सुर्खेत, २६ भदौ ।
अख्तियार दुरुपायोग अनुसन्धान आयोगले भेरी अञ्चल अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पिताम्वर सुवेदीसहित ४ जना विरुद्ध भष्ट्राचार मुद्धा दर्ता गरेको छ
अख्तियारले सुवेदी सहित शाखा अधिकृत स्टोर किपर माधवप्रसाद ज्ञवाली, लेखापाल मनिराम बर्मा र लेखा अधिकृत पदम बहादुर जिसी विरुद्ध विशेष अदालतमा भष्टाचारको मुद्धा दर्ता गरेको छ ।
चार जनाले आर्थिक वर्ष ०७०÷०७१ को भेरी अञ्चल अस्पतालको आमा सुरक्षा कार्यक्रम तथा सामाजिक सेवा ईकाई लगायत कार्यक्रमको रकम हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुवेदीले अनियमित तरिकाले औषधि, सर्जिकल उपकरण, मसलन्द, मेसिनरी औजार खरिद गरी अस्पताल तथा विकास समितिको रकम हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ ।
चारै जनाले राज्यको रकम हिनामिन गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुलाई करवाही गर्न आग गदै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
सुवेदीवाट ४२ लाख ९० हजार ९ सय, बर्माबाट ४२ लाख ३ हजार ९ सय, ज्ञवालीवाट २१ लाख २ हजार २ सय र जिसीबाट ८७ हजार बिगो असुल उपर गदै बिगो बमोजिम कारवाही गर्न अख्तियारले माग गरेको छ ।