कानुनको धज्जी उडाउदै यातायात व्यवसायी, प्रहरी प्रशासन भने मुखदर्शक

बद्री पन्त
चिसापानी रुकुम ८, असोज ।
जाजरकोट–डोल्पा सडकको रुकुम खण्डमा यातायात व्यवसायीले मनपरी भाडा अशुल्दा पनि रुकुम प्रशासन मुखदर्शक भएर बसेको छ ।
व्यवसायीले रुकम खण्डको गोतामकोटको छरी बगरदेखि डोल्पाको सिमाना त्रिबेणीसम्मको २० किलोमीटर सडकमा यात्रुबाट ५ सय भाडा लिने गरेका छन्
छेपारे देखि राडीजिउलासम्मको १८ किलोमीटर सडकमा पनि ३ सय र चिसापानी छेपारेसम्मको ९ किलोमिटर सडकमा २ सय भाडा लिने गरेका छन् ।
व्यवसायीले सर्वसाधारणबाट चर्को भाडा असुल्दै आएपनि यसतर्फ रुकुम प्रशासनको ध्यान जान सकेको छैन ।
IMG_0685बारम्वार गुनासो गरेपनि जिल्ला प्रशासन कार्यालय रुकुमले वेवास्ता गरेको सर्वसाधारणले गुनासो गरेका छन ।
त्यस्तै उक्त सडकमा मापदण्ड विपरितका सवारी साधन संचालनमा छन् । सडकमा न कानुनी बैद्यता गरेका सवारी साधन छन् नत अनुमती पत्र प्राप्त गरेका चालक नै ।
सेवाको नाउमा ब्रमलुट भएको स्थानीय टीकाराम जैसीले गुनासो गर्नुभयो । उहाँले व्यवसायीको दादागिरी रहेको र उनीहरुले तोकेजति भाडा दिनुपर्ने सर्वसाधारणको बाध्यता रहेको उल्लेख गर्नुभयो ।
२० किलोमिटरमा ५ सय र ९ किलोमिटर सडकमा २ सय भाडा असुल्दा पनि निगमक निकाय प्रहरी प्रशासन मुखदर्शक भएको यात्रुहरुको गुनासो छ ।
उनीहरुले यातायात व्यवसायी र स्थानीय प्रशासनको मिलेमतोमा चर्को भाडा असुल्ने गरिएको र पुराना थोत्रा जीपहरु चलाएर सर्वसाधारणको जीवनमाथी खेलवाड गरेको आरोप समेत लगाएको छन ।
यस सडक खण्डमा ५ सिट क्षमताका जीपले २० भन्दा बढी यात्रु बोक्ने गरेका छन । पुराना थोत्रा ५ सिटे जीपमा २ दर्जन यात्रुको कोचाकोच राख्ने गरिएको छ । कतिपय जीपहरु चोरीका समेत रहेको र सवारी चालक अनुमति पत्र नै नलिएका चालकले जीप चलाउदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।
यस सडकका व्यवसायीले सिट क्षमता भन्दा वढी यात्रुलाई भेडाबाख्रा जस्तै कोचाकोच लिने र छतमा समेत यात्रु बसाउ“दा समेत रुकुम प्रहरीले देखेको नदेखे जस्तै गर्ने गरेको स्थानीयले आरोप लगाएका छन ।
यो सडक खण्डमा मापदण्ड विपरितका तीन दर्जन बढी जीप संन्चालनमा छन् ।
सडक विभागले जारी गरेको रुट प्रमीट विना यातायात संचालन गर्न नपाउने कानुनी व्यवस्थाको धज्जी उडाउदै व्यसायीले आफुखुशी जीप संचालन गरिरहेका छन ।
सरकारले देश भर विना रुटपरमीट सवारी साधन चलाउन रोक लगाएको छ रुकुम डोल्पा सडक खण्डमा चल्ने जीपहरुमा स्थानीय प्रशासनको ध्यान पुगेको छैन ।
यता रुकुमका प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले भने अनुगमन अधिकारी नै खटाएर सडकहरुको स्थालगत अनुगमन गरिएको र  प्रतिवेदनको आधारमा उचित निर्णय लिइने बताउनु भयो ।
उहाँले छिमेकी जिल्ला जाजरकोटसगँ समुन्वय गरी  नयाँ भाडादर निर्धारण गरिने जानकारी दिनुभयो ।
जाजरकोट डोल्पा सडक अन्तर्गत रुकुम सडक खण्डमा संचालन हुदै आएका जीपहरु दर्ता नभएका, रुटप्रमिट नलिएका भेटिए चल्न नदिने र चलेको भेटिए सक्त कारवाही गरिने चेतावनी पनि प्रमुख जिल्ला अधिकारी आचार्यले दिनुभयो ।
मोडिफाइ गरि संचालन भएका जीपहरुले त्यसको जानकारी सम्वन्धीत निकायमा दिनु पर्ने भन्दै उहाँले नदिएको भेटिए त्यस्ता साधनलाई पनि कारवाही गर्ने बताउनु भयो ।
अहिले यातायात संचालन गरिएका सडक र यातायात साधनको तथ्याक लिने काम भैइरहेको उल्लेख गदै प्रजिअ आचार्यले यातायात व्यवासायी लगायत सरकोकारवालासगँ बसेर यातायात भाडादेखि अहिले देखिएका सवै समस्या २÷३ दिन भित्रै हल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार ०८:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *