किन बाँडेन भेरीमालिका नगरपालिकाले सुरक्षा भत्ता ?

बद्री पन्त
जाजरकोट ३०, कार्तिक
भेरीमालिका नगरपालिका ४ बाँठाबाराकी ७२ बर्षिया कौशिला नेपालीले नगरपालिकाबाट पाउँनु पर्ने सामाजिक सुरक्षा भत्ता पाएकी छैनन् । उनले दशै अघि नै पाउनु पर्ने रकम नपाएकी हुन । सोही ठाउकी रुद्री नेपाली, गोइली तिरुवा, कौशिला सार्की लगाएत दर्जन बढी दलित जेष्ठले रकम पाएका छैनन् ।
नगरपालिका भित्रका तीन हजार एक सय जेष्ठ नागरिक , एकल महिला , अपाङ्ग , दलित बालबालिका सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुँदा उनीहरु समस्यामा परेका हुन् ।
IMG_2495समयमै कम्प्युटरमा सामाजिक सुरक्षा भत्ता पाउनेहरुको नामनामेसी नगरपालिकाले ईन्ट्री नगर्दा भत्ता निकासामा ढिलाई भएको हो ।
स्थानिय विकास मंत्रालयले स्थानिय निकायलाई गत भदौमा परिपत्र गदै अवदेखी सामाजिक सुरक्षा भत्ता पाउनेको नामनामेसी कम्प्युटरमा ईन्ट्री गरी वेवसाईटमा राख्न निर्देशन गरेको थियो ।
जिल्लाका अन्य २६ ओटा गाँउ विकास समितिले समयमै डाटा ईन्ट्री गरेर रकम निकासा भै वितरण गरिसकेपनि नगरपालिकाको लापरवाही र ढिलासुस्तीका कारण हाल सम्म रकम निकासा भएको छैन । नगरपालिकोको चरम लापरवाहीले सयौ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएको महिला अधिकार कर्मी तारा शाक्यले बताइन् ।
भेरीमालिका नगरपालिका ४ का बेदबहादुर शाही सामाजिक सुरक्षा भत्ता लिन पटक पटक नगरपालिका धाउँदा पनि नपाएपछि निराश छन् ।
चार महिना देखी जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नपाउँदा जिवन निर्वाहमा समेत समस्या परेको उनले गुनासो गरेका छन् । दशै तिहार जस्तो ठुलो चाडमा समेत भत्ता नपाएपछि नयाँ कपडा सिलाउने र मिठो मसिनो किनेर खाने उनको धोको पुरा हुन सकेन ।
भत्ता आयो कि भनेर धेरै पटक नगरपालिका गएँ तर कर्मचारीले माथिबाटै आएको छैन भनेपछि रित्तै फर्कनु परेको गुनासो सुनाए ।
सामाजिक सुरक्षा भत्ता नपाउँदा आफुले चाहे अनुसारको खान , लगाउन नपाएको गुनासो भेरीमालिका नगरपालिका १ का कालेगाँउकी शान्ति बटालाले बताईन ।
भत्ता पाईएला भनेर नगरपालिकामा धाउँदा धाउँदै चारमहिना विति सक्यो अहिले सम्म आएको छैन उनले भनिन भत्ता नपाउँदा यसपालिको दशैतिहार समेत राम्रो सँग मनाउन पाईएन । घरको आर्थिक अवस्था एकदमै नाजुक रहेकी उनी दृष्ट्रिविहिन एकल महिला हुन् ।
कर्मचारी अभावले समयमा डाटा ईन्ट्री गर्न ढिलाई हुँदा समस्या आएको भेरीमालिका नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताए । उनले १३ ओटा वडा भएको नगरपालिकामा १३ जना वडा सचिव हुनु पर्नेमा एक जना मात्र वडा सचिव भएकाले डाटा ईन्ट्रीमा ढिलाई भएको स्पोष्टोक्ती दिए ।
उनले शुरुमा एक जना मात्रले काम गर्दा ढिलो भएको बताए । दशै तिहार विदा र जनशक्ति अभावले ढिलाई , कार्यालय समयमा अन्य काम गर्नु पर्ने आदि कारणले ढिलाभएपनि हाल अन्य कर्मचारी सहित ४ जना लाई काममा लगाएर छिटै सम्पन्न गर्ने गरी काम भैरहेको कार्यकारी अधिकृत शर्माले बताए ।
अझै १५÷२० दिन लाग्छ होला अहिले सम्म ५ सय जनाको मात्र ईन्ट्री भएको छ उनले भने मंसिरको दोस्रो साता सम्म पहिलो चौमासिक भत्ता वितरण गछौ । सरकारले चालु आर्थिक बर्ष देखि प्रतिमहिना प्रतिब्यक्ति २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।

प्रकाशित मितिः ३० कार्तिक २०७३, मंगलवार ०८:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *