सुर्खेत, ८ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार गरेको भन्दै मध्यपश्चिम सिचाई डिभिजन कार्यालय सुर्खेतमा कार्यरत सव इन्जिनियर संजयकुमार यादव विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।
सेवाग्राहीसगँ ९७ हजार रुपैया घुस लिएको आरोपमा यादव विरुद्ध विशेष अदालत काठमाडौमा भष्टाचारको मुद्धा दर्ता गरेको अख्तियारले जनाएको छ ।
काम सम्पन्न भएको योजनाको भुक्तानी लिने वेला सेवाग्राहीसगँ सव इन्जिनियर यादवले घुस मागेको अख्तियारले दावी गरेको छ ।