सुर्खेत जिविस किन भयो फेल ?

सुर्खेत, १२ भदौ ।
न्युनत्तम सर्त कार्यसम्पादन तथा मूल्याकनमा फेल भएपछि जिल्ला विकास समिति सुर्खेतको १० प्रतिशत अनुदान कटौती भएको छ ।
स्थानीय विकास मन्त्रालयले बर्षेनी गर्ने मूल्यांकनमा आर्थिक बर्ष २०७१÷०७२ मा जिविस सुर्खेत फेल भएको हो ।
समयमै गर्नुपर्ने कामहरु नगरेको, न्यूनतम बेरुजु फछ्र्यौट गर्न नसकेको, जिविसका कर्मचारी तथा गाविस सचिवहरुले भर्नुपर्ने तथ्यांकहरु नभरेको जस्ता कारणले आवश्यक सूचकहरु पूरा नहुदा जिविस फेल भएको हो ।
४६ वटा सूचकको १ सय पूर्णाकमा सुर्खेत जिविसले ६२ अंक प्राप्त गदै ‘ग’ श्रेणीमा परेको छ ।
14064094_1772587843015860_8186777602230055006_nन्युनत्तम सर्त कार्यसम्पादन तथा मूल्याकनमा धनकुटा पहिलो, दैलेख र बाके दोस्रो र प्युठान तेस्रो भएका छन ।
उत्कृष्ट अंक ल्याउदै यी जिविसहरुले २० प्रतिशत थप अनुदान प्राप्त गर्न सफल भएका छन् ।
जिविसका अधिकृत टंकप्रकाश लामिछाने ‘क’ श्रेणीमा पर्ने जिविसहरुले १५ प्रतिशत र ‘ख’ श्रेणीमा पर्नेले १० प्रतिशत थप अनुदान प्राप्त गर्छन भने ‘ग’ श्रेणी पर्नेको १० प्रतिशत र ‘घ’ श्रेणीमा पर्ने जिसिवको १५ प्रतिशत अनुदान कटौती हुने बताउनु भयो ।
स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले आवधिक योजना पास हुनुभन्दा अगाडी नै अडिट भएको, बालमैत्री शासन सम्वन्धी नीति नवन्नु, सार्वजनिक सुनुवाईको प्रतिवेदन समयमै नआउनु जस्ता कारणले जिविस फेल भएको वताउनु भयो ।
यता नजिता सार्वजनिक कार्यक्रमका सहभागीहरुले भने न्युनत्तम सर्त कार्यसम्पादन तथा मूल्याकनमा जिल्ला फेल हुनु दुखको विषय भएको बताएका छन ।
उनीहरुले आगामी दिनमा यस्ता गल्ती दोहरिन नदिन समेत कर्मचारीहरुलाई आग्रह गरेका
यसैवीच जिसिव सुर्खेतले आफ्ना गाविस सचिवसहरुसंग कार्यसम्पादन सम्झौता गरेको छ । स्थानीय विकास अधिकारी हिरालाल रेग्मी र गाविस हकहित संरक्षण केन्द्रका कार्यवाहक अध्यक्ष नारायणदेव गिरीवीच आइतवार कार्यसम्पादन सम्झौता भएको हो ।
अव गासिव सचिवहरुले सम्झौता अनुसार आ–आफ्ना गाविसहरुका कार्य सम्पादन गर्नुपर्नेछ ।

प्रकाशित मितिः १२ भाद्र २०७३, आईतवार १२:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *