बलात्कार गर्न खाेज्ने दुई किशोर पक्राउ

बद्री पन्त
जाजरकोट २१, भदौ
विद्यालयबाट घर फर्कदै गर्दा एक किशोरीलाई बलात्कारको प्रयास गर्ने दुई जना किशोरलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ ।
युवतीका आफन्तको उजुरीका आधारमा दशेरा ८ बडावनका १८ बर्षिय भरत शाही र सोही ठाँउका चन्द्रबहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय पाँचकाटियाले पक्राउ गरेको हो ।
dexढिमे – १ दमदाला स्थित एक विद्यालयमा अध्ययन गरेर फर्कने क्रममा पाँचकाटियाको जंगलमा भेरीमालिका नगरपालिका २ तिमिलेकी एक १३ बर्षिय किशोरीलाई ति युवकले बलात्कारकाे प्रयास गरेका थिए ।
युवती चिच्याएपछि ति युवकहरु तत्काल भागेका थिए ।
प्रहरीले ति दुवै जना किशोेरलाई जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनु भयो ।
उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बोहराले बताउनु भयो ।

प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार ०६:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *