हामी कति सभ्य,हेर्नुहोस सार्वजनिक शौचालयको बिजोग

बद्री पन्त
जाजरकोट ३१, भद्रौ
दुई बर्ष अघि जाजरकोट सदरमुकाम खलंगामा निर्माण गरिएका सार्वजानिक शौचालय प्रयोग विहिन भएका छन् ।
सरोकारवाला निकायको चरम लापर वाहिका कारण सार्वजानिक शौचालय कन्तविजोग अवस्थामा पुगेका छन् ।
सदरमुकामको शान्तिचौतारा बस पार्क, गैरीखाली, सिमलगैरी ठाँटीबजार, तल्लो थाप्लेचौर, फेराबजार, रिम्नाबजार, छेडाचौरमा निर्माण गरिएका सार्वजानिक शौचालय उपयोगमा नआउदा स्थानीयलाई समस्या भएको छ ।
जिल्ला विकास समिति, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र तत्कालिन खलंगा गाविसको आर्थिक लागतमा निर्माण गरिएका ती शौचालय एक बर्ष नपुग्दै कन्तविजोग अवस्थामा पुगेको ठाँटीबजारका व्यापारी राजन थापाले बताए ।
IMG_0567शौचालय भित्र फोहोरले जानु छैन्, डुङडुङती गनाउछ, कागज र ढुङ्गाले भरिएका छन् थापाले भने । सम्बन्धीत निकायको चासो गएको छैन्, निर्माण गरे तर व्यवस्थापन गर्न सकेनन् थापाले बताए । शौचालय वरीपरी घर भएका स्थानीयलाई डुङडुङती गनाएर बसीखानु छैन थापाले भने ।
जिविस, जिल्ला खानेपानी कार्यालय र गाविसले एक शौचालय निर्माणका लागि ८ देखि १२ लाख बढी लागतमा निर्माण गरिएको थियो । शौचालय प्रयोग विहिन हुदा बाटोमा हिड्ने स्थानीयलाई दिशापिसाब लागे जंगल दौडनु पर्ने बाध्यता छ । मान्छेको बढी चहलपहुने बस पार्क, ठाँटीबजार, गैरीखाली, फेरा, रिम्ना, छेडा, थाप्ले लगाएतका सार्वजानिक स्थानमा स्थानीयलाई समस्या भएको फेराका डन्डबहादुर डाँगीले बताए ।
IMG_0568-1नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले सार्वजानिक स्थानमा रहेका शौचालयलाई व्यवस्थान गर्न लाग्ने खर्च नगरपालिकाले ब्यहोरेर सन्चालनमा ल्याउने बताए ।
शौचालयलाई पहिले नगरपालिकाले सन्चालन गर्छ शर्माले बताए । शौचालयको हेरदेख गर्न नगरपालिकाले रकम दिएर भएपनि मान्छे राख्ने शर्माको भनाइ छ ।
शौचालय नजिक घर भएका घर धनीलाई जिम्मा लगाएउने शर्माले भने । दुई बर्ष अघि जाजरकोट खुला दिशा मुक्त जिल्ला घोषणा गरिएको थियो । तर सो घोषणा कागमै सिमित भएको छ ।

प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १२:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *