सुर्खेत, १२ भदौ ।
नेपाल बैंक लिमिटेड जाजरकोट शाखाका कर्मचारीले सेवाग्राहीलाई दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ ।
बैंकिगं कारोबारका लागि बैंकमा जाने सेवाग्राहीलाई कर्मचारीले हप्काउने, थर्काउने जस्ता दुव्र्यवहार गदै गर्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन।
सवै प्रक्रिया पुरयाएर स्टेडमेन्ट माग्ने, चेक साट्ने लगायतका काम गर्न जादा कर्मचारीले यो मिलेन, त्यो मिलेन भन्दै अनावस्यक दुख दिने गरेको संचारकर्मी नवराज शाहीले बताउनुभयो ।
कार्यालयको छाप परिवर्तनको लागि वैक जादा नयाँ छापले काम हुदैन भन्दै कर्मचारी सत्रुधन सिंहले आफुलाई सास्ती दिएको उहाँले वताउनु भयो ।
बैंकका निमित्त शाखा प्रबन्धक प्रकाश पौडेलले पनि सेवाग्राहीलाई विभिन्न वाहाना वनाएर दुख दिदै आएको सेवाग्राहीले गुनासो गरेका छन ।