कलिलै उमेरमा लागु औषधको कुलतमा फस्दै

indexसुर्खेत १२, असार ।
जिल्लामा १३ वर्षको उमेरदेखि नै लागु औषधको कुलतमा फस्ने गरेको छन् । दिउँसो विद्यालय गएपनि विहान, साझको संगत र अरुको नक्कल गर्ने बानीका कारण १३ वर्षदेखि युवाहरुले लागु औषधको प्रयोग गर्ने गरेको सरोकारवालाले बताएका छन् । ‘हाम्रो चाहाना, लागू औषध रहित स्वस्थ सुर्खेत सृजना’ विषयक अन्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुका अनुसार नगर क्षेत्रका विभिन्न ठाँउमा राती ८ बजेदेखि १२ बजेसम्म उक्त उमेर समुहका युवाहरु भेला भई लागुपदार्थको प्रयोग गर्ने गरेका छन् । सरोकारवाला निकायको ध्यान नपुगेका कारण युवाहरुको दैनिक लागुऔषध तर्फ फस्ने गरेको उनीहरुले गुनासो गरेका छन् । आवश्यक मात्रामा प्रहरी चौकी नहुनुले पनि लागुऔषधको प्रयोगमा न्यूनिकरणमा समस्या भएको सहभागिको भनाई छ ।

अन्तराष्ट्रिय लागु औषध ओसार–पसार विरुद्धको दिवसको अवसरमा गरिएको अन्तरक्रियामा स्थानीय विकास अधिकारी हीरालाल रेग्मीले कलिलै उमेरदेखि लागुऔषधको प्रयोगमा आफ्नो बालबालिकालाई हेरदेख गर्ने काम अभिभावकको भएको बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हितप्रसाद पौडेलले लागुपदार्थको प्रयोगलाई नियन्त्रण गर्न सिङ्गो प्रहरी वा प्रशासन मात्रै सक्रिय भएर सम्भव नहुने बताए । यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र श्रेष्ठले प्रहरीले आफ्नो ठाउँबाट लागु औषधको प्रयोगलाई नियन्त्रणमा सक्रिएता बढाइरहेको बताए । उनले प्रयोगकर्ताले कहाँ कतिवेला प्रयोग गरेको छ भन्ने बारेमा प्रहरीलाई जानकारी दिने स्रोतको कमी भएकाले लागुऔषधको प्रयोगकर्तामा न्यूनिकरण गर्न समस्या भएको बताए ।
लागु औषध नियन्त्रण समन्वय समिति, भैरव यूवा शसक्तिकरण केन्द्रको आयोजनामा सामुदायिक सुधार संस्था, परोपकार पूर्न स्थापना केन्द्रको समन्वय र जिल्ला विकास समितिको कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका कार्यालयको सहयोग अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा नगरपालिकाका २५ वटै वडाका वडानागरिक मञ्चका संयोजक एवम् पदाधिकारी तथा विभिन्न तहमा अध्यानरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः १२ असार २०७३, आईतवार १३:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *