दियोमा बलेको गणतन्त्र र जलेका निर्मलाहरु

संसार सेन पृथक

सभ्य र असभ्य सुन्दर र कु्प, शान्ति र अशान्ति, अन्याय र न्यायका लागि ब्रह्माण्डमा सजीव र सचेत नागरिकको उत्पादन भएको ऐतिहासिक तथ्य छन । आदिम युग, दास युग, सामन्तवादी युग र बर्तमान उत्तराधुनिक पुजीवादी युगको यो अबस्थामा पनि इतिहासमा सत्यताको पक्षमा गतिशील समय र प्रगतिशील समाजको लागि सामाजिक संघर्स र न्यायिक राज्यको निर्माणको लागि युग अनुसारको सामाजिक क्रान्ति आन्दोलन भएको तमाम इतिहासमा अध्यन गर्न सकिन्छ । महाभारतको लडाइँमा दौ्रपतीको न्यायको लागी गरेको क्रान्ति रामायणमा सितामाथी भएको नारी हिंसाका विरुद्ध भएको न्यायीक युद्ध लगायत थुप्रै नारीको पक्षमा र नागरिकको पक्षमा युद्ध र शान्ति हुने गरेको देखिन्छन ।
मातृसतात्मक समाजको युगमा असभ्यताको विरुद्ध सभ्यताको लडाई हुँदा नारीले पुरुषहरूको मागको सम्बोधन गरेको इतिहास पाइन्छ । दास युगमा अशक्त निर्धा निमुखाको पक्षमा नारी र पुरुषले सयुक्त लडाई लडेको पाइन्छ । सामन्त शासन सत्तालाई र त्यसको न्याय प्रणालीलाई परिवर्तनको लागि नारी पुरुषले बलिदान र संर्घष गरेर संसारभरी सभ्य र समुन्नत समाजको निर्माण गरेका छन ।
नेपाल र महिला
हामीले बर्तमान राज्यको अनुसन्धान भन्दापनि सत्ययुग कृष्ण लिलाको अध्ययन गर्ने हो भनेपनि दक्षिण भारततिरबाट तमाम देवीहरु असुरक्षित देखिएपछि भागेर नेपाल आउने सुरक्षित महसुस गरेको इतिहास पाइन्छ । नेपाल नारिको सम्मान गर्ने देविको मुख्य बसोबासको शान्ति भुति हो भन्ने सिद्ध छ अझै त भगवान गौतम बुद्धले शान्तिको खोजीमा हिड्नु अघि आफ्नो आमालाई बलिरहेको एउटा बत्तीको जिम्मा सुम्पेर हिड्नुले त्यतिबेला नारीको सुरक्षा नैतिकतामा अडिएको रहेछ भन्ने यथार्थ सिद्ध छ्न ।
नारी, नेपाल र नेपाली
नेपाल केन्द्रीकृत सामन्ती राज्यको उत्पति हुनुभन्दा पहिले गणराज्यमा यथावत थियो जतिबेला नेपाल केन्द्रित राज्यमा बाँधियो त्यतिबेलादेखि राजाको वरिपरि बस्ने काजी डिठ्ठाबिचारीले आफू अनुकूल कानुनी राज्यको निर्माण गरेको पाइन्छ जहाँ नागरिक हक स्वतन्त्रता र न्यायबाट अशक्त असहाय नारीको र निर्धाको न्याय बन्चित भएको हो । १०४ वर्षिय जहानिया राणा शासन कालमा त्यत्तिकै महिला उत्पीडित बर्ग जाती समुदाय माथि भएको न्यायीक असमानताले चरमचुलि नाघेपछि आमजनता, बर्गसमुदायले संर्घष गरेर यो शासनको अन्त्य गरेका थिए । त्यसपछि ३० बर्षिय पन्चायती ब्यबस्थामा पनि नारीको त्यति सम्मान हुन सकेन । उनीहरुले चाहेको न्याय पाउन सकेनन् ।
०४६ सालको जन आन्दोलनले राजनीति र वाकस्वतन्त्रता बाहेक अरु कुनै स्थायित्व दिन सकेन । त्यसपछि पीडित वर्ग, जाति र समुदायको न्याय र समृकिो लागि २०५२ सालमा जनयुद्धको सुरुवात गरियो । त्यसमा महिलाको उल्लेख सहभागितो थियो । यो संघर्षमा हजारौं नारिको बलिदान बेपत्ता घाइते इतिहास हेर्दा यो नवीनता इतिहासकै ऐतिहासिक परिवर्तनको एउटा उद्घोष हो । परिणाम स्वरुप निरंकुश राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भयो ।
गणतन्त्र नेपाली नारी र न्यायिक व्यवस्था
ऐतिहासिक परिवर्तनपछि पनि नेपाली नारीहरु न्याय पाउन सकेका छैनन् । अहिले पनि कुरिती र कुसंस्कारको अन्त्य हुन सकेको छैन । नारी माथी अन्याय र अत्याचार भैइरहदा राज्य सत्ताका संचालकहरु मुखदर्शक भएर बसेका छन । पन्चायतकालको गन्ध आउनेगरी यतिबेला समाजमा चरम भ्रष्टाचार, चर्को कर वृद्धि, गरिब निमुखा जनसमुदायको जीवनस्तरमा सुधार आउनुको साटो झन खस्किरहेको छ । यसको प्रमुख दोषी सरकार नै हो । जवसम्म नागरिकको सबैखाले सुरक्षा राज्यबाट पूरा हुन सक्तैन तबसम्म त्यो देशको विकास र समृद्धि पनि सम्भव छैन । यतिबेला समाजमा देखिएका हत्या अपहरण महिला हिंसा बलात्कारका डरलाग्दो घटना जति छन राज्यले दिन नसकेको सुरक्षा र गैरजिम्मेवारीको कारण हो । अपराधमा संलग्नलाई करवाहीको दायरमा ल्याउन सकिएन भने समाजमा अपराधका घटना अझ बढ्न सक्छन । अपराधीको मनोवल बढ्छ । कत्यसको परिणाम स्वरुप निर्मला पन्तजस्ता तमान नेपाली नारीले न्याय पाउन सक्दैनन् । जवसम्म पहुँच र शाक्तिको भरमा निर्धामाथी अन्याय गरिन्छ तबसम्म एउटा निर्मलाले मात्रै होईन लाखौं निर्मलाजस्ता नारीले असुरक्षित महसुस गरिरहेका हुनेछन र उत्पीडित बर्ग जाति समुदायको जिबनस्तर यो भन्दा थप कहाली लाग्दो हुनेछ । त्यसैले अव बैज्ञानिक समाजबादी राज्य ब्यबस्थाको स्थापनाको खाँचो बढेर आएको छ ।

प्रकाशित मितिः ११ मंसिर २०७५, मंगलवार ०६:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *