विकासमा चरम वेथिति पुल र खोलाको सतह बराबर

IMG_0519बद्री पन्त
जाजरकोट ३०, भदौ
मध्य पहाडी लोकमार्गको जाजरकोटको स्याउली स्थित फेराखोला पुल निर्माण हचुवा भएको छ । लोकमार्ग अन्र्तगतको उक्त पुल खोला भन्दा होचो निर्माण भएको छ । सम्बन्धित निकायको हचुवा सर्भे डिजाइनका कारण ३ करोड लागतको पुलको उचाई र लम्बाईमा समस्या आएको छ ।
दुई बर्ष अघिदेखि निर्माणधीन पुल र खोलाको सतह बराबर रहेको छ । सरोकारवालाले पुल खोला भन्दा होचो भएको प्रतिक्रिया बारम्बार दिंदा पनि निर्माण कम्पनी र कार्यक्षेत्रमा खटीएका प्राविधीकले वेवास्ता गरेको एमाले कार्यकर्ता गौरीबहादुर कार्कीले बताए । खोला उर्लेर आए पुलमाथि नै पानी बग्ने भएको छ, उनले भने ।
राजमार्गको पुलको उचाई साढे २ मीटर पनि छैन । निर्माण नहु“दै खोलाको बगरले पुललाई पुरेको छ, कार्कीले भने । हरेक बर्ष बर्षातको समयमा खोलाको बगरलाई मेशीनले खोतलेर फाले मात्र पुल जोगिएला, उनले भने । यस खोलाको भौगोलिक बनोट हेर्दा ६० मीटर लम्बाई र साढे ४ मीटर उचाईको पुल निर्माण हुनु पर्ने देखिन्छ । तर पुलको लम्बाई तथा चौडाई आधा कम छ, कार्कीले भने । खोलाले बगाएर ल्याउने काठ, झारपात, ढुंगा लगाएत पुलमा अट्किंदा पानीले बहाब परिवर्तन गर्ने गरेको उनले बताए ।
दुर्गम भेकमा निर्माण हुने अधिकांश पुलको सर्भे डिजाईन हचुवा भर हुने गरेको सहायक प्रमुख जिल्ला अधिाकरी जनकराज शर्माले बताए । कन्सलटेन्सी कम्पनीको गैरजिम्मेवारीका कारण पुलको लम्बाई तथा उचाईमा फरक पर्ने गरेको हो, उनले भने ।
IMG_0469कार्यक्षेत्रमा नआएरै हचुवाको भर तथ्यांक लिने र डिजाईन बनाउने गर्दा पुल निर्माण पछि समस्या आउने गरेको उनले बताए । हचुवा डिजाइएनले कुनैमा लम्बाई बढी कुनैको लम्बाई तथा उचाई घटी हुने गरेको उनले बताए । यही भदौ मसान्तमा सम्पन्न गर्ने गरी महालक्ष्मी÷नाना जेभी काठमाण्डौंले २०७१ मा पुल निर्माणको जिम्मा लिएको थियो । २ बर्ष वित्दा पनि उक्त कम्पनीले पुल निर्माण आधा गर्न सकेको छैन ।
कम्पनीले पुलको पिलर र एक स्पानको मात्र कार्य पुरा गरेको छ । पुलको जग बलियो नहु“दा खोलाले भत्काउन समेत शुरु गरेको सहायक प्रजिअ शर्माले बताए । राष्ट्रिय राजर्मागमा बन्ने यो पुलको निर्माणमा बेलैमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ, उनले भने ।
पुलको उचाई कम भएपनि निर्माण सम्पन्न पछि सतह मुनिको माटो निकाल्दा समस्या नहुने मध्य पहाडी लोक मार्ग पश्चिम आयोजना दाङ्गका सिनियर डिभीजनल ईन्जिनियर नारायण प्रसाद निउरेले बताए । फेरा खोलामा ४० मीटर लम्बाई र ९ मीटर चौडाईको पुल निर्माणाधीन अवस्था रहेको निउरेले बताए ।
पुल निर्माणको डिजाईन बीम कन्सलटेन्ट प्रालि ललितपुरले गरेको उनले बताए । मध्यपहाडी लोक मार्गको भेरी नदी, झुप्राखोला, छेडाखोलाको थलह लगाएतमा पुल निर्माण र जाजरकोट खण्डमा ट्रयाक खोल्ने कार्य अलपत्र परेको छ ।

प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १२:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *