हिरासतमा रहेका श्रीमानलाई ब्राउनसुगर दिदै गर्दा श्रीमति प्रक्राउ

सुर्खेत, १० भदौ ।
चोरी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमानलाई लागू औषध ब्राउनसुगर पुर्याउन गएकी महिला पक्राउ परेकी छन ।
चोरी आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका वीरेन्द्रनगर–१० का २४ बर्षीय प्रेम सिंहलाई लागूऔषध ब्राउनसुगर दिँदै गर्दा २० बर्षीय कल्पना सिंह पक्राउ परेकी हुन ।
dexचुइगमभित्र लुकाइएको ब्राउनसुगर श्रीमानलाई दिन लाग्दा बिहीबार बिहान कल्पनालाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले बताउनु भयो ।
कल्पनाको साथपाट प्रहरीले चुइगमभित्र लुकाइएको एक सय ७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
कल्पनाले चपाइएको चुइगमभित्र प्लाष्टिकले बेरेर ब्राउनसुगर मुखभित्र राखेकी प्रहरीले जनाएको छ ।
‘भेट्ने क्रममा मुखबाट चुइगम निकालेर श्रीमानलाई दिन लाग्दा सुरक्षाकर्मीले शंका मानेर चेकजाँच गर्दा व्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कल्पना माथी अहिले अनुसन्धान चलिहेको छ । कल्पनाका श्रीमान प्रेम साउन ३० गते घुम्ती पसल र फ्रेस सेन्टरमा चोरी गरेको आरोपमा पक्राउ प्रक्राउ परी प्रहरी हिरासतमा छन ।

प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार ११:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *