सुर्खेत, ६ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गोपाल मिश्र लगायतका विरुद्ध विशेष अदालतमा भष्ट्राचारको मुद्धा दर्ता गरेको छ ।
सशस्त्र प्रहरी वल नौवस्ता बाँकेमा कार्यरत रहदा सामान खरिदमा अनियमिता गरेको भन्दै मिश्र, प्रहरी निरिक्षक चित्रवहादुर केसी, शसस्त्र प्रहरी सहायक निरिक्षक नैत्रबहादुर खत्री विरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले सामान खरीदमा अनियमितता भएको भन्दै जेजे ट्रेडिङ्ग एण्ड ईन्टरप्राइजेजका संचालक राजु रावल विरुद्ध पनि मुद्धा दर्ता गरेको जनाएको छ
आर्थिक बर्ष २०७१ र ७२ को बजेटबाट मिश्रले गोप्य रुपले किर्ते खरिद बोर्ड गठन गरी फर्जी बिल भपाई रकम हिनामिना गरेको अख्तियारले वताएको छ ।
सम्झौतामा जिल्ला र स्थानीय दररेट भन्दा अत्यधिक मुल्य बढाई कम परिमाणका सामानहरु खरिद गरेको, नक्कली दस्तखतबाट झूठ्ठा खरिद प्रतिबेदन कागजातहरु बनाएको अख्तियारले उल्लेख गरेको छ ।
सामान खरिदको लागि बिनियोजित रकम बिल बिजक र सामान स्टोरमा दाखिला नहुँदै आपूर्तिकर्तालाई पूरै रकम सम्झौता गरेकै दिनमा भुक्तानी गरी १ करोड ६६ लाख रुपैया हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।
भष्ट्राचार निवारण ऐन २०५९ अनुसार उनीहरुवाट जनही १ करोड ६६ लाख रुपैया विगो असुल उपरी गरी कारवाही गर्न अख्तियारले माग गरेको छ ।