अनुगमन हुन्छ, कारबाही हुदैंन

सुर्खेत, २३ भदौ ।
बजारमा म्याद नाघेका उपभोग्य बस्तुहरु छ्याप्छ्याप्ती रहेको पाइएको छ ।
चाडपर्व नजिकिदैं गर्दा व्यापारीहरुले म्याद नाघेका उपभोग्य बस्तुहरु विक्री
गर्ने, मिसावट गर्नेजस्ता कामहरु गर्ने भएकोले जिल्ला बजार अनुगमन समितिले पनि
बजार अनुगमनलाई तीव्रता दिएको छ । वीरेन्द्रनगर बजार अनुगमनका क्रममा
धेरैजसो स्थानमा म्याद नाघेका अखाद्य बस्तुहरु फेला परेका छन् । समितिले
त्यस्ता बस्तुलाई ‘अन द स्पट’मै नष्ट गराएको छ ।
20160908_145347बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानको नेतृत्वमा विहीवार बजार क्षेत्रका विभिन्न पसलहरुको अनुमगन गरेको थियो । अनुगमनका क्रममा धेरैजसो पेय पदार्थहरुको म्याद नाघेको पाइएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । उनले चिसो पेय पदार्थलगायत अन्य खाद्य सामग्रीहरु पनि म्याद नाघेकोले ‘अन द स्पट’मै नष्ट गराइएको बताए । चाडपर्व नजिकिदै गरेको अवस्थामा व्यापारीहरुले मिसावट गर्नेजस्ता क्रियाकलापहरु गर्ने भएकोले सो कार्य रोक्न समितिले बजार अनुगमनलाई तीव्रता दिने उनको भनाइ छ । पौडेलले भने, ‘अव बजार अनुगमन नियमित हुन्छ, मौसमी हुदैंन ।’

अहिले करिव ३ महिनापछि बजार अनुगमन भएको छ । उपभोक्ताहरुले बजार अनुगमन मौसमी भएको आक्रोश पोखेका थिए । यस्तै समितिले ठूला पसल, डिलरहरुको अनुगमन नगरी साना घुम्टी र पसल अनुगमन गरेको भन्दै पनि असन्तुष्टि जनाएका थिए । उपभोक्ताहरुको सो आक्रोश पछि समितिले चियो पेय पदार्थको डिलरहरुको पनि तत्कालै अनुगमन गरेको थियो । ती स्थानहरुमा पनि म्याद नाघेका धेरै पेय पदार्थ पाइएको बताइएको छ ।

बेलाबेलामा बजार अनुगमन भएपनि दोषी व्यापारीहरुलाई कुनै कारबाही भएको
देखिएको छैन । म्याद नाघेका सामानहरु भेटिएमा नष्ट गर्ने, आइन्दा त्यस्ता
सामान नबेच्नु भन्दै छाडिने गरिएको छ । जसका कारण व्यापारीहरुको मनोबल झन बढेको देखिन्छ । दोषीलाई सामान्य कारबाही भएको भए सवै सचेत हुने तर कारबाही नभएकोले कसैको डर त्रास नहु“दा विकृति झन मौलाएको उपभोक्ताहरु बताउ“छन् । उनीहरुले अनुगमन मात्र होइन, दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन् ।
सुर्खेत पत्र दैनिकवाट

प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार ०९:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *