महिलाको कोठामा किन थुनिए डिएसपी ?

dang-1दाङ, १७ असोज ।
परस्त्रीको कोठामा दाङको तुल्सीपुरमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत डिएसपी थुनिएको घटनाको प्रहरीले छानविन थालेको छ ।
डिएसपी कृष्ण प्रसाई थुनिएको घटना बाहिर आएपछि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानविन समिति गठन गरेको छ ।
प्रसाई परस्त्री काण्डमा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका वरिष्ठ प्रहरी उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको प्रहरी स्रोतले जनाएको छ ।
मध्यपश्चिमका प्रहर प्रमुख डिआईजी माधव नेपालको निर्देशनमा छानविन समिति गठन गरिएको हो ।
छानविन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु बस्याल रहनु भएको छ ।
छानविन टोलीले विवादमा तानिएका डिएसपी प्रसाई, उनलाई ताला फोडेर बाहिर निकाल्ने प्रहरी जवान, घटनाका प्रत्यक्षदर्शी, घटनामा मुछिएकी महिला र घरमालिकसँग सोधपुछ समेत गरेको प्रहरी स्रोतले बताएको छ ।
प्रसाईंले ‘भान्जी’ गणित विषयमा कमजोर भएकाले सिकाउन जाने गरेको बयान दिएका छन भने महिलाले तिहारमा टिका लगाउने दाइ भएको बताएकी छन ।
उद्धारमा खटिएका प्रहरीले राति करिब ११ बजे कोठामा थुनिएकाले डीएसपी प्रसाईंलाई घरमा लगाएको ताला फोडेर बाहिर निकालेको बताएका छन ।
नजिकको नाता पर्ने एक व्यक्तिले डीएसपी प्रसाई कोठामा पसेको मौका पारी ताला लगाइदिएका थिए ।
यता छानबिन समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले यो गम्भिर विषय भएकाले छानबिन टोली गठन गरेर अनुसन्धान सुरु गरिएको बताउनु भयो ।
‘अनुसन्धान सुरु भएको छ, दोषी पाइएमा प्रहरी नियमावली अनुसार कारवाही हुन्छ प्रहरीको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । प्रतिवेदन क्षेत्र हँुदै केन्द्रमा पठाइनेछ चन्दले भन्नुभयो ।

प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार ०१:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *