पीडितका उजुरी नै दर्ता गदैन सुर्खेत प्रहरी

सुर्खेत,२५ साउन ।
जिल्ला प्रहरी कार्यालयले कानुनसम्मत नभएको भन्दै मानव बेचविखन विरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको पीडितले गुनासो गरेका छन ।
३ वर्ष अघि सुर्खेत अवलचिङका प्रेमबहादुर रानाले वीनपा–२४ की इन्द्राकुमारी खड्कालाई बिहे गरेको वहाना वनाएर भारतमा लगि बेपत्ता पारको भन्दै आफन्तले राना विरुद्ध उजुरी दिन खोज्दा प्रहरीले लिन नमाउने उनीहरुले वताउका छन ।
प्रहरीकहाँ पटक–पटक जाहेरी दर्ताको लागि निवेदन गरेपनि विभिन्न वाहानामा जाहेरी दर्ता गर्न नमानेको इन्द्राका बुबा टेकबहादुर खड्काले वताउनु भयो ।
२०७० जेठ २४ गते अवलचिङ –८ का रानाले १४ वर्षिया छोरीलाई विहे गरेको वहाना वनाएर भारतमा लगेको र बेपत्ता पारेको टेकबहादुरले बताउनु भयो ।
भगाएर लगेको केही समयसम्म छोरीसँग सम्पर्क भएपनि अहिले कहाँ छिन् भन्ने कुनै अत्तोपत्तो नभएकोले खोजतलास गर्न प्रहरीलाई गुहारेपनि प्रहरीले जाहेरी नै दर्ता गर्न नमानेको उहाँले गुनासो गर्नुभयो ।
‘भगाएर लगेको केही समयपछि छोरीले गुजरातबाट फोन गरेको उल्लेख गदै उहाँले त्यसपछि छोरीसँग सम्पर्क नभएको वताउनु भयो ।
लामो समयसम्म पनि छोरीको खबर नआएपछि खड्काले २०७१ जेठमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छोरीको खोजी गरिपाउँ भन्दै निवदेन दिनु भएको थियो ।
‘प्रहरीमा निवेदन दिएपछि रानाका आफन्तले उनीहरु गुजरातमा विबाह गरी ढुक्कसँग बसेकोले बेकारमा चिन्ता नलिन भनेपछि आफुहरु चुप लगको उहाँले वताउनु भयो ।
रानाले प्रहरी कार्यालयमा नै आफुले भारतमा लगेको स्वीकार गर्दै र खोजी ल्याउने कागज गरेको वताएको छ ।
गत जेठ १ गते राना घर आएको वेला छोरीको अवस्था वुझना जादा भोगेपछि थप आशंका भएकोले छोरी बेचिएको शंकामा मानव बेचविखन विरुद्धको मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा धाइरहेको पीडितले जनाएका छन ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुरजंग मल्लले केटी पक्षले दिएको जाहेरी कानुनसम्मत नभएकोले दर्ता गर्न नसकिएको बताउनु भयो ।
महिला आफै आएपछि मात्रै वेचविखनको उजुरी लिन मिल्ने भन्दै उहाँले सवै प्रक्रिया पुरा गरेर जाहेरी दर्ताका लागि ल्याउन आफुले पटक–पटक आग्रह गरेपनि प्रक्रिया पु¥याउन नसकेका कारण जाहेरी दर्ता नभएके उल्लेख गर्नुभयो ।

उहाँले केटा पक्षका बाबु सम्पर्कमै रहेको र प्रमे राना केटीको खोजीका लागि भारतमा नै गएको प्रहरीको बताउनु भयो ।
मानव बेचविखनका लागि केटी घर फर्केर अदालत समक्ष प्रमाणित गराएमात्रै दर्ता हुने प्रावधान रहेको डीएसपी मल्लको भनाइ छ ।

प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार १४:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *