सुर्खेत, २३ मंसिर ।
कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलाको ¥यालीमा सहभागी हुन आएकी एक स्कुले छात्राको मृत्यु भएको छ ।
सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गरेको कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलाको ¥यालीमा सहभागी सुर्खेत होराइजन माध्यमिक विद्यालयकी छात्रा समिक्षा आचार्यको मृत्यु भएको हो ।
कक्षा–९ मा अध्ययनरत आचार्य ¥यालीमा सहभागी भएर हिड्दै गर्दा वीरेन्द्रनगर बजारको वीरेन्द्रचोकमा वेहोस हुनु भएको थियो ।
वेहोस भएपछि आचार्यलाई उपचारका लागि तत्काल देउती नर्सिङ होम सुर्खेतमा लगिएको बताएको छ ।
त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो तर त्यहाँ डाक्टरले मृत घोषणा गरेको छात्राका आफ्न्तले बताएका छन् ।
विद्यालय सञ्चालक समितिका विमल नेपालीले घटना दुखद भएको उल्लेख गदै ‘विरामी विद्यार्थीहरुलाई सहभागी नहुन सूचना गरिएको बताउनु भयो ।
सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटनमा विभिन्न विद्यालयहरुबाट ¥यालीसहित विद्यार्थीहरु सहभागी भएका थिए ।
विहान १० बजेदेखि विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु आफ्नो विद्यालयको व्यानर र पोशाकसहित ¥यालीमा सहभागी थिए ।
यता मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघले विज्ञप्ती जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । ‘दुःखद् निधनको खबरले हामीलाई अत्यन्तै दुःखी एवं मर्माहत बनाएको छ । शोकको यसघडिमा स्वर्गीय बालिकाका परिवारजन, सहपाठी साथी तथा विद्यालय परिवारमा पर्न गएको गहिरो दुःखमा समानुभूति प्रकट गर्दै शोकले आहत सबैलाई धैर्यधारण गर्ने शक्ति मिलोस भनी कामनापनि गर्दछौै’ विज्ञप्तिमा उल्लेख छ ।