अख्तियारको कार्यालय सुर्खेतमा कसका कति उजुरी नाम र संख्यासहितको विवरण हेर्नुहोस ।

20160718_135614
अख्तियारको कार्यालय सुर्खेतका प्रमुख सीताराम कार्की अख्तियारले गरेका कामवारे जानकारी दिदै । साथमा कार्यालयका प्रवक्ता जंगवहादुर डाँगी र डिएसपी गोविन्द पुरी ।
1
अख्तियारको कार्यालय सुर्खेतमा परेका जिल्लागत र मन्त्रालयगत उजुरीहरुको विवरण ।
2
अख्तियारको कार्यालय सुर्खेतमा परेका जिल्लागत र मन्त्रालयगत उजुरीहरुको विवरण ।
3
अख्तियारको कार्यालय सुर्खेतमा परेका जिल्लागत र मन्त्रालयगत उजुरीहरुको विवरण ।

सुर्खेत ३, साउन ।
अधिकाश वेकामे उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र कोहलपुरमा अधिकांश उजुरीहरु बेकामे पर्ने गरेको पाइएको छ ।
सुर्खेतमा कार्यालय स्थापना भएको २ वर्ष ९ महिनाको अवधिमा परेका उजुरीको संख्यालाई आधार मान्दा अधिकाश वेकामे उजुरी पर्ने गरेको पाइएको हो ।
कतिपय उजुरीहरु अख्तियारको दायराभित्रै नपर्ने खालका पनि पर्ने गरेका छन । व्यक्तिगत रिसीइवी साध्न र वदनाम गर्ने हिसावले पनि पर्ने गरेका छन ।
धेरैजसो उजुरी वेनामी पर्ने गरेका छन । कतिपय उजुरीमाथी अनुसन्धान गदै जादा केही नभेटिने गरेको अख्तियारले जनाएको छ ।

सुर्खेतमा अख्तियारको कार्यालय स्थापना भएको २ वर्ष ९ महिनाको अवधिमा ३ हजार ५ सय ४४ वटा उजुरी परेका छन ।
स्थापना कालदेखि परेका मध्ये ३ हजार १ सय ५८ अर्थात ८९ दशमलव १ प्रतिशत उजुरी पछ्र्योट गरिएको कार्यालयका प्रमुख सीताराम कार्कीले वताउनु भयो ।
अघिल्लो आर्थिकवर्षवाट जिम्मेवारी सरेर आएका ९ सय १८ र आर्थिक वर्ष २०७२÷७३ मा परेका १ हजार १ सय ३६ गरी २ हजार ६९ वटा उजुरी मध्ये १ हजार ६ सय ८३ अर्थात ८१ दशमलव ३ प्रतिशत फछ्र्योट गरिएको उहाँले जानकारी दिनुभयो ।
अहिले सुर्खेत कार्यालयका २ सय ५३ र कोहलपुरका १ सय ३३ गरी ३ सय ८६ उजुरीमाथी अनुसन्धान चलिरहेको छ ।
अख्तियारमा शिक्षा, स्थानीय विकास, वन, स्वास्थ्य, भुमिसुधार, गृह,, कृषि विकास, सहरी विकास लगायतका मन्त्रालयसगँ सम्वन्धीत क्षेत्रका वढी उजुरी परेको कार्यालयले वताएको छ ।
मन्त्रालयगत रुपमा हेर्दा
शिक्षा
अहिलेसम्म शिक्षा क्षेत्रका ७ सय ८ वटा उजुरी कार्यालयमा परेका छन । जसमध्ये ५ सय ५० वटा पछ्र्योट गरिएको र १ सय ५८ वटामाथी अनुसन्धान चलिरहेको छ । गैर अभिभावकलाई अध्यक्ष वनाएको, विद्यालयको रकम हिनामिना गरेको, शुल्क उठाएको, प्रक्रिया नपुर्याएर शिक्षक नियुक्ती गरेका लगायतका उजुरी परेका छन ।
संघिय मामिला तथा स्थानीय विकास
स्थानीय विकास अन्गर्त अहिलेसम्म ४ सय ४० वटा उजुरी परेका छन । जसमध्ये ३ सय ७२ वटाको टुंगो लगिसकेको छ भने ६८ वटामाथी अनुसन्धान चलिरहेको छ । विकास निर्माणमा भष्ट्राचार गरेको, गाविसका कर्मचारीले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको, उपभोक्ता समितिले रकम हिनामिना गरेको जस्ता उजुरी पर्ने गरेका छन ।
बन तथा भू संरक्षण
वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतका २ सय ८० वटा उजुरी परेकोमा २ सय २५ वटा फछ्र्योट भैसकेका छन भने ५५ वटा उजुरीमाथी अनुसन्धान जारी रहेको छ । यस अन्तर्गत अधिकाश उजुरी सामुदायिक वनका पर्ने गरेका छन । यसमा पनि अधिकश उजुरी रकम हिनामिनाका पर्ने गरेका छन ।
जिल्लागत रुपमा हेर्दा
अख्तियारको कार्यालय सुर्खेत र कोहलपुरमा परेका उजुरीलाई हेर्दा सवैभन्दा वढी उजुरी वाँके जिल्लावाट परेका छन । वाँकेवाट परेका ३ सय ९३ वटा उजुरी मध्ये अहिलेसम्म ३ सय ४० वटा फछ्र्योट गरिएको छ । वाकी ५३ वटा उजुरीमाथी अनुसन्धान भैइरहेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ ।
वाँकेपछि सुर्खेतका धेरै उजुरी परेका छन । अहिलेसम्म सुर्खेतका ३ सय २५ वटा उजुरी परेकोमा २ सय ८८ वटा फछ्र्योट भएका छन भने ३७ वटामाथी अनुसन्धान जारी छ । धेरै उजुरी पर्ने अन्य जिल्लामा दाङ्ग, बर्दिया, जाजरकोट, कालिकोट, दैलेख रहेका छन ।
अहिलेसम्म सवैभन्दा कम उजुरी मन्त्रालयगत रुपमा विज्ञान तथा प्रविधी मन्त्रालयको एउटा र जिल्लागत रुपमा प्युठानका ११ वटा उजुरी परेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ ।
कारवाहीको विवरण
अख्तियारको कार्यालय सुर्खेतले सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी अहिलेसम्म १३ जनालाई भष्टाचारजन्य कसुरमा विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ । यसमा अधिकाश स्टीङ्ग अप्रेसनका मुद्धाहरु रहेका छन । कार्यालयले १३ जनालाई प्रतिवादी वनाएको, अनुसन्धानको क्रममा १ करोड ७ लाख ९० हजार रुपैया असुल उपर गरेको बताएको छ । स्थापनाकाल देखि अहिलेसम्म १ सय ३६ वटा उजुरीमाथी विस्तृत अनुसन्धान गरेको, विस्तृत अनुसन्धानपछि सयवटा उजुरी आयोगमा पेश गरिएको र ३६वटा उजुरी विस्तृत अनुसन्धानकै क्रममा रहेको अख्तियारको कार्यालय सुर्खेतका प्रवक्ता जंगबहादुर डागीले वताउनु भयो ।
गएको आर्थिक वर्षमा भष्ट्रचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धी १६ वटा कार्यक्रम गरिएको छ । कार्यक्रममा सरकारी तथा सार्वजनिक संस्थाका प्रमुख तथा प्रतिनिधीका साथै विद्यालयका विद्यार्थी लगायतको सहभागीता रहेको थियो।

प्रकाशित मितिः ३ श्रावण २०७३, सोमबार १०:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *