वास्तविक कम्युनिस्ट र समृद्धि

संसार सेन पृथक

जर्बजस्त समयसँग जिस्कने मान्छेलाई इतिहासले नाङ्गै हिडाउँछ थोमस फुलरको यो अभिव्यक्ति अहिले पनि उत्तिकै सान्र्दभिक छ । यो दुनियाँमा प्रचार साम्राज्यले न त हिटलर टिके, नत दुनियाँका अरु कोही तानाशाह नै टिकेको इतिहास छ । त्यसैले रुप र सार पक्षलाई सैद्धान्तिक तथा व्यवहारिक दुवै हिसावले सुक्ष्म अध्ययन गर्ने गरिन्छ । कम्युनिष्ट सरकार भएको राष्ट्रमा पहिलो कुरा सरकार जनताप्रति कत्तिको उत्तरदायी छ भन्ने भन्ने हेरिन्छ । त्यस्तै वर्तमान नेपाल सरकारले आफ्नो चुनावी घोषणपत्र र सरकारमा पुगिसकेपछि गरेका हरेक क्रियाकलापवाटा के स्पस्ट हुन्छ भने सरकारले भन्ने गरेको समृद्धि, विकास र समाजवादको नाराले सार्थकता पाउने भन्दा पनि शान्ति र समृद्धिको यात्रालाई अझपछि धकेल्ने देखिन्छ ।

वास्तविक समृद्धि र समाजबाद
संसारभरी यतिबेला दुइथरी निरंशुक र दुइ थरी समाजवाद देखिन्छन । केन्द्रीकृत वितरन र बिकेन्दिकृत उत्पादन जो अहिलेको अमेरिकी तथा युरोपेली साम्राज्यवाद प्रखर रूपमा देखा परेको छ । जसले मजदुरले संगठित र एकीकृत रुपमा आफ्नो अधिकार प्राप्त गर्न नसकुन भन्ने नै रहेको छ । अर्को एकीकृत सामन्ती सासनलाई नवगठित तथा पुनर्गठित गरेर नव सामन्तबादको बिकास र उदय, जस्ले आशा, लोभ र प्रलोभनमा पारेर सिधा सोझा समुदायलाई थुमथुम्याउने गर्दछ । अहिले नेपाली शासकहरुले ठिक त्यही शौली अपनाएको देखिन्छ ।
वर्तमान सरकार कम्युनिस्ट हो भनेर भ्रमपुर्न प्रचार गर्न जबर्जस्त एनजीओहरु लागेका छन । किनकि अधिकांश नेपाली जनता समाजवादका विश्वास गर्छन भने करिव ७० प्रतिशत जनता कम्युनिष्टप्रति आस्थावान छन । जसलाई आफ्नो काबुमा लिन एनजीओको दबाबमा पार्टीको नाम कम्युनिस्ट र सरकारको नारा समाजवाद र समृद्धिको सुगा रटाउन लागिएको हो । अहिलेको संविधान, सरकार र सम्बद्ध राजनीतिक दलको समाजबाद र समृद्धितिर जाने कुनै भिजन नभएपछि प्रचारमा साम्राज्यको नक्कल गरिएको मात्रै हो ।
जतिसुकै आम जनसमुदायमा वर्तमान सरकार गठन पुर्व देखाएका कोरा सपनाहरूदेखि जनतामा तिब्र असन्तुष्टि पैदा हुँदै गएको छ । कर्णालीमा स्याउ आलु कुहिएको अवस्था छ । भारतको सिम्लाबाट स्याउ, आलु भित्याउने गरिएको छ । गाउँमा दहि दुध मलको खाडोमा पोखेर ट्याङ्करका ट्याङ्कर दहि, दुध पनि भारतावटै आयत हुन्छ । गाउँहरुमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुले नेपालको बजार देख्न पाउँदैन । कमिसनको खेलमा बिदेशी बस्तुहरुले नेपाली गाउँ बस्तिहरु छोपिएको देखिन्छ । यसले के प्रभाणित गर्छ भने अहिलेको सरकार जनताप्रति कत्ति पनि उत्तरदायी छैन ।
अर्कोकुरा अहिलेको सरकार युरोपेली डिजाइन र उस्कै गुरुयोजनामा बनेको हो । नेपालमा कम्युनिस्ट नामधारी सरकार बनाएर बिश्वमा नकारात्मक सन्देश दिने र विश्वभरी कम्युनिस्टप्रति आस्थावान जनसमुदायप्रति वितृस्णा फैलाउने उदेश्य रहेको देखिन्छ । बिश्वब्यापी साम्राज्यवादका नायकहरु एतिबेला संसारका उत्पीडित राष्ट्र र मजदुर किसानमाथी आर्थिक राजनैतिक, सामाजिक, साँस्कृतिक तथा धार्मिक तवरले आफू अनुकूल प्रयोगमा ल्याउने योजनाको तयारीमा छन त्यही अनुरुप अघि बढाइएको छ ।
सुडान तथा सिरिया लगायतका राष्ट्र र जनताको जुन प्रकारको हालत बनाइयो । त्यही हालतमा नेपाललाई पुर्याउनको लागि केपी ओली र प्रचण्डको अगुवाईमा नेपाललाई युद्धको रणमैदान बनाउने चाल खेलिरहेको छ । जुन गुरुयोजनालाई सत्तामा बसेका, राष्ट्रभक्ती, जनप्रेमी र प्रतिपक्षी राजनीति दलसमेतले बुझ्न नसक्नु राष्ट्र र जनताको लागि अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो ।
तितो यथार्थत के हो भने यो सरकार वास्तविक कम्युनिस्ट नभएर राणाहरुको तेस्रो संस्करण तथा पन्चायतको उच्चतम रुप हो । यही अन्यौल र तरलिकृतताको वीचबाट हैकमवादी साम्राज्यवाद बिश्वव्यापी आफ्नो राजनीति सैनिक तथा धार्मिक मिसन प्रतिस्थापन गर्न खोजेको हो ।
वास्तविक कम्युनिस्ट र समृद्धि
खासगरी साम्राज्यवादी उत्पादन प्रणाली अहिलेको युगमा उत्पीडित बर्ग समुदाय र राष्ट्रको विरुद्धमा छ । बिकेन्दृकृत उत्पादन र केन्दृकृत बितरण सामाजिक सामन्ती साम्राज्यवादको मुल योजना हो । त्यसको विरुद्धमा वास्तविक सैद्धान्तिक अवधारणा र स्पष्ट दृष्टिकोण बेगरको राजनीति पार्टी वास्तविक कम्युनिस्ट पार्टी नै हुन सक्दैन । राष्ट्रिय स्वाधीनता जनसमुदायको वास्तविक समस्याको समाधान भनेको बिकेन्दिकृत उत्पादन र केन्दिकृत बितरणका विरुद्धको एकीकृत तथा केन्दिकृत जनसर्घष नै उतम माध्यम हो ।
जापान, चीन, रुसलगायतका देशहरु विकासको यो गतिमा पुग्नु पनि तत्कालीन क्रान्तिका मोडल अनुरुपको परिणाम हो । नेपालमा अहिले पनि यही समस्याको समाधान विधि र प्रक्रियाबाट छैन । नेपाली जनताले चाहेको समृद्धि र विकास यो ढंगबाट हुन मुस्किल छ । त्यसैले यसको उत्तम विकल्प नै बैज्ञानिक समाजवाद हो ।

प्रकाशित मितिः १६ मंसिर २०७५, आईतवार १९:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *