जाजरकाेटमा यातायात वन्द, यात्रु मर्कामा

imagesजाजरकोट, १९ साउन ।
यातायात भाडा घटाएको भन्दै यातायात व्यबसायीको जाजरकोटमा यातायात बन्द गरेका छन ।
साउन ४ गते यातायात व्यवस्था बिभागले गरेको नयाँ भाडादरको विरोध गदै उनीहरुले यातायात वन्द गरेका हुन ।
जाजरकोटदेखि सल्लीबजारको लागि १ सय ८६, जाजरकोट देखि नेपालगन्जको लागि ४ सय ६४ र जाजरकोट देखि काठमाडौंको लागि एक हजार ३ सय ६६ रुपैयाँ नयाँ भाडा कायम गरिएको छ ।
यसअघि व्यवसायीले जाजरकोट देखि नेपालगन्ज एक हजार र जाजरकोट देखि काठमाडौं १८०० देखि २५०० सम्म भाडा लिदै आएका थिए ।
नया भाडा निर्धारणले आफुहरु मर्कामा परेको भन्दै भाडादर समायोजन नगरेसम्म यातायात सन्चालन नगर्ने चेतावनी दिएका छन ।
बन्दको कारण जाजरकोट देखि सल्लीबजार, सुर्खेत, नेपालगन्ज ,काठमाडौंसम्म आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन ।
जाजरकोटमा भेरीगंगा यातायात, भेरीराप्ती यातायात, मध्यपश्चिम यातायात लगाएत व्यबसायी समितिले बसहरु सञ्चालन गदै आइरहेका छन ।

प्रकाशित मितिः १९ श्रावण २०७३, बुधबार ०६:५६