बृद्ध आमालाई ओडोरमा छोडने दम्पतिलाई यस्तो सजाय । हेर्नुहोस

FB_IMG_1468327285808
७२ वर्षिय बाटु अधिकारी ।तस्वीरहरु सालकोट गासिको फेसवुकवाट
13631546_495785487279059_6968121356393132768_n
सार्वजनिक रुपमै कान समातेर उठवस गदै छोरा वुहारी ।

सुर्खेत, २८ असार ।
आफनी ७२ वर्षिय आमालाई ओडारमा लगेर छाडने एक दम्पतिलाई पश्चिम सुर्खेतको सालकोटमा सार्वजनिक रुपमै कान समातेर उठवस गराइएको छ ।
७२ वर्षिय आमा बाटु अधिकारीलाई घर नजिकैको जंगलको ओडारमा लगेर छाडने उहाँका कान्छा छोरा चन्द्रबहादुर अधिकारी खत्री र वुहारी लालमति अधिकारीलाई कान समातेर उठवस गराइएको हो ।
उनीहरुले २ महिना अघि आमालाई पोखरीकाँडा ३ स्थीत रतुरायको जंगलमा रहेको आडारमा लगेर छाडेको गाउँलेले जनाएका छन ।
जंगलको ओडारमा लगेर छाडेको थाहाँ पाएपछि अधिकारीलाई सालकोट गाविसको विशेष पलहमा तीन दिन अघि उद्धार सालकोट गाविसका सचिव तिलकराम अधिकारीले बताउनु भयो ।
बृद्ध आमालाई अमानविय व्यवहार गरेको भन्दै गाउँलेहरुले उनीहरुलाई सालकोटको पलैटेमा सार्वजनिका रुपमा कान समातेर उठवस गराइएका थिए ।
आमा विरामी भएपछि दिसा पिसा गराउन अप्ठ्यारो भएको, स्याहार गर्न समस्या भएको, दिसा गनाउने भएकोले ओडारमा लिएर छाडेको उनीहरुले वताएको गाउँलेले जनाएका छन
गाउँलेले ७२ वर्षिय वाटु अधिकारीलाई अहिले जेठा छोरा वुहारीको जिम्मा लगाएको पनि गाउँलेले जनाएका छन ।
२ महिनासम्म गाउँलेहरुले खाना दिएको र कहिले काही उनीहरुले पनि खाना दिने गरेको वताएको छ । घरदेखि २ सय मिटर टाढा रहेको ओडारमा एउटा कम्वल लगायतका ओडने समान पनि लिएर राखेको गाउँलेले वताएका छन ।
विरामी भएपछि वाटु अधिकारी हिडडुल गर्न र वोल्न नसक्ने अवस्थामा रहेको बताएको छ ।

प्रकाशित मितिः २८ असार २०७३, मंगलवार १३:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *