वीरेन्द्रनगरमा खुलेआम यौनधन्दा

arkakiसुर्खेत, १५ साउन ।
वीरेन्द्रनगर बजार क्षेत्रमा विकृतिको रुपमा मौलाउदै गरेको खुलेआम देहव्यापार विरुद्ध महिला तथा आमा समूहले निगरानी बढाउने थालेको जनाएका छन ।
होटलहरुमा भइरहेको खुलेआम देहव्यापार रोक्न प्रहरी प्रशासनमा ज्ञापनपत्र बुझाएपनि कुनै सुनुवाई नभएपछि आफैले निगरानी गर्ने महिला तथा आमा समूहले बताएका छन ।
हटियास्थित वातावरण टोलले गरेको कार्यक्रममा उनीहरुले खुलेआम देहव्यापारविरुद्ध सम्भावित नाकाहरुमा निगरानी बढाउने बताइएको निर्णय गरेका छन ।
वीरेन्द्रनगरमा होटलहरुमा भइरहेको खुलेआम देहव्यापार रोक्न प्रहरी प्रशासनको सहयोगमा कडा निगरानी बढाउने लक्ष्मी शर्माले बताउनु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले महिला तथा आमा समूहले थालेको कामप्रति प्रहरी प्रशासनको सहयोग र समर्थन दिइ विकृति हटाइने प्रतिवद्धता जनाउनु भयो ।
वातावरण टोलका अध्यक्ष अन्जु बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले खुलेआम यौन व्यापार रोक्न सवैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन ।

प्रकाशित मितिः १५ श्रावण २०७३, शनिबार १२:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *