वर्षेविदादेखि प्रअ खुमवहादुर खत्री वेपत्ता

सुर्खेत, १५ भदौ ।
चन्द्रसुर्य प्राथामिक विद्यालय लेखपराजुलका प्राध्यानाध्यापकलाई कारवाही गर्न अभिभावकले माग गरेका छन
वर्षेविदादेखि विद्यालयको सम्पर्कममा नआएको भन्दै वडा नागरिक मञ्चले प्रअ खुमबहादुर खत्रीलाई आवश्यक कारवाही गर्न सम्वन्धि निकायसग माग गरेको छ ।
बर्षे विदा भएको एक महिनासम्म विद्यालयको सम्पर्कमा नआएको, विद्यालयमा खेताला शिक्षक राखेको, छात्राबृत्ति रकम हिनामिना गरेको आरोप वडा नागरिक मञ्चले लगाएको छ ।
विद्यालयको शैक्षिक गुणस्तरमा असर पार्ने काम प्रअ बाट भएको भन्दै जिशिका समक्ष आवश्यक कारबाहीको लागि निवेदन परेको छ ।
court-justiceमञ्चको भेलाले विद्यालयका प्रअको लाप्रवाहीको आवश्यक छानविन गरी कारबाही गर्न माग गरिएको वडा नागरिक मञ्चका सदस्य तिलकबहादुर खत्रीले बताउनु भयो ।
विद्यालयमा आवश्यक निरीक्षण गरी दोशीलाई कारवाही गरिने जिल्ला शिक्षा अधिकारी दिपा हमालले बताउनु भयो ।
उहाँले विद्यालयमा प्रअ नआएको, पाठ्यपुस्तक उपलब्ध नगराएको लगायतका आरोपमाथी आवश्यक छानविनका लागि विद्यालय निरीक्षकलगायतलाई विद्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यता प्रअ खत्रीमाथी लगाइएको आरोपको बारेमा बुझ्न खोज्दा उहाँसग सम्पर्कमा हुन सकेन ।

प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १२:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *