सडकको कन्त विजोग, गाडी धकेलेरै यात्रु पुग्छन गन्तव्यमा

बद्री पन्त
जाजरकोट ८, भदौ ।
बर्षेनी जाजरकोट जिल्लाका विभिन्न भुभागमा सडक खन्ने काम हुन्छ । तर गाउँ पिच्छे खनीएका तीन दर्जन बढी सडक अलपत्र परेका छन् । स्थानीयले अघिल्लो बर्ष मोटर चढ्ने उत्साहका साथ खनेका ती सडकको पछिल्लो बर्ष कुनै नाम निसाना नै पाउन गाहा्रे पर्ने गरेको छ । जाजरकोटमा निर्माण भएका अधिकांश सडक यातायात सेवा संचालनका लागि नभै नाम मात्रका छन ।
ग्रामीण सडक राजनीतिक दलका कार्यकर्ता र उपभोक्त समितिहरुका लागि गतिलै कमाइ खाने भाडो जस्तै भएका छन । सडक निर्माणका नाममा करोडौं खर्च भैसक्दा पनि यहाँका स्थानीयले यातायात सुविधा पाउन सकेका छैनन् । सडक खन्यौं यातायात संचालन गरयौं भन्ने सोच नहुँदा र हचुवाका भरमा सडक खन्दा यस्तो हुन गएको हो । जिल्लाका विभिन्न भुभागमा ग्रामीण सडक, कृषि सडक, पर्यटन सडक र जिल्ला सडक गरी तीन दर्जन सडक निर्माणका लागि १ अरब बढी रकम खर्च भैसकेको देखिन्छ ।
IMG_2444बर्षातले सडक भत्किनुको साथै ठाउँठाउँमा पहिरो गएपछि यातायातका साधन संचालन हुन नसकेपछि योत्रुलाई सास्ती भएको छ । सडक मर्मतका लागि सम्बन्धित निकायले वेवास्ता गरेको पाइएको छ । सडक यातायात अबरुद्ध हुदा विभिन्न सेवा लिन सदरमसुकाम आउने, विरामी उपचार, खाद्य सामाग्री ढुवानी लगाएतमा समस्या भएको ढिमे १ पाँचकाटीका व्यापारी ललीत बहादुर खत्रीले बताउनु भयो ।
जाजरकोटमा जिविसले बार्षिक १२ करोड र डिभिजन सडक कार्यालय चौरजहारी रुकुमले बार्षिक १३ करोड वजेट सडक निर्माणमा खर्च गर्दै आएका छन । तर बार्षिक २५ करोड खर्चेका सडकको उपलब्धी भने शुन्य जस्तै रहेको छ । खलंगा, जुम्ला—पाँचकाटीया, छेडा, मोर्क, बालुवा, थलह, भुरचौर — भेडेखर्क, पाँचकाटीया — फुलचाउली, खलंगा — भेडेखर्क, लिर्ता — कार्कीगाउँ, पाँचकाटीया — पैंक, छेप्का, कैना, कालिमाटी, पिपलचौर, लहँ खाल्चौर लगाएतका ३ दर्जन सडक अलपत्र परेका छन् । जिल्लाका सीमा, भुर, जगतीपुर, खलंगा क्षेत्र बाहेक अन्यमा सडक यातायात सेवाले छुन सकेको छैन
IMG_5403जिल्लामा सडक धेरै छन् तर यातायात सेवा छैन । जिल्लामा आर्थिक केन्द्र जोड्ने सडक ६, सहरी सडक १५, क्षेत्रीय सडक १४, पर्यटन सडक २, कृषिक सडक १०, जुम्ला जोड्ने सडक ६, डोल्पा जोड्ने सडक १, मध्यपहाडी लोकमार्ग १ र दर्जन ग्रामीण सडक निर्माणाधीन छन् । लोक मार्ग र जाजरकोट — डोल्पा सडक बाहेकका सडक अलपत्र परेका हुन् ।
बर्षातले खलंगा पा“चकाटीया, फुलचाउली, छेडा थलह सुवानाउली, कुदु जगतीपुर, फेरा कार्कीगाउ, बोरा छिप्रेना, खलंगा रिम्ना लगाएत सडकको यातायात रोकिएकाको छ । सदरमुकाम बाहिरका गाउ गाउसम्म सडक सञ्जाल फैलिए पनि दर्जनौं स्थानमा पहिरो जानुका साथै आधा दर्जन खोलामा पुल नहु“दा र सडक हिलाम्मे तथा खाल्डाखुल्डी हु“दा सवारी साधन चल्न नसकेका हुन् । जस्का कारण ग्रामीण भेकका स्थानीयलाई आवतजावतमा सास्ती भएकोे छ । यातायात संचालनमा नआएपछि यात्रुहरु खाद्य सामाग्रीको भारी बोकेरै पैदल हिड्न वाध्य भएको ढिमेका डिल्ली बहादुर थापाको भनाइ छ ।
सडक डिभीजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नती तर्फ बेवास्ता गर्दा बर्षेनी बर्षातको समयभर यात्रु सास्ती खेप्न वाध्य छन । सडक अवरुद्ध भएपछि नायकबाडा, रोकायगाउ, पैंक, ढीमे, सक्ला, खगेनकोट, झाप्रा, कार्कीगाउ, दशेरा, अर्छानी, सुवानाउली, टालेगाउ लह“, डा“डागाउ लगाएत डेड दर्जन गाविसका बासिन्दा यातायातको सुविधाबाट बन्चित भएका छन् ।
सडकमा यातायात संचालन नहु“दा दैनिक उपभोग्य बस्तु, विकास निर्माण सामाग्री, औषधी लगाएतको ओसारपसारमा पनि समस्या हुने गरेको छ । बर्षाले जिल्लामा १ सय ५० किलोमीटर सडकको यातायात अबरुद्ध पारेको छ । करोडौंको लगानीमा निर्माण भएका ती सडकमा नियमित यातायात सुचारु नहुने गर्दा स्थानीय बासिन्दालाई सास्ती हुने गरेको छ । सडकमा नाली काट्ने, चौडा पार्ने, ग्रेडीङ्ग मिलाउने, ग्याबीङ्ग, मेसीनरी वाल लगाएत कार्य नहुदा समस्या बढेको जाजरकोटका स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताउनु भएको छ । दशक अघि निर्माण भएका सडकमा समेत बाह्रै महिना यातायात संचालन हुन सकेका छैनन् । सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने प्रचलनले समस्या आउने गरेको पत्रकार महाँसंघ जाजरकोटका अध्यक्ष जनक केसीले जनाउनु भयो ।
IMG_2444बर्षेनी करोडौको सरकारी बजेट खर्च हुदापनि निर्माण कार्य अघि बढ्न नसकी सडक अलपत्र परेका छन । निर्माणको जिम्मा लिएका ठेकेदारले गुणस्तरीय काम नगर्दा सडकको कन्त विजोग भएको हो । निर्माण क्षेत्र खटीएका प्राविधीकले पनि वेवास्ता गर्दा सडक निर्माणको काम भने अनुसार हुन सकेको छैन् । यस खण्डमा घुम्ती र उच्च ग्रेडिगका कारण यातायातका साधन आवजावत गर्न समस्या भएको छ । सडकको रेखांकन प्राविधीक नम्स विपरित हुदा पनि निर्माण कार्य अलपत्र परेको हो । प्राविधीक दृष्टीकोण भन्दा पनि राजनितिक दवावमा घरछेउ नजिकबाट सडक लैजान खोज्दा यस्तो भएको हो । निर्माण भएको खण्डमा यातायाता संचालन नहुदा दर्जन गाउँ विकास समितिका बासिन्दालाई आवजावतमा सास्ती भएको छ भने सरकारी लगानी बालुवामा पानी भएको अध्यक्ष केसीको भनाइ छ ।
पर्यटन र कृषि उत्पादनका हिसावले महत्वपूर्ण मानिने सडकको छिटो स्तरोन्नती र निर्माण सम्पन्न हुनु पर्ने स्थानीयको माग छ । सडकले खलंगा देखि पाँचकाटीया, पंैक, ब्याउलीढुंगा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने लक्ष्य राखेको छ । कर्णाली राजमार्गमा परिणत हुने यो सडक खलंगा – पाँचकाटीया, पैंक ब्याउलीढुंगा हुदै जुम्लासम्म ९० किलोमीटर लामो छ ।

प्रकाशित मितिः ८ भाद्र २०७३, बुधबार ०८:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *