तीन कार्यालय प्रमुख बिहिन

 बद्री पन्त
जाजरकोट १०, असोज ।
जाजरकोट जिल्लामा प्रमुख तीन कार्यालय लामा समय देखि कार्यालय प्रमुख विहिन छन । पशु कार्यालय, जिल्ला अस्पताल तथा जिल्ला प्रहरी कार्यालय प्रमुख विहिन वनेका हुन् ।
जिल्ला पशु सेवा कार्यालय चार महिना देखि बरिष्ठ पशु चिकित्सक विहिन वनेको छ ।
गत असारमा कार्यालयका बरिष्ठ पशु चिकित्सक गुरु प्रसाद खगुराल सेवा निव्रित भएर गएपछि कार्यालय पशु चिकित्सक विहिन वनेको हो ।
निमित्त पशु चिकित्सक कपिल प्रसाद उपाध्यालाई कार्यालयको सामान्य भैपरी आउने काम बाहेक अन्य कामको जिम्मेवारी छैन ।
प्रमुख नहुदा लेखा तथा प्रशासनिक कामकानमा वाधा पुगेको कार्यालयले जनाएको छ ।
IMG_1302त्यसैगरी जिल्ला अस्पताल जाजरकोट पनि २ महिना देखि अस्पताल प्रमुख बिहिन बनेको छ । अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसी सरुवा भएर अनेत्र  गएपछि अस्पताल प्रमुख बिहिन बनेको हो ।
निमित्त अस्पताल प्रमुख डाक्टर चाँदनी जैसवाललाई अस्पतालको सामान्य भैपरी आउने काम बाहेक अन्य कामको जिम्मेवारी दिईएको छैन ।
प्रमुख नहुदा अस्पतालको लेखा तथा प्रशासनिक कामकानमा ठप्प भएको अस्पतालका सुचना अधिकारी बिष्णु चुडालीले जानकारी दिए ।
५० शैयाको अस्पतालमा  स्वास्थ्य प्रमुख नहुदा दैनिक कामकाज प्रभावीत बनेको छ ।
अस्पताल प्रमुख को आउने भन्ने बारेमा कुनै जानकारी नआएको अस्पतालले जनाएको छ ।
उता जिल्ला प्रहरी कार्यालय जाजरकोट दुइ महिना देखि  प्रमुख विहिन भएको छ ।
प्रहरी प्रमुख डिएसपी दानवहादुर मल्ललाइ  प्रधानमन्त्री प्रचण्डको सुरक्षाको लागि  प्रधानमन्त्री कार्यालयमा तानेपछि गत  साउन २२ गते देखि रिक्त भएको  उक्त पद अहिलेसम्म पनि  पुर्ति हुन सकेको छैन ।
गत साउन २२ गते  जिल्लावाट विदाइ भएर  मल्ल प्रधानमन्त्री कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयमा  प्रहरी निरीक्षक हिकमत वोहराले  निमित्त भएर काम गरिरहेका छन् ।
जिल्लामा  लामो समय प्रहरी प्रमुख नहुदा  जिल्लाको शान्ति सुरक्षा र अन्य काम कारवाहिमा  समस्या परेको छ ।

प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार ०२:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *