काउसो हानेर १२ लाख लुटन खोजेपछि…

12187861_723284121136375_3719082188643304311_n
व्यवसायी शिवप्रसाद गौतम ।

सुर्खेत, ५ भदौ ।
सुर्खेतका व्यवसायी शिवप्रसाद गौतमको शरीरमा काउसो हालेर १२ लाख रुपैयाँ लुट्ने प्रयास असफल भएको छ ।
आइतवार दिउसो १ बजेतिर राष्ट्रिय बाणिज्य बैंकबाट पैसा निकालेर ओर्लने क्रममा एक जना लुटेराले गौतमको शरीरमा काउसो हालेको थियो ।
काउसो हालेर पैसा लुटने प्रयास गरेपनि आफुले रकम बोकेको झोला नछोड्दा लुटेराले पैसा लुट्न नपाएको गौतमले बताउनु भयो ।
गौतमले एपेक्स बैंकबाट ७ लाख, आफूसंग भएको ३ लाख र बाणिज्य बैंकबाट निकालेको १ लाख ८२ हजार गरी करिव १२ लाख रुपैया वोक्नु भएको थियो ।
बाणिज्य बैंकबाट रकम झिकेर झोलामा हाली कोलियाबाट झर्दै गर्दा कानमा हावा लागेजस्तो भएको उल्लेख गदै उहाँले त्यहीवेला शरीरमा काउचो हानिएको वताउनु भयो ।
आपूmमाथि घटना हुनवित्तिक्कै बैंक प्रशासनलाई पनि खबर गरेको जानकारी गौतमले बताउनु भयो ।
काउसो हाल्ने युवकलाई आफूले चिन्न नसकेको उल्लेख गदै उहाँले रातो चेक
सर्ट लगाएको, करिव २०–२२ बर्ष उमेरको कालो बर्णको युवकले काउचो हानेर भागेको वताउनु भयो ।
काउचो हान्न वित्तकै अर्कोतिर फर्किएकोले चिन्न नसकेको भन्दै आफूले रकम राखेको झोला शरीरबाट नछोडेकोले लुट्न नपाएको उल्लेख गर्नुभयो ।
ठूलो भाग्यले आफ्नो लाखौं रकम लुटिनबाट जोगिएको गौतमले वताउनु भयो ।

प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १३:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *