गलत डिजाइनको शिकार पासागाड पुल

बद्री पन्त
जाजरकोट १६, भदाै ।
जाजरकोट सदरमुकाम खलंगा देखि ४ किलोमीटरको दुरीमा रहेको पासागाड खोलामा गत आर्थिक बर्षमा निर्माण सम्पन्न गरी सक्नु पर्ने सडक पुलको सिलान्यास समेत भएको छैन ।
३ बर्ष अघि सो पुल निर्माणका लागि ब्यबशायी कम्पनी र सडक विभाग विच सम्झौता भएको थियो । आईएमइ आरसी कन्सलटेन्सी ललितपुको चरम लापरबाहीको कारण गलत डिजान गर्दा छिन्चु – जाजरकोट सडकको उक्त पुल निर्माण अलपत्र परेको हो ।
कन्सलटेन्सी कम्पनीले गरेको हचुवा डिजाइनका कारण पुल निर्माणको कार्य शुरु नभएको हो । पुल निर्माण स्थलको भौगोलिक अवस्था र डिजाईन विच तालमेल नमिल्दा लुम्विनी–आशिष जेभी निर्माण सेवा काठमाण्डौंले निर्माण शुरु गर्न सकेको छैन । डिजाईन एक, निर्माण स्थलमा गर्नुपर्ने कार्य अर्को भएकोले पुल निर्माण अलपत्र परेको निर्माण सेवाका ईन्चार्ज राजन भण्डारीले बताए । पुल निर्माणमा ढिलाई हु“दा पासागाड खोलामा बर्षे सिजनमा यातायातका साधनलाई वारपार गर्न समस्या हुने गरेको छ । निर्माण सेवाले पुल निर्माणका लागि ३ करोडमा सम्झौता गरेको २ बर्ष वितेको छ ।
कन्सलटेन्सि कम्पनीले ३ बर्ष अघि ७ लाखको लागतमा पुलको डिजाइन निर्माण गरेको सडक डिभीजन कार्यालय चौरजहारीले जनाएको छ । पुलको डिजाईन अनुसारको स्थान नै नभएको कार्यालयले जनाएको छ । गलत डिजाईनका कारण रुकुममा पनि २ वटा पुल निर्माण अलपत्र परेको बताइएको छ ।
IMG_20160829_163408आईएमइ आरसी कन्सलटेन्सीले पुल ४६ मिटर लम्बाईको डिजाईन गरेको छ । तर पासागाड खोलामा सर्भे गर्दा २५ मीटर लम्बाईको पुल आवश्यक छ । किन राज्यको बजेट खेर फाल्ने ? कन्सलटेन्सीको डिजाईन अनुसार विभागले ठेक्का पट्टा सम्झौता कार्य गरेको छ । निर्माण कम्पनीलाई साईड देखाउने क्रममा गलत डिजाईनको खुलासा भएको सडक डिभीजनले जनाएको छ । सडक डिभीजनले कम लागतमा निर्माण हुने पुलमा ३ करोड भुक्तानी गर्न नसक्ने भएपछि निर्माण शुरु नभएको हो । सडक विभागले कन्सलटेन्सीको डिजाईनका आधारमा भएकोे ठेक्का सम्झौता अनुरुप भुक्तानी दिन तयार भएमा तत्काल कार्य सुचारु गर्ने निर्माण कम्पनीले जनाएको छ । एकै साथ सम्झौता भएका जाजरकोटकै अन्य २ पुल निर्माण सम्पन्नको अन्तिम चरणमा पुगीसकेका छन् ।
पासागाड मोटरेबल पुल निर्माणमा भएको डिजाईन अनुसार स्थान फरक परेको कन्सलटेन्सी कम्पनीका ईन्जिनियर दिपक गुप्ताले वताए । सडक डिभीजनले तोकेको स्थान र कम्पनीले डिजाइन गर्नु अघि सर्भे गरेको स्थान नै फरक पर्दा समस्या भएको गुप्ताको भनाई छ । कन्सलटेन्सी कम्पनीले पुलको सर्भे स्थलगत नगरेरै कालपनिक डिजाईन बनाएको आशंका गरेका छन् । उक्त कन्सलटेन्सीलाई सडक विभागले कारबाही गर्नु पर्ने मटेलाका ज्ञानी प्रसाद शर्माको भनाइ छ ।

प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार ०८:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *