लागु औषधसहित २ जना प्रक्राउ

सुर्खेत, ११ असोज ।
सुर्खेत प्रहरीले लागु औषध कोरेक्स र निट्राभ्याट सहित दुई जनालाई प्रक्राउ गरेको छ ।
चोकजाचको क्रममा ५ लिटर कोरेक्ट र ८४ पिस निट्राभ्याटसहित वीरेन्द्रनगर –१० का बिजय मल्ल र ललितजंग मल्ललाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ ।
logo-of-rara-300x95नेपालगंजबाट सुर्खेत आउदै गरेको ग ४ प २९३९ नम्वरको मोटर साइलकमा आइरहेका उनीहरुलाई प्रंहरी निरीक्षक केशवराज ज्ञवालीको नेतृत्वको टोलीले लेखपराजुल गाविस ९ सत्तरीको सनीमोडबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रक्राउ परेकाहरुमाथी थप अनुसन्धान भैइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।
यस्तै वीरेन्द्रनगर बजारमा रहेको पहाडी हार्डवयर एण्ड सप्लासयर्स पसलबाट १० लाख ३५ हजार बराबरको सामान चोरी गर्ने एक जनालाई पनि प्रहरीले प्रक्राउ गरेको छ ।
मंगलगढी चोकमा रहेको रवि सापकोटाको पसलबाट समान चोरी गर्ने जुम्ला चन्दननाथ ३ का मदनबहादुर वुढालाई सामानसहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पसल चोरी भएको १० घण्टामा चोरीको समानसहित वुढालाई प्रक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १२:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *