बद्री पन्त
जाजरकोट ५, भदौ ।
सरकारी कर्मचारीले बर्षमा कति दिन कार्यालयमा हाजिर हुन पर्छ होला ? धेरैका लागि नया“ विषय पक्कै होईन । कर्मचारीले गोष्ठी, घर विदा, काज, र विरामी विदा बस्दा कार्यालयमा हाजिर नहुने प्राव्धान त छ“दैछ । तर डिभीजन सडक कार्यालय चौरजहारीका प्रमुख जितेन्द्र कुमार चौधरी भने गत आर्थिक बर्षमा एक महिना पनि हाजिर नभएको पाइएको छ ।
उहाँले घर विदा, विरामी लगाएतका सुविधा पनि लिनु भएको छैन । तर हाजिर रेर्कडमा अधिकांश काज उल्लेख हुने गरेको छ ।
१२ महिनाको अवधीमा २ सय ३३ दिन कार्यालयमा हाजिर हुनु पर्ने प्राब्धानलाई लत्याउदै चौधरी महिनादिन पनि कार्यालयमा उपस्थीत नभएको पाइएको हो ।
डिभिजन प्रमुख चौधरी कार्यालयमा नवस्दा जाजरकोट, रुकुम र डोल्पाको सडक, पुल लगाएत भौतिक पुर्वाधार निर्माण अलपत्र परेका छन ।
डिभीजन प्रमुख चौधरीको लापरबाहीले जाजरकोटका आधा दर्जन पुल तथा सडक योजना अलपत्र परेका छन् ।
उहाँले चौरजहारी स्थित कार्यालय भवन बाहेकका कार्यक्षेत्रमा पाईलो समेत टेकेको पाइदेन ।
कार्यालय प्रमुखले जिम्मेवारी पूर्वक कार्य नगर्दा पासागाड खोला, किमखोला, सिम्लेखोला, खिरखोला र खोदा खोलाको पुल निर्माण कार्य अलपत्र परेको छ ।
गलत डिजाईनले पासागाड खोलाको पुल निर्माण ३ बर्षदेखि अलपत्र छ ।
किमखोला, खिरखोला, सिम्लेखोला र खोदा खोलाको पुल निर्माणका लागि गत बर्षमा निकासा भएको बजेट फिर्ता भएको ईन्जिनियर रिकेश महर्जनले बताउनु भयो । ती पुलको कार्य प्रारम्भ नै हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
चिसापानी बैरीताल पुल, खलंगा शहरी सडक, खलंगा पा“चकाटीया ब्युलीढुंगा जुम्ला सडक, गैरखाली कोइर्याली सडक, बोहरा इबर मिथ्यांग्रा सडक लगाएत योजनाको निर्माण कार्य पनि अलपत्र परेको छ ।
डिभीजन प्रमुख चौधरी नियमित कार्यालयमा नबस्दा जाजरकोटका सडक र पुल निर्माण कार्यले गति लिन नसकेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो ।
सडक सम्बन्धि समस्या आएको बेला डिभिजन प्रमुखलाई खोज्दा संधै काठमाण्डौंमा रहेको पाइएको प्रजिअ गौतमले उल्लेख गर्नुभयो ।
दुई कार्यालयको एउटै प्रमुख भएकोले पनि समस्या भएको उहाँले जाजरकोटमा आयोजना गरिने गोष्ठी, बैठक, समीक्षा लगाएत कार्यक्रममा चौधरी उपस्थित नहुने गरेको बताउनु भयो ।
चौधरी सुर्खेत जुम्ला सडक योजना र डिभिजन सडक कार्यालय चौरजहारी दुबै कार्यालयको प्रमुख रहेको वताएको छ ।
राजनितिक पहु“चमा चौधरी दुई कार्यालयको प्रमख हुने मौका पाएको वताउनु भयो ।
चौधरी तत्कालिन मन्त्री विजय कुमार गच्छेदारको निर्देशनमा गत बर्षदेखि दुई कार्यालयको प्रमुख भएको खुलेको छ ।
दुई कार्यालयको प्रमुख रहेका उनले अधिकांश सेवा राजधानी काठमाण्डौंबाटै प्रवाह गर्ने गरेको पाइएको छ ।
विल भपाई र योजनाको भुक्तानी आदेश समेत काठमाण्डौंबाटै हुने गरेको एक कर्मचारीले बताएका छन ।
डिभीजन प्रमुख चौधरीले योजना निर्माणको निरीक्षण अनुगमनको त कुरै छाडौं, कार्यक्षेत्रमा अनुहार पनि नदेखाएको निर्माण ब्यबशायी संघका अध्यक्ष तेज विक्रम शाहले जानकारी दिनुभयो ।
चौधरी सम्बन्धित व्यवसायीबाट १० प्रतिशत कमीशन उठाउन मात्र एक साताका लागि कार्यालयमा उपस्थित हुने गरेको आरोप समेत अध्यक्ष शाहले लगाउनु भयो ।
कार्यालयको जिम्मेवारी समालेका प्रमुख नै नियमित कार्यक्षेत्रमा नबस्दा योजना अलपत्र पर्ने गरेको शाहले उल्लेख गर्नुभयो ।
यता दुई कार्यालयको प्रमुख भएकाले नियमित उपस्थित हुन नसकेको डिभीजन प्रमुख चौधरीले बताउनु भयो ।
कार्यक्षेत्रमा खटीएका अरु २÷३ जना ईन्जिनियर भएकाले पनि समस्या नभएको उहाँले उल्लेख गर्नुभयो ।