परिचय
माटो चिकित्सा सरल र प्रभावकारी चिकित्सा पद्धती हो । पञ्चतत्व मध्ये पृथ्वी तत्व अत्यन्त महत्वपूर्ण तत्व मानिन्छ । यसै तत्वबाट मानवको उत्पत्ति भएको भन्ने कुरा मानव विकास सम्बन्धी धारणाहरुमा उल्लेख गरेको पाइन्छ । जीवहरुलाई पोषणतत्व प्रदान गर्नको लागि माटोमा आश्चर्यजनक क्षमता हुन्छ । माटोबाटै विभिन्न वनस्पतिहरुले पोषण लिएर हामीलाई पोषित गरिरहेका छन् । मावनजीवन पूर्णतया पोषण लिएर हामीलाई पोषित गरिरहेका छन् । मानवजीवन पूर्णतया पृथ्वी तत्वमा नै निर्भर रहेको छ । माटोमा भएका अनेक रसायतिक तथा खनिज तत्वहरुले माटो चिकित्सामा शरीरलाई सफाई गरी विषमारकको काम पनि गर्दछ । हामीले हाम्रो पुरानो परम्परालाई सम्झिने हो भने धर्तीमा सुत्ने, नाङ्गा खुट्टाहरुले धर्तीमा हिँड्ने, माटोले नै हात खुट्टाहरु सफा गर्ने, कपडाको सफाई गर्ने घरमा भित्ता तथा जमिन माटोले पोत्ने आदि कार्यहरु गर्थेयौं । माटोमा प्रशस्त भौतिक, रसायतिक र चिकित्साकीय गुणहरु भएकोले स्वस्थ तथा अस्वस्थ दुवै अवस्थामा यसको उपयोग गर्दछौं । चिकित्साको रुपमा यसलाई प्रयोग गर्दा, अमुल्य औषधी भन्दा पनि बढि यसको फाइदा प्राप्त हुन्छ ।
इतिहाँस
जर्मनीका इमानुयल फेल्क (Emanuel Felke) ले सर्वप्रथम माटोलाई आफ्नो चिकित्सा पद्धतीमा समावेश गरे र विभिन्न रोगीहरुको उपचार माटोबाटै गरे र यस पद्धितीलाई Clay Pastor को नाम दिए । जर्मनीकै एडोल्फ जस्ट (Adolf Just) भन्ने प्रसिद्ध प्राकृतिक चिकित्सकले यदि नाङ्गो जमिनमा सुत्ने हो र यसैमा बस्ने हो भने थुप्रै शारिरीक रोगहरु निको हुन्छन् भन्ने कुरा पत्ता लगाए । १७ औं देखि १९ औं शताब्दिको समयमा युरोपभरि माटो चिकित्सा व्यापक भएको पाइन्छ । युरोपमा अहिलेपनि जटिल रोगहरु ठीक गर्नको लागि खनिजयुक्त माटोलाई पानीमा मिसायर Mudpack बनाई विभिन्न तापक्रम प्रदान गरी शरिरका विभिन्न भागहरुमा लगाइन्छ । माटो स्नान अमेरिकाको California र Florida को Miami Beach मा अत्यन्त प्रसिद्ध छ । यूरोपका पर्यटकहरु Romania को Lake Techirghiol वर्षेनी मडबाथ र माटो चिकित्साको निम्ती जाने गर्दछन् । इटालिमा Lido dell Nazioni भन्ने ठाउँ माटो चिकित्साको लागि अत्यन्छ प्रसिद्ध छ ।
माटो चिकित्साका विशेषताहरु
माटोमा भएको कालो रङ्गले प्रकाशका सम्पूर्ण रङ्गहरुलाई सोसेर हाम्रो शरीरमा प्रवेश गराउँछ ।
माटोमा लामो समयसम्म चिसोपना सोस्नसक्ने क्षमता भएकोले शरिरमा यसको प्रयोग गर्दा शरिरलाई शितलता प्राप्त हुन्छ ।
यसको आधार र अवस्था पानीको प्रयोगबाट सजिलै परिवर्तन गर्न सकिन्छ ।
यो सर्वसूलभ रुपमा प्राप्त गर्न सकिन्छ ।
यसमा शरिरको दुर्गन्छ हटाउन सक्ने क्षमता हुन्छ ।
वातावरणमा शुद्ध एवम् स्वस्थ बनाउने क्षमता हुन्छ ।
यसमा शरिरको विषक्त सोस्नसक्ने क्षमता हुन्छ ।
माटो चिकित्साका फाइदाहरु ः
यसले शरिरका मांशपेशीहरुलाई आराम प्रदान गरि रक्तसञ्चार एवम् पाचन क्रियालाई सक्रिय बनाउँछ ।
शरिरका विभिन्न भागहरुको सुनावट र दुखाईमा फाइदा दिन्छ ।
कपालको लागि राम्रो हेयर कन्डिसनरको काम गर्दछ र छालाको लागि पनि उपयुक्त हुन्छ ।
हड्डीको दुखाई र जोर्नीको दुखाईमा राम्रो काम गर्दछ ।
माटो चिकित्सा छालाका रोगहरुको लागि उपयुक्त हुन्छ, किनकी माटासँग शरिरका विषहरु सोस्न सक्ने क्षमता हुन्छ ।
छालामा यसको प्रयोगले निखारता आउँछ । यसले छालाको रक्तसञ्चार क्रियामा वृद्धि गर्दछ, छालाका तन्तुहरुलाई शक्ति प्रदान गर्दछ, छालाका दागहरु, फुर्सोपना हटाउन मद्दत गर्दछ ।
पेटमा माटोको प्रयोग गर्नाले खाना नपच्ने समस्या सुदृढ हुनजान्छ । यसले पखाला, कोलाइटिस, आन्द्रा सुनिने रोग र अन्य ब्याक्टेरियासम्बन्धी समस्याको पनि समाधान गर्दछ ।
चिकित्सा योग्य माटोको छनोट र तयारी
माटोलाई सर्वप्रथम घाममा सुकाउनु पर्दछ । यसरी प्रकाशमा सुकाएको माटोमा किराहरु, जीवाणुहरु छन् भने मर्दछन् र माटोलाई प्रकाशबाट अझ उर्जा मिल्दछ ।
घाममा सुकाइसकेपछि यसलाई राम्ररी पिस्ने र छान्ने । माटोमा मिसिएका साना साना ढुङ्गा, काठका टुक्रा र अन्य कुनै कडा वस्तु छन् भने हटाउने ।
माटो धेरै मुलायम र मसिनो हुनुहुँदैन यदि यस्तो छ भने आवश्यकता अनुसार वालुवा मिसाउने । यसले पानीलाई सोस्ने क्षमता बढाउँछ ।
यसरी तयार गरिएको माटोलाई उपयोग गर्नुभन्दा एक–दुई घण्टा पहिले ठूलो भाँडोमा भिजाउने र यसरी भिजाउँदा पूरै नरम हुन्छ ।
माटोलाई पञ्जा या अन्य काठको सामग्रीद्वारा चलाउने सिधै हातले नछुने ।
गर्मियाममा चिसो पानी मिलाएर माटोको पट्टी तयार गर्ने ।
जाडोयाममा माटोलाई गिलो बनाउन तातो पानी प्रयोग गर्ने
एक पटक प्रयोग गरिसकेको माटोलाई चिकित्सकीय काममा पुन ः प्रयोग नगर्ने । यसले शरिरको विषलाई सोस्ने हुनाले उपयोगहीन छ ।
माटो चिकित्सामा प्रयोग हुने माटोका प्रकारहरु
पहेलोरङ्गको माटो ः पहेलोरङ्गको माटो अत्यन्त मुलायम र जल सोस्नसक्ने हुन्छ । यसमा शीत तथा उष्णता सोस्ने र ग्रहण गर्ने क्षमता हुन्छ, यसको प्रयोग सामान्य किसिमका रोगहरुमा गरिन्छ ।
कालो माटो ः कालो माटो मुलायम हुन्छ र यसले ताप र विषादी सोस्ने कार्यको लागि थोरै बालुवा मिलाई प्रयोग गर्नुपर्छ । यसमा खनिज अलि बढि हुनेहुनाले पानीलाई लामो समयसम्म सोसी राख्दछ ।
मुलतानी माटो (Bentonite clay): छाला सम्बन्धी रोगहरुको लागि यो माटो अत्यन्त उपयोगी हुन्छ । यसको उपयोगले छालामा चमक आउँछ र स्वच्छ बनाई राख्दछ ।
गेरु ः यो रातो रङ्गको माटो हो । शरीरमा पित्तको मात्रा ज्यादा हुँदा यसको प्रयोग हुन्छ । सामान्य रुपमा पनि यसको प्रयोग गर्नुपर्दछ ।
बालुवा ः बालुवको उपयोग पेटको सफाईको लागि गरिन्छ र यसलाई माथिल्लो मागको सेकाइको लागि पनि उपयोग गरिन्छ ।
माटो चिकित्सामा माटोलाई मूलत ः दुई रुपमा प्रयोग गर्न सकिन्छ ।
१) माटोको पट्टि (Mud Packs)
२) माटो स्नान (Mud Baths)
माटोको पट्टि ः शरिरका विभिन्न भागहरुमा प्रयोग गर्नको लागि बनाइन्छ । माटोको पट्टि बनाउनको लागि काठको फ्रेम तयार गर्ने, फ्रेमको आधार प्राय 10″x6″x3″ हुन्छ । नाभिमा प्रयोग हुने पट्टि 10″x8″x1″ हुनुपर्दछ । यसैगरी मेरुदण्डको लागि पट्टि बनाउन फ्रेमको साइज 2″x6″x1″ हुन्छ । पट्टि बनाउनु अघि काठको फ्रेममा पातलो कपडा राख्ने । त्यसपछि आधा घण्टासम्म पानीमा भिजाउने र गिलो माटो त्यसमा भर्ने र माथिबाट बेलनको मद्दतले माटोलाई सम्याउने । त्यसपछि जुनभागमा माटोको पट्टि दिने हो त्यसमा पल्टाएर राखिदिने । त्यसपछि माथिबाट कपडाले ढाक्ने । जुन भागमा पट्टि लगाउने हो त्यस भागलाई गरम गर्ने । यसले गर्दा रक्तसञ्चार क्रिया बढाउँछ ।
माटोको पट्टिका प्रकारहरु ः
(क) पेटको पट्टि ः पेटमा प्रयोग हुने माटोको पट्टिको साधार तथा एउटा बयस्क व्यक्तिमा यसको आकार 10″x6″x1″ हुन्छ । यो पट्टि २०–३० मिनेटसम्म प्रयोग गर्न सकिन्छ । पट्टि कम्बलले ढाक्नुपर्छ । यसबाट पेटसँग सम्बन्धित विभिन्न रोगहरुमा छुटकारा पाउन सकिन्छ । यस प्रकारको उपचारबाट पेटको संकुचन क्रिया सक्रिय भई पाचन क्रिया सुदृढ हुनजान्छ ।
(ख) अनुहारमा माटोको पट्टिः मसिनो माटो लिई, पानी मिलाएर अर्धठोस आधारको बनाउने । अनुहारको पट्टिको लागि माटोमा चिसोपानी मिलाउनुपर्छ । मिश्रणलाई अनुहारमा पुरै दल्ने र ३० मिनेट जति यत्तिकै छोडिदिने । ३० मिनेटपछि चिसोपानीले अनुहारलाई राम्ररी धुने । यसबाट अनुहारमा कोमलता आउँछ, छालामा भएका विभिन्न रोगहरु, डण्डिफोर र तेलिय पदार्थलाई माटोले सोस्दछ । यसबाट आँखाको वरिपरि भएको कालोपोतो हट्दछ ।
(ग) आँखाको पट्टि ः पानीलाई माटोमा मिलाएर 9″x6″x1.5″ को माटोको पट्टि तयार गर्ने । यसलाई आँखा बन्दगरेर २०–३० मिनेट जति आँखामा लगाउने । यस प्रकारको क्रियाले आँखालाई आराम मिल्छ । यो पट्टि लामो समयसम्म कम्प्यूटरमा काम गर्ने व्यक्तिलाई उपयुक्त हुन्छ ।
(घ) ज्वरोमा माटोमा पट्टि ः यस प्रकारको पट्टि नाभिको भागमा दिनमा २–३ पटक लगाउने र त्यसपछि एनिमा गर्नाले आराम मिल्दछ । टाइफाइडमा पनि यसप्रकारको पट्टिले राम्रो काम गर्दछ ।
अन्य रोगहरुको लागि माटोको पट्टिहरु
जोर्नीको पट्टि
गलाको लागि पट्टि
वक्षस्थलको पट्टि
कानको पट्टि
निधारको पट्टि
मलद्वारको पट्टि
मृगौलाको पट्टि
पाइल्सको पट्टि
पिलोको पट्टि
विच्छी या किराको टोकाइमा पट्टि
सर्पको टोकाइमा पट्टि
मानसिक तनावमा पट्टि
(२) सर्वप्रथम माटोलाई नुहाउनु भन्दा अगाडि पानीमा मिलाउने । त्यसपछि माटोको मिश्रणलाई पूरै शरिरमा दल्ने । ४५–६० मिनेटसम्म घाम÷छायाँ गर्दै बस्ने । घाममा बस्दा टाउकोलाई कपडाले ढाक्नुपर्छ । त्यसपछि मनतातो पानीले राम्ररी शरीरलाई पखाल्ने । शरिरलाई सुक्खा बनाएर बेडमा आराम गर्ने । यस प्रकारको माटो स्नानले शरीमा रक्तसञ्चार क्रियामा वृद्धि गरी शरिरलाई आराम दिलाउँछ र छालालाई स्वस्थ्य राख्दछ । माटो स्नान छालासम्बन्धी रोगहरु जस्तै दाद, दुवी, कुष्टरोग, एलर्जी आदिमा उपयुक्त हुन्छ ।
सुख्खा माटोको अन्य उपयोगीता
नाङ्गो खुट्टाले विहानको समयमा जमिनमा टेकेर घुम्नाले मानसिक एवम् शारिरीक स्वास्थ्यमा लाभ हुन्छ । यसरी नाङ्गो खुट्टाले जमिनमा हिँड्दा जमिनमा भएको विद्युतीय उर्जा शरीरमा प्रवेश गर्दछ र शरीरलाई बल प्रदान गर्दछ । खाली खुट्टा हिँड्ने, नाङ्गो जमिनमा सुत्ने–बस्ने गर्दा शरिरलाई शक्ति प्राप्त हुन्छ ।
आजभोलि हामी जमिनको सिधा सम्पर्क विमुख भइरहेका छौं । हामी र माटाबीच दुरी बढिरहेको छ । सानो छँदा हामी माटोबीच दुरी बढिरहेको छ । सानो छँदा हामी माटोमा खेल्ने, दुवोयुक्त जमिनमा लडिबुडी गर्ने, त्यसैमा बसेर आराम गर्ने आदि क्रियाहरु गथ्र्यौँ तर आज माटोसँगको सम्बन्ध टाडिदै छ । कहिँ कतै दुबोमा बस्नुप¥यो भने पनि हामी चकटी, सुकुल आदि विछाएर बस्छौं । जति माटोको सम्र्कमा रहन्छौं त्यत्तिनै हामीलाई सुख, शान्ति र लाभ मिल्दछ । अनिद्राको समस्यामा जमिनमा सुत्दा छिट्टै निन्द्रा पर्दछ । सुख्खा माटोले प्रतिदिन १०–१५ मिनेट शरिरमा रगडेर चिसो पानीले नुहाउने छाला नरम र कोमल हुन्छ । (लेखक बिष्ट हेल्थ एण्ड वेलनेस कोच हुनुहुन्छ )