निर्माण ढिलाईले प्रशासनिक भवनको लागत बढ्यो

indexसुर्खेत, २८ भदौ ।
निर्माणमा भएको ढिलाईले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको निर्माण लागत बढेको छ ।
निर्माण लागत २३ करोड रुपैया रहेकोमा निर्माण ढिलाईको कारण एक करोड लागत थपिएको विश्वविद्यालयले जनाएको छ ।
यही भदौ महिनावाट निर्माण सुरु हुनुपर्ने भवन अव आगामी मंसिर महिनावाट सुरु हुने विश्वविद्यालयका राजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले वताउनु भयो ।
उहाँले भवनको डिजाईन मोडिफाइ गर्नु पर्ने भएकोले निर्माणमा ढिलाई हुन गएको बताउनु भयो ।
अव हप्तादिन भित्रै टेन्डर खोलेर आगामी मसिंर महिनावाट निर्माण सुरु गर्ने रजिष्ट्रार डा. मल्लले जानकारी दिनुभयो ।
भुकुम्पपछि सरकारले जारी गरेको भवन निर्माण आचार सहिंता अनुरुप प्रशासनिक भवनको डिजाइन मोडिफाई गर्नु परेकोले निर्माणमा ढिलाई हुन गएको पनि उहाँले उल्लेख गर्नुभयो ।
यसअघि २३ करोड निर्माण लागत अहिले वढेर २४ करोड रुपैया भएको छ ।
जिल्लाको दररेट वढेसगै निर्माण सामाग्रीको दर पनि वढने भएकोले लागत पनि बढेको वताएको छ ।
प्रशासनिक भवन निर्माणको लागि ५ करोड रुपैया प्राप्त भैइसकेको र वाँकी रकम कार्य प्रगतिको आधारमा प्राप्त हुदै जाने रजिष्ट्रार मल्लले बताउनु भयो ।
निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको सिनेटको अवसर पारेर सरकारको तर्फवाट प्रशासनिक भवन निर्माण गर्न ५ करोड रुपैयाको चेक हस्तान्तरण गर्नु भएको थियो ।
केन्द्रीय प्रशासनिक भवनमा उपकुलपति, रजिष्ट्रार, सेवा आयोग, सवै डिन कार्यालय, परिक्षा नियन्त्रण कार्यालय र निर्देशनालयहरुको कार्यालय रहने छन ।

प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १०:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *