जाजरकोटमा रोकिएन खोटो तस्करी धन्दा

indexबद्री पन्त
जाजरकोट ११, असार
जाजरकोटमा मापदण्ड विपरित खोटो संकलन भैइरहेको छ । सरोकारवाला निकाय मौन रहदा खोटो तस्करी दिन प्रतिदिन बढ्दै गएको हो । नियमक निकाय बेखबर रहेका खोटो संकलन कार्यविधि २०६४ विपरित खोटो संकलन भइरहेको छ ।
९ वटा खोटो कम्पनीले मापदण्ड विपरित खोटो संकलन तथा चोरी निकासी गर्दै आएका छन् । उनीहरुले १६ बर्ष अगाडी देखि खोटो संकलन गर्दै आएका छन् । जिल्लाको कार्कीगाउँ, झाप्रा, सीमा, दशेरा, पजारु, जुगाथापाचौर, साल्मा, डाडागाउँ, लहँ, मजकोट, सुवानाउली, थालारैकर, गर्खाकोट, पुन्मा, खलंगा, भुर, ढीमे, खगेनकोट, लगाएत २० गाविसका ८५ सामुदायीक वनमा पाईने खोटे सल्लाबाट जथाभावी खोटो संकलन गर्दै आएका छन् ।
मापदण्ड विपरित खोटो संकलन र चोरी निकासी हुदा समेत रोग थाम गर्ने तर्फ जिल्ला वन कार्यालयले चासो दिएको छैन् । मापदण्ड विपरित खोटो संकलन गर्दा जाजरकोटमा सल्लाघारीको जंगल विनास हुदै गएको जुँगाथापाचौरका कृष्ण रेग्मीले बताए । सबै रुखहरु सुक्न थालेका छन, उनले भने ।
जिल्लामा बंगलामुखी रोजीना एण्ड टर्पेन्टाईन गनापुर बाँके, स्वस्तीक रोजीना एण्ड टर्पेन्टाईन चन्नौटा कपिलबस्तु, देउती रोजीना एण्ड टर्पेन्टाईन बाँके, माउन्ट रोजीना एण्ड टर्पेन्टाईन रुपन्देही, मनकामना रोजीना एण्ड केमीकल उद्योग बाँके, दिपमाला रोजीना एण्ड प्राली टर्पेन्टाईन, जय वागेश्वरी रोजिन, ग्लोवल केमिकल्स प्रा. लि अत्तरिया कैलाली लगाएत नौ वटा खोटो कम्पनीले खोटो संकलन गर्दै आएका छन् । खोटो कम्पनीहरुबाट राजनितिक दल, सामुदायीक वन उपभोक्ता समिति, जिल्ला वन, विद्यालयहरुले शिक्षकको तलव खुवाउन मोटो रकम असुली गर्दै आएको खोटो कम्पनीले आरोप लगाएका छन ।
कम्पनीहरु बिच कस्ले बढी खोटो संकलन गर्ने भन्ने विषयमा होडबाजी नै चलेको स्वस्तीक रोजीना एण्ड टर्पेन्टाईन चन्नौटा कपिलबस्तुका जाजरकोट प्रतिनिधी चुडामणि पौडेलले बताए ।
कम्पनीले १ लाख टन बार्षिक रुपमा खोटो संकलन र निकासी गर्ने अनुमती पाएपनि १ लाख ५० हजार टनसम्म खोटो संकलन गर्ने गरेका छन् । तर सामुदायकि वन उपभोक्ता समूह र वन प्राविधीकको मिलेमतोमा रकम लेनदेन गरी तोकेको परिमाण भन्दा बढी खोटो संकलन तथा निकासी गर्दा सल्लाघारी जंगल भरीका खोटे सल्लाका रुख सुक्दै गएका छन् । जंगलमा भेटीए जतिका सबै सल्लाका रुखको चारै तिरबाट खोटो निकाल्ने गरेका छन् । एउटा पनि माउ रुख नराख्दा सल्लाघारी जंगल विनास बढेको छ । एक हेक्टरमा ५ देखि १० वटा जती माउ रुखलाई सुरक्षित लाख्नु पर्ने खोटो संकलन कार्य विधिमा उल्लेख छ । तर पनि त्यसको पालना भएको छैन् । खोटो संकलन बन्द नगरिए १० बर्षमा पुरै सल्लाघारी बन पुरै सखाप भएर जाने ढिमेका दिर्घराज आरसीले बताए ।
त्यसैगरी कम्पनीका कामदारहरुले धेरै खोटो श्राव गराउन सल्फीउरीक एसिडको बढी प्रयोग गर्दा पनि सल्लाका रुख सुक्दै गएका छन् । जिल्ला वनले नियमित जंगल निरीक्षण अनुमन नगर्दा सल्लाघारी जंगल मासिन थालेको छ । सरकारले सामुदायीक बन संरक्षणको जिम्मेवारी समुदायलाई दिदा जाजरकोटमा यस्को व्यापक दुरुपयोग बढेको छ । जाजरकोटमा सामुदायीक बन समुदायका लागि गतिलो कमाइ खाने भाडो बनेको छ । वनले कर्मचारी कम भएको भन्दै समस्या भएको जनाएको छ ।
८ महिनाको एक सिजनमा (चैतदेखि कार्तिकसम्म) खोटो संकलन गर्नु पर्ने छ । खोटो संकलन कार्यविधि २०६४ मा एउटा रुखमा ३२÷३२ रिल वटा रिलहरु बनाउन उल्लेख गरिएको छ । भने सो भन्दा माथि लगाउन नमिल्ने भएपनि कम्पनीहरु १ सय देखि २ सयसम्म रिलहरु लगाउने गरेका छन् । खोटो संकलन तथा निकासी गरे वाफत मुल्य अभिबृद्धी कर बाहेक समुहले प्रति किलोको ६ रुपैया पाउने गरेका छन् । जंगलमा रहेका सबै रुखबाट खोटो निकाल्नु, तोकेको मात्रा भन्दा बढी एसिडको प्रयोग गर्नु मापदण्ड विपरित भएको छ ।
खोटो संकलन गरेको क्षेत्र भित्र बृक्षारोपन गर्नु पर्ने, त्यसको ५ बर्षसम्म संरक्षण गर्नुपर्ने दायित्व सम्बन्धित उद्योग वा निकायको हुनेछ, कार्य विधिमा उल्लेख छ । तर कहिलै बृक्षारोपन गरिदैन । सामाुदायीक वन समुहको कार्य योजना विपरित खोटो संकलन गर्न नपाई प्रावधान रहेको जिल्ला वन अधिकृत उपेन्द्र प्रसाद पटेलले बताए । कार्य विधि विपरित खोटो संकलन गर्ने कम्पनीलाई कडा कारबाही गरिने पटेलले बताए ।

प्रकाशित मितिः ११ असार २०७३, शनिबार १२:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *