किन दिगो हुन सकिरहेका छैनन्, सुर्खेतका खानेपानी आयोजानाहरु

सुर्खेत,२ं६ मंसिर ।
सुर्खेतका अधिकाश खानेपानी आयोजनाहरु दिगो रुपमा संचालन हुन नसकेको पाइएको छ ।
निर्माण गर्ने निकाय र उपभोक्ताको चरम लापरवाहीको कारण खानेपानी आयोजनाहरु दिगो रुपमा संचालन हुन नसकेको पाइएको हो ।
1निर्माण सम्पन्न भएपछि सम्वन्धीत निकाय र उपभोक्ता समितिले आयोजनाको संचालन र रेखदेखमा वेवास्था गर्ने गरेका छन ।
उपभोक्ता समिति र सरकारी निकायको ध्यान योजनालाई दिगो रुपमा संचालन गर्नेतिर भन्दा पनि पास गर्नेतिर मात्रै केन्द्रीय हुने गरेकोले दिगोपनामा समस्या देखिएको स्थानीय बताउँछन ।
त्रुटीपूर्ण डिजाइन, अनुगमन र मुल्यांकन नहुनु, दिगो बनाउने भन्दा पनि नयाँ योजना माग्नेतिर उपभोक्ता समिति सक्रिय हुन जस्ता कारणले निर्माण भएको वर्षदिनमै धारामा पानी आउन छाडने गरेको उनीहरुको गुनासो छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष कुलमणी देवकोटा निर्माण भएका खानेपानी आयोजनाहरुको दिगोपना र निरन्तर संचालनको लागि पनि योजना बनाउनु पर्ने बताउनु हुन्छ ।
निरन्तर संचालन गर्ने र दिगो राख्ने योजना नभएकै कारण अधिकाश खानेपानी आयोजनाहरु लामो समयसम्म संचालन हुन नसकेको उहाँले उल्लेख गनुभयो ।
खानेपानी तथा सरसफाईको क्षेत्रमा लामो अनुभव संगाल्नु भएका देवकोटा निर्माण भएका योजनाहरुको दिगोपनाको लागि उपभोक्ताहरु पनि उत्तिकै सजक र जागरुक हुनुपर्नेमा जोड दिनुहुन्छ ।
क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयदेखि विभिन्न गैरसरकारी संघसंस्थाहरुले सुर्खेतका विभिन्न गाविसहरुमा खानेपानी आयोजनाहरु निर्माण गदै आएका छन ।
यि दुवै सरकारी र गैरसरकारी निकायले आयोजना निर्माण मात्र गर्ने तर त्यसको दिगोपनाको लागि कुनै योजना नवनाउने गरेकोले अधिकाश खानेपानी आयोजनाहरु वर्षदिन पनि टिक्न नसकेको पाइएको छ ।
आयोजना वनाई दिने निकाय र उपभोक्ता समितिले नै आयोजनाको दिगोपनामा चासो नदिएपछि खानेपानी आयोजनाहरुमा गरिएको करोडौ लगानी वालुवामा पानी हुदै आएको छ ।
एउटा निकायले बनाएको खानेपानी आयोजना वर्षदिन पनि राम्रोसँग नचलेपछि फेरी नयाँ खानेपानी आयोजना निर्माणको लागि उपभोक्तहरुले अर्को निकाय धाउन वाध्य हुदै आएका छन ।
यता उपभोक्ता समितिहरुले भने निर्माण भएका आयोजनाहरु संचालन र व्यवस्थापनमा निकै चुनौति हुने गरेको दावी गरेका छन ।
2उपभोक्ताहरुले आफनोपना महशुस नगर्नु, दिगोपनाको लागि उनीहरु सचेत नहुनु, चासो र चिन्ता कमी हुनु, आर्थिक अभाव हुनु, प्राविधिक कठिनाई जस्ता कारणले आयोजनाहरुको दिगोपनामा समस्या देखिएको बड्डिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष अर्जुन बुचामगरले बताउनु भयो ।
पानीको माग धेरै र पानीको स्रोतकमी हुनु, पाइपलाईनमा समस्या देखिनु, उपभोक्ताहरुमा पनि अपनत्वको भावना नहुनु जस्ता विविध कारणले गर्दा खानेपानी आयोजनाहरुको दिगोपनामा समस्या हुने गरेको छ उहाँले भन्नुभयो ।
उपभोक्ता समितिमा वस्नेहरुमा पनि व्यवस्थापकिय ज्ञानको कमी भएको कारण पनि आयोजनाहरु राम्रोसगँ चल्न नसकेको बिजौराका स्थानीय इन्द्रप्रसाद जोशी बताउनु हुन्छ ।
खानेपानी आयोजनाहरुको अनुगमन
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सुर्खेतले पश्चिम सुर्खेतका विभिन्न खानेपानी आयोजनाहरुको अनुगमन गरेको छ ।
खानेपानी आयोजनाको संचालन र व्यवस्थापनको अवस्था वुझने, आर्थिक, प्राविधिक, समाजिक र व्यवस्थापकिय क्षमताको विश्लेण गर्ने उदेश्यले खानेपानी आयोजनाहरुको महासंघले अनुगमन गरेको अनुगमन समितिका संयोजक तथा महासंघ सुर्खेतका सचिव रत्न बुढाले जानकारी दिनुभयो ।
अनुगमनमा देखिएका समस्याहरुलाई समाधान गर्न आवश्यक सल्लाह सुझाव दिने र उपभोक्ता समितिले गरेका राम्रा अभ्यासहरुलाई अन्य ठाउँमा लागु गर्न प्रेरणा दिने बताएको छ ।
अनुगमन टोलीले कुनाथरीको बड्डीचौर खानेपानी आयोजना, सालकोटको पलैटे खानेपानी आयोजना, बिजौराको विजौरा खानेपानी आयोजना, बावियाचौरको बावियाचौर खानेपानी आयोजना र विद्यापुरको खानेपानी आयोजनाको अनुगमन गरिएको छ ।
03अनुगमनको क्रममा आयोजनाको दिगोपनामा समस्या देखिएको अनुगमन टोलीका संयोजक तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सुर्खेतका सदस्य पूर्णप्रसाद पौडेलले बताउनु भयो ।
आयोजनाको सामाजिक परिचालन, उपभोक्ताहरुको सहभागीता,, संस्थागत संरचनाको विकास र व्यवस्थापकिय पक्षमा अनुगमन गरिएको उहाँले उल्लेख गर्नुभयो ।
अनुगमन गरिएका सवै खानेपानी आयोजनको दिगोपना र निरन्तर संचालनमा समस्या देखिएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष कुलमणी देवकोटाले बताउनु भयो ।
उपभोक्ता समिति र आयोजना निर्माण गर्ने निकायको वेवास्था, त्रुटीपूर्ण डिजाईन, निर्माण भएका योजना संचालनको लागि ठोस योजनाको अभाव लगायतका कारणले गर्दा खानेपानी आयोजनाहरु लामो समयसम्म संचालन हुन नसक्ने अवस्था सृजना भएको पाइएको पनि उहाँले बताउनु भयो ।
बनेका योजनाको दिगोपनामा ध्यान नदिने र नयाँ नयाँ योजनाहरु माग्ने प्रबृत्तिले पनि खानेपानीका योजनाहरु लामो समयसम्म संचालन हुन नसकको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका इन्जिनियर दुर्गादत्त खरेलले दावी गर्नुभयो ।

प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार ११:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *