपलाई जानौं

W = Work to keep muscles and skin toned

A = Assists in weight loss

T = Transports oxygen and nutrients to cells

E = Eliminated toxins and wastes for the body

R = Regulate body temperature
शरिरलाई शुद्धिकरण गर्न जलको प्रयोग गरिन्छ । यसको अभावमा हाम्रो शरीरमा अनावश्यक वस्तुहरु जम्मा भई हामीलाई विविध प्रकारका असाध्य रोगहरु लाग्दछन् । शरीरलाई स्वस्थ र उर्जावान बनाइराख्न शरिरमा पानीको मात्रामा सन्तुलन बनाइराख्नु पर्दछ । पानीले हाम्रो शरीरमा महत्वपूर्ण ३ वटा कार्यहरु गर्दछ ।
पृथ्वीमा भएका अनावश्यक तत्वहरुलाई घोलेर शरीरमा ल्याउँछ , गतिशिलताको गुणको कारणले यी सबै पदार्थलाई शरिरका हरेक अंगहरुमा पु¥याई यिनीहरुलाई पोषित गर्दछ र विभिन्न प्रक्रियाद्धारा शरिरमा जम्मा भएका दूषित पदार्थहरुलाई घोलेर बाहिर निकाल्छ । जल चिकित्सा यसै सिद्धान्तमा आधारित छ । जीवनको उत्पत्ति पानीबाटै भएको भन्ने यथार्थ सबैलाई नै छ । शरिरको सम्पूर्ण भागको लगभग 70-75% भाग जलले नै ढाकेको छ । हाम्रो शरिरमा रगतमा 92% ,  हड्डीमा 80% ,  मांशपेशीमा 75%, मृगौलामा 83%, कलेजोमा 70%, मस्तिष्कमा 80%, पानी पाइन्छ । हामीले दैनिक सेवन गर्ने पदार्थहरु तरकारी र फलफूलमा 90%,  दुधमा 80%,  माछामा 80%, मासुमा 65%,  अण्डामा 45%,  रोटीमा 40%, पानी पाइन्छ ।
जलचिकित्सा
Hydrotherapy वा Hydropathy एउटा चिकित्सा पद्धति हो जसमा पानीको प्रयोगले विभिन्न रोगहरुको उपचार गरिन्छ । पानीको तापक्रम, चाप र अन्य गुणहरुले रक्त सञ्चार प्रक्रिया सहज गरी विभिन्न रोगहरुको उपचार गरिन्छ ।
विभिन्न Hydrotherapy पद्धतिहरु
Water jets, Underwater massage, mineral bath, Iodine- Grine therapy, Kneipp treatments, swiss shower, Whirlpool bath, hot roan bath, hot tub, cold plunge and mineral bath, आदि ।
इतिहास
परापूर्वकालमा Hydrotherapy का विभिन्न रुपहरुको बारे इजिप्ट, पर्सियन, ग्रीक र रोम सभ्यताको विकासबारे उल्लेख गरेको पाइन्छ ।Hippocrates ले विभिन्न रोगहरुको उपचारको निम्ति झरनाको पानीको प्रयोग गर्दथे ।
चाइना, जापान र रोमन देशमा परापूर्वकालदेखि नै तातो झरनामा गएर नुहाएमा विविध रोगहरु नाश हुन्छन् भन्ने मान्यता छ । उन्नाइसौं शताब्दिमा जलचिकित्साको वैज्ञानिक प्रयोग १८२९ मा Vincenz Priessnitz बाट गरेको पाइन्छ । यसलाई निरन्तरता बामरियन प्रिस्ट र साबस्टियन निपले दिएका थिए । निप (Kneipp) ले जलचिकित्साको व्यवहारिक र व्यवस्थित प्रयोग गरेर Medical Treatment  मा जलचिकित्सालाई समावेश गरेर चिकित्सकलाई यसको जानकारी गरेका थिए । Kneipps द्धारा लिखित “My Water cure” भन्ने पुस्तक १८८६ मा प्रकाशित भई विभिन्न भाषामा धेरै पटक पुनप्रकाशित भएको थियो । जापानमा जल चिकित्साको लोकप्रियता धेरै नै रहेको थियो । जापानमा जलचिकित्साको लोकप्रियता धेरै नै रहेको छ । जापानमा चिकित्साहरु उच्च रक्तचाप, एनिमिया, मधुमेह, क्यान्सर, अनियमित मासिक स्राव, टाउको दुखाइ, मोयपा, बेहोशी, बाथ, दम, खोकी र पिसाब सम्बन्धि रोगहरुको लागि पानीको उपयोग गर्दछन् ।
Mechanism of hydrotherapy in body शरिरमा चिकित्साकिय कार्य
पानीले शरिरमा उत्पन्न हुने सबै रसयूक्त पदार्थलाई तरलता प्रदान गर्दछ । पानी पाचन प्रक्रियामा सहायक हुन्छ । पानीकै कारणले हाम्रो तरलता तापक्रम सामान्य रहन्छ । शरिरमा रगतलाई उचित मात्रामा तरल बनाएर राख्दछ । पानीको कमिले रगत गाढा हुन्छ र विविध समस्याहरु श्रृजित हुन्छन् । शरीरमा जम्मा भएका विषाक्त पदार्थहरुलाई शरिरबाट बाहिर निकाल्ने कम पानीले नै गर्दछ । यदि शरिरमा पानीको कमि भएमा शरिरका कोषहरुले पोषण तत्व प्राप्त गर्न सक्दैनन् र हानिकारक वस्तुहरुको सञ्चय शरिरमा हुनपुग्दछ र बिस्तारै कोषहरु मर्न थाल्छन् ।
शरिरमा सबै अंगहरुलाई आफ्नो कार्यनिर्वाह रुपमा अगाडि बढाउन पानकिो आवश्यकता पर्दछ । अन्य अंगहरुमध्ये अझ बढी मस्तिष्कलाई हरेक क्षण कार्य गरिरहने हुनालेपानीले निरन्तर सिञ्चित भइरहनुपर्दछ । जब हामीले पर्याप्त पानी पिउँदैनौ वा कुनै दिन निरन्तर पानी नपिएर निरन्तर 6-7 घण्टा काम गछौं, त्यस अवस्थामा हाम्रो शरिरभित्र अंगहरुले शुख्खापनको अनुभव गर्छन् र व्याकुल बन्न थाल्छन् । शरिरभित्र तत्काल पानीको अभावसँग कसरी सामना गर्ने भनने कुराको उचित गहृकार्य हुन्छ , जब शरिरभित्र पानीको अभाव हुन्छ, शरिरले मस्तिष्कलको कार्य नरोकियोस् भनेर अन्य अंगहरुको कार्यलाई सुस्त बनाएर सम्पूर्ण पानी मस्तिष्कलाई पठाउँछ ।
श्वासप्रश्वास प्रक्रियामा सबैभन्दा बढी पानीको खपत भई मस्तिष्कमा पानीको अभाव हुनेहुनाले शरिरको Histamines भन्ने रसायन अत्याधिक निष्कासन गर्दछ र Histamine ले श्वासनलिलाई साँघुरो बनाइ फोक्सोमा अक्सिजनको मात्रालाई घटाइदिन्छ फलस्वरुप श्वासप्रश्वासहरु सम्पूर्ण शरिरमा घट्दछ र सास फेर्न केही असजिलो हुन्छ , यसको मतलब शरीरले मष्तिष्कलाई बचाउनको लागि सक्दो प्रयास गर्छ । यसको सजिलो उपचार भनेको पानीको सेवन गर्ने तर हामीलाई थाहा नभएर सास फेर्न गाह्रो भयो भने Antihistamines हरु सेवन गर्छौ, तत्काल सास फेर्न सजिलो त हुन्छ तर यसले गर्दा मष्तिष्कमा अनेकौं समस्याहरु देखिन थाल्छन् ।
पानीको सेवन गर्ने सहि मात्रा र समय
उठ्नेबित्तिकै बिहानै हात मुख नधोएरै लगभग 1.50 लिटर वा  5-6 गिलास पानी सेवन गर्ने यसलाई उषा पान चिकित्सा भनिन्छ । यसरी 1.50 लिटर पानी पिउनुभन्दा 1 घण्टा अगाडि या १ घण्टा पछाडि केही पनि खानुहुदैन । ख्याल गर्नुपर्ने कुरो पानी शुद्ध र किटाणुरहित हुनुपर्दछ । ज्ञ।छण् पानी एकैपटक पिउन गाह्रो भएमा शुरुमा ४ गिलास पिउने त्यसको केही समयपछि २ गिलास पिउने वा १ घण्टाको अवधिभित्र जसरी सकिन्छ त्यही तरिकाले पिउनुपर्दछ ।
यो विधिलाई दिनमा ३ पटक अपनाउनुपर्छ, बिहान, दिउँसो र राती खाना खाएको १ घण्टापछि । यो विधिलाई निरन्तर अपनाउँदा निम्न रोगहरु निम्न दिनमा ठिक हुन्छन् ।
कब्जियत (Constipation)      – दिनमा
एसिडिटि (Acidity )              – 2 दिनमा
मधुमेह (Diabetes)            – 7 दिनमा
उच्च रक्तचाप (Hypertension) – 4 हप्तामा
निमोनिया र पल्मोनरी टि.बि. – 3 महिनामा
क्यान्सर (Cancer)             – 4 हप्तामा
वाथरोगमा (मन तातो पानी)- 1 ½ हप्तामा
डाक्टरले आफ्नो प्रस्क्रिप्सनमा औषधिको मात्रा खाने Doze र विधि लेखिसकेपछि निम्न मात्रामा पानी पिउनु भने लेख्नछे तर यो कुरालाई हामीले खासै ख्याल गर्दैनौ, वास्तवमा चिकित्सकले पनि यो कुरालाई त्यति ध्यान दिएको पाइदैन, किनकी यहाँ धेरै कुरा जोडिएको छ ।प्रकृतिमा पानी निशुल्क पाइने रसायन हो । पैसा नपर्ने भएकाले नत यसलाई बिरामीले ख्याल गर्छन न चिकित्सकले, हामीले वास्तवमा ख्याल गर्नुपर्छ हरेक औषधिको Pill सँगै पानी सेवन गर्नुपर्छ, त्यहाँ पानी र औषधि मिलेर रोगलाई ठिक गरिरहेका हुन्छन् ।
पानीको निदानात्मक प्रविधिलाई ध्यानमा राखी पानीको तापक्रमलाई निम्न श्रेणीमा वर्गिकरण गर्न सकिन्छ ।
अत्याधिक गरम पानी थोरै समयका लागि स्नान गरिएमा शरिरको तापक्रमलाई क मगर्दछ । अनुहारको क्रियाशिलतालाई पनि कम गर्दछ । यसले स्नायु प्रणालीमा स्फूर्ति ल्याउँछ । हृदयगतिलाई तेज बनाउँछ, माँशपेशीलाई खुम्च्याउँछ , रक्तनलिलाई केही समय खुम्च्याउँछ र श्वास क्रियालाई उत्तेजित पार्दछ ।
गरम पानीले धेरै समय लगाएर स्नान गर्नाले शरीरको तापक्रममा वृद्धि गर्दछ, छालालाई सक्रिय बनाउँछ, रक्तचापलाई क मगर्दछ, स्नायू प्रणालीमा हल्का शिथिलता ल्याउँछ, हृदयको गतिलाई तेज बनाउँछ, पोषणशक्तिलाई उत्तेजित पार्दछ, श्वास क्रियालाई बढाउने वा घटाउने गर्दछ ।
चिसो पानीले कमसमयसम्म स्नान गर्दा शरीरमा तापमान बढाउँछ, छालालाई सक्रिय पार्दछ, रक्तचाप बढाउँछ, स्नायु प्रणालीलाई उत्तेजित पार्दछ, हृदयको गतिलाई सुस्त एवम् मजबुत बनाउँछ, माँसपेशीलाई उत्तेजित पार्दछ, रक्तकोषलाई फैलाउँछ, पोषण तत्वको शक्तिलाई उत्तेजित गर्दछ ।
चिसो पानीले धेरै समयलगाएर स्नान गर्नाले शरिरको तापक्रम घटाउँछ, छालाको क्रियाकलापलाई कम गर्छ, रक्तचाप घटाउँछ, स्नायु तन्त्रलाई अतिकति प्रभावित गर्दछ , हृदयको गतिलाई क मगर्दछ , मांशपेशीलाई संकुचित पार्दछ, पोषण शक्तिलाई शिथिल पार्दछ, श्वास क्रियालाई हल्का कम गर्दछ ।
जल चिकित्साको समयमा ध्यान दिनुपर्ने कुरा
जलको प्रयोग सिमाभन्दा बाहिर जानदिनुहँदैन । यसको लागि शुरुमा प्रयोग हल्का र छोटो समयको लागि गर्नुपर्छ । पानीले केही समय शरिरमा प्रतिक्रिया गर्ने हुनाले कुनै प्रकारको व्यायाम अथवा छिटो हिड्ने कार्य गर्नुपर्दछ । यदि रोगी व्यक्ति छ र व्यायाम गर्न सक्दैन भने उसले कम्बल आदि ओढेर आराम गर्नुपर्छ , यो क्रिया शरिर पहिलेको तापक्रममा नआउँदा सम्म गरिनुपर्दछ । यसरी स्नान गर्दा नाडिको गति अनियमित भयो, शरीरको तापक्रम बढ्न थाल्यो भने नुहाउने काम बन्द गर्नुपर्छ । चिसो पानीले नुहाएको २ घण्टापछि मात्र भोजन गर्नुपर्छ अथवा खाना र स्नानको अन्तर २ घण्टा हुनुपर्छ । बाँकी अर्को अंकमा … (लेखक बिष्ट हेल्थ एण्ड वेलनेस कोच हुनुहुन्छ ) 

 

 

प्रकाशित मितिः ११ श्रावण २०७४, बुधबार ०४:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *