कामै नगरी करोडौं रकम निकासा

man news jkt pp
रकम निकासा भएकाे तर काम भने भखर्र सुरूवात भएकाे विद्ालय भवन ।

जाजरकोट ९, साउन ।
जिल्ला शिक्षा कार्यालय जाजरकोटले भौतिक पुर्वाधार तर्फको करीब साढे ७ करोड रुपैया काम सम्पन्न नगरेरै विद्यालयलाई निकासा दिएको छ ।
विद्यालय भवन अन्र्तगत ८ कोठे ४ ओटा, ६ कोठे ४ ओटा, ४ कोठे ७ ओटा, ३ कोठे १५ ओटा र २ कोठे भवन ९ ओटा विद्यालयले आव ०७२÷७३ भित्रै सक्नु पर्ने काम सकेका छैनन् । तर ति सवै विद्यालयको खातामा रकम निकासा गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार क्रमागत ४ कोठे भवनका लागी कुल ३२ लाख मध्य पहिलो बर्ष १८ लाखका दरले ४ ओटा विद्यालयलाई १ करोड २६ लाख रुपैया खातामा भुक्तानी गरिएको छ ।
त्यस्तै ६ कोठे विद्यालय भवनका लागी कुल ४८ लाख रुपैया मध्य पहिलो बर्ष १८ लाखका दरले ३ विद्यालयको खातामा ५४ लाख र ८ कोठे भवनका लागी कुल ६० लाख छुट्याईएकोमा पहिलो बर्ष १८ लाखका दरले ४ ओटा विद्यालयमा ७२ निकासा भएको हो ।
यी क्रमागत सवै भवनका लागी शुरुमा ५० प्रतिशत पेश्की दिइएको र उक्त पेश्की फछ्यौट नहुँदै थप ५० प्रतिशत भुक्तानी दिईको हो ।
त्यस्तै २ कोठे र ३ कोठे भवन असार मसान्तमै सक्नु पर्नेमा अधिकांशले काम सकेका छैनन् ।
तर दुई कोठे भवनका लागि पुरै साढे तेह्र लाखका दरले ९ ओटा विद्यालयलाई १ करोड २१ लख ५० हजार र तीन कोठेका लागी साढे उन्नाईस लाखका दरले १५ ओटा विद्यालयको खातामा २ करोड ९२ लाख ५० हजार रुपैया भुक्तानी गरिएको पाईएको छ ।
त्यस्तै बाह्यवातावरण शिर्षक अन्र्तगत ४ लाखका कामै नगरेका १५ विद्यालयलाई ६० लाख रुपैया निकासा गरिएको छ ।
त्यस्तै छात्रा शौचालयको लागी २ ओटा विद्यालयलाई ८ लाख रुपैया निकासा गरिएको छ तर उक्त विद्यालयहरुले अझै काम सम्पन्न गरेका छैनन् ।
निर्माणधिन अधिकाँश भवनहरु मापदण्ड विपरित र गुणस्तरहिन सामग्री प्रयोग गरेको पाइएको छ ।
तर कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यामबहादुर बुढाले बैकमा रकम निकासा गरिसकेपछि खाता रोक्न नमिल्ने बताउनु भयो ।
कार्य सम्पन्न प्रतिवेदन र विल नउठाए सम्म भुक्तानी दिन नमिल्ने भन्दै उहाँले आन्तरिक लेखा परिक्षण गर्दा कडाईका साथ हेर्न निर्देशन दिने उल्लेख गर्नुभयो ।
विद्यालयको खातामा निकासा गरेपनि रकम भुक्तानी नदिएर खाता रोक्का गरेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
यता जिल्ला शिक्षा कार्यालयले भने भौतिक पुर्वाधारको कार्यक्रम परेका २ सय ६२ विद्यालय मध्य ९० वटाको बैंक खाता रोक्का गरिएको बताएको छ ।
जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले  जिल्लाका ५५ विद्यालयको खातामा ७ करोड ३४ लाख रुपैया निकासा गरेर बैक खाता रोक्का गरिएको बताउनु भयाे ।
लामो समयको नाकावन्दी , निर्माण सामग्रीको अभाव आदि कारणले समयमा काम सम्पन्न हुन नसकेको हुँदा जिल्लामा आएको बजेट किन फ्रिज गर्ने भनेर विद्यालयहरुले काम सम्पन्न गरेपछि भुक्तानी दिनेगरी खातामा रकम निकासा गरिएको जिल्ला शिक्षा अधिकारी सिंहले दावी गर्नुभयो ।
जिल्ला शिक्षाले ति विद्यालयको खाता रोक्का गरिदिन भन्दै नेपाल बैक लिमिटेडमा पत्र पठाएको जनाएकोे छ ।
६ महिना अघि नै विद्यालय भवन लगायतका भौतिक पुर्वाधार निर्माणको लागी कार्यालय सँग सम्झौता गरिएको भएपनि विद्यालयको उदासिनता र लापरवाहीले समयमा काम सम्पन्न हुन नसकेको बताएको छ ।
विद्यालयमा हुने राजनितिक खिचातानी, विद्यालय ब्यवस्थापन समिति भित्रको विवादका कारण निर्माण समिति गठनमा ढिलाई आदि कारणले थप समस्या देखिने गरेको जिल्ला स्तरीय शैक्षिक सुधार सञ्जालका सदस्य राजेन्द्र विक्रम शाहले वताउनु भयो ।
कामै नगरेर विद्यालयको खातामा रकम निकासा गर्ने गलत प्रबृतिका कारण गत बर्ष नै काम सक्नु पर्ने केही विद्यालयले अझै काम सम्पन्न नगरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा कार्यालयका ईन्जिनियर जगत आरसीले काम नभएका विद्यालयको विल नउठाएको जानकारी दिदै भने काम भएपछि विल उठाउने र त्यसपछि मात्र खाता फुकुवा गरिने दावी गर्नुभयो ।

प्रकाशित मितिः ९ श्रावण २०७३, आईतवार ०६:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *