अवसरले भ्रष्टाचार मौलाउँछ -­निमित्त प्रमुख जंगबहादुर डाँगी

20161222_145130सुर्खेत, ८ पुष ।
निमित्त को कारणले भ्रष्टाचार अन्त्यको लागि साझा प्रतिवद्धता आवश्यक रहेकोमा सरोकावालाले जोड दिएका छन ।
जिल्ला विकास समितिले बीरेन्द्रनगरमा गरेको भ्रष्टाचार विरुद्ध शुन्य सहनसिलता, सुशासन तथा जवाफदेहीता सम्वन्धी कार्यक्रमका सहभागीले साझा प्रतिवद्धता भएमा भ्रष्टाचारलाई अन्त्य गर्न सकिनेमा जोड दिएका हुन ।
उनीहरुले भ्रष्टाचार विरुद्ध एउटै वोली र साझा प्रतिवद्धताको लागि जनस्तरवाट दवाव सृजना गर्न पनि सुझाव दिएका छन ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका निमित्त प्रमुख जंगबहादुर डाँगीले भ्रष्टाचार अवसरको कारणले गर्दा हुने भएकोले नियम भन्दा बाहिर गएर कसैले  पनि काम गर्न नहुनेमा जोड दिनुभयो ।
उहाँले शक्ति, स्रोत साधनको वितरण र सेवा प्रवाह भ्रष्टाचारको क्षेत्र भएको समेत उल्लेख गनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले भ्रष्टाचार नियन्त्रणको लागि सवै जाग्न आवश्यक रहेको चर्चा गनुभयो ।
उहाँले अव प्रविधिको प्रयोगवाट मात्र भ्रष्टाचारलाई रोक्न सकिने पनि उल्लेख गनुभयो ।
यस्तै गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद अधिकारीले नेपालमा दिनदिनै भ्रष्टाचार मौलाउदै गएकोले सवै सचेत हुनुपर्ने बताउनु भयो ।
कार्यक्रमको संचालन असल शासनका उपाध्यक्ष विन्दुलाल रेग्मीले गर्नु भएको हो ।

प्रकाशित मितिः ८ पुष २०७३, शुक्रबार ००:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *